काठमाडौं– प्रहरीले बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई पक्राउ गरेको छ। आइतबार प्रहरीले जिल्ला अदालत काठमाडौंको अनुमति लिएर महरालाइ उनकै निवासबाट पक्राउ गरेको हो।

उनको मुद्दाको सुनुवाइ भने अब २८ गतेमात्र हुनेछ।हाल दसैं बिदा परेकोले अदालत बन्द छ। जिल्ला अदालत भने कसैलाई अपरझट पक्राउ गर्न अनुमति दिनुपर्ने भएकोले खुला रहेको हो। २८ गते अदालत खुलेपछि प्रहरीले महरालाई अदालतमा उपस्थित गराउनेछ। त्यसपछि प्रहरीले अनुसन्धान गर्नको लागि अदालतसँग म्याद थप्न अनुमति लिन्छ। शुक्रबार रोशनी शाहीले बलात्कारको प्रयास गरेको भन्दै निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्।

रोशनीले दर्ता गराएको सोही उजुरीका आधारमा महरालाई पक्राउ गर्ने अनुमति लिन प्रहरी अदालतमा गएको थियो। उजुरीमा उनले आफूलाई महराले बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा दिएको उजुरीमा उल्लेख गरेकी थिइन्।

प्रहरीले शाहीको उजुरी पछि आइतबार अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्रने तयारीमा रहेको बताएको थियो। असोज १२ गते आइतबार महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए। त्यो रातको घटनाको भोलिपल्ट शाहीले मिडियालाई महराले आफूलाई बलात्कार र हातपात गरेको बताएकी थिइन्।

भोलिपल्ट उनको अनुहार र जिउमा चोटपटक देखिएको थियो। प्रहरी उच्च स्रोतका अनुसार सो घटना भएको राति प्रहरी उनको डेरामा पुगेपछि पनि उनले महराले आफूलाई बलात्कार गर्ने प्रयास गरेको र शारीरिक हिंसा गरेको बताएकी थिइन्।शाहीको मध्य रातको त्यो बयान पनि प्रहरीले रेकर्ड गरेर राखेको थियो।

असोज १४ गते प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएका रक्सीको बोतल, घम्साघम्सीमा भाँचिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्किँदा छुटेको जुत्ताको तलुवालगायत सामान प्रहरीले बरामद गरेको थियो। जाँचका लागि ती सामान प्रहरीको फरेन्सिक ल्याबमा पठाइसकेको छ। त्रिवि शिक्षण अस्पतालमा शुक्रबार नै रोशनीको स्वास्थ्य परीक्षण गरिसकिएको छ।

लोकप्रिय

रोनाल्डो ७ सय गोल नजिक

रोनाल्डो ७ सय गोल नजिक

२०७६, २५ आश्विन शनिबार १२:४५

काठमाडौंको दरबारमार्गमा भिषण आगलागी (तस्विरसहित)

काठमाडौंको दरबारमार्गमा भिषण आगलागी (तस्विरसहित)

२०७६, २६ आश्विन आईतवार १८:४७

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण आजदेखी

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण आजदेखी

२०७६, २५ आश्विन शनिबार १०:४१

दरबारमार्गकाे भिषण आगलागी डेढ घण्टापछि नियन्त्रणमा (तस्विरसहित)

दरबारमार्गकाे भिषण आगलागी डेढ घण्टापछि नियन्त्रणमा (तस्विरसहित)

२०७६, २६ आश्विन आईतवार २०:२८

अर्जेन्टिना र इक्वेडर भिड्दैः अर्जेन्टिनाको शुरुवाती ११ घोषणा

अर्जेन्टिना र इक्वेडर भिड्दैः अर्जेन्टिनाको शुरुवाती ११ घोषणा

२०७६, २६ आश्विन आईतवार १७:४८

आइसीसी वरियतामा खस्कियो नेपाल

आइसीसी वरियतामा खस्कियो नेपाल

२०७६, २६ आश्विन आईतवार ११:२५

चिनिया राष्ट्रपतीले भने, ‘बुद्ध नेपालमा जन्मिएका हुन्’

चिनिया राष्ट्रपतीले भने, ‘बुद्ध नेपालमा जन्मिएका हुन्’

२०७६, २६ आश्विन आईतवार १३:४८

रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सीको घोषणा

रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सीको घोषणा

२०७६, २५ आश्विन शनिबार २१:१९

जापानमा शक्तिशाली आँधीमा परी १८ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

जापानमा शक्तिशाली आँधीमा परी १८ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

२०७६, २६ आश्विन आईतवार १३:२६

सीको नेपाल भ्रमण : शङ्कास्पद गतिविधिमा संलग्न भन्दै ६० पक्राउ, अधिकांश तिब्बती शरणार्थी

सीको नेपाल भ्रमण : शङ्कास्पद गतिविधिमा संलग्न भन्दै ६० पक्राउ,…

२०७६, २६ आश्विन आईतवार १७:२०

‘बिग बोस’माथी अश्लिलता फैलाएको आरोप

‘बिग बोस’माथी अश्लिलता फैलाएको आरोप

२०७६, २६ आश्विन आईतवार १३:१४

गोली चल्दा कम्तीमा चारको मृत्यु

गोली चल्दा कम्तीमा चारको मृत्यु

२०७६, २५ आश्विन शनिबार २१:०६

जापानमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्मी परिचालित

जापानमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्मी परिचालित

२०७६, २६ आश्विन आईतवार २०:१३

‘छ माया छपक्कै’ को आक्रामक व्यापार

‘छ माया छपक्कै’ को आक्रामक व्यापार

२०७६, २६ आश्विन आईतवार १५:०७

सन्दीपको टोलीले जित्यो सीपीएलको उपाधि

सन्दीपको टोलीले जित्यो सीपीएलको उपाधि

२०७६, २६ आश्विन आईतवार ०९:३४