नवलपरासी– विगतका वर्षहरुको तुलनामा भारतबाट यस वर्ष नेपालमा खसीबोका भित्रिने क्रम निकै घटेको पाइएको छ। नेपाली उत्पादनले राम्रो बजार पाएपछि भारतबाट नेपालमा भित्रिने खसीबोका वार्षिक दरमा यस वर्ष करीब ५० प्रतिशतले कमी आएको हो। पशु सेवा विभागका अनुसार भारतबाट मात्रै वार्षिक रुपमा करीब चारदेखि पाँच लाख खसीबोका नेपाल भित्रिने अघिल्लो वर्षसम्मको तथ्याङ्क छ । तर यस वर्ष सो सङ्ख्यामा ५० प्रतिशतभन्दा बढी कमी आएको छ।

यस वर्ष हालसम्म करिब २ लाख ३५ हजार खसीबोका भित्रिएको तथ्याङ्क रहेको विभागले जनाएको छ। जुन यो वर्षभरिको तथ्याङ्क हो। भारतबाट आयात हुने खसीबोकाको भन्सार दरसमेत वृद्धि हुनु, स्वास्थ्य परीक्षण प्रमाणपत्र अनिवार्य हुनुलगायत कारणले भारतबाट नेपालमा हुने आयातमा कमी आएको विभागका सूचना अधिकारी डा चन्द्र ढकाल बताउछन्। नेपालमा वार्षिक एक करोड २० लाख खसीबोका र बाख्रा उत्पादन हुने गर्दछ।

जसमध्ये करीब ५० प्रतिशतको हाराहारीमा खसीबोका उत्पादन हुने तथ्याङ्क रहेको कार्यालयले जनाएको छ। यसैगरी डोल्पा, मनाङ, मुस्ताङ लगायतका क्षेत्रमा उत्पादन हुने च्याङ्ग्राले पनि राम्रो बजार पाएका छन्। सो क्षेत्रमा उत्पादन हुने च्याङ्ग्राले काठमाडाँै, पोखरा लगायत नेपालका विभिन्न बजारमा राम्रो बजार पाएको पशु सेवा विभागले जनाएको छ। स्वदेशी खसीबोका र च्याङ्ग्राले यस वर्ष राम्रो मूल्य पाएपछि किसानसमेत उत्साही भएको पशु सेवा विभागले जनाएको छ।

जसले गर्दा अब खसीबोका उत्पादनमा नेपाली बजारसक्षम बन्न सक्ने विभागका सूचना अधिकारी डा ढकाल बताउछन्। यस वर्ष दशैँ पर्वलाई लक्षित गरी भारतबाट प्रक्रिया पूरा गरेर नेपालमा खसीबोका भित्रिने सङ्ख्या पनि निकै कम छ। दशैँ पर्वलाई लक्षित गरी भारतबाट प्रक्रिया पूरा गरी खसीबोका भित्रिने क्रम अघिल्लो वर्षको तुलनामा यस वर्ष निकै कम रहेको पशु सेवा विभागले जनाएको छ। (रासस)

लोकप्रिय

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

घूससहित वडाअध्यक्ष पक्राउ

घूससहित वडाअध्यक्ष पक्राउ

२०७६, ३ मंसिर मंगलवार १७:४०

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

२०७६, ४ मंसिर बुधबार १४:२३

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

२०७६, ३ मंसिर मंगलवार १७:१७

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार ११:३४

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

२०७६, ३ मंसिर मंगलवार २०:०५

पर्यटकीय स्थलको प्रवद्धर्न

पर्यटकीय स्थलको प्रवद्धर्न

२०७६, २ मंसिर सोमबार १२:३९

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

२०७६, ३ मंसिर मंगलवार १३:१२

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

२०७६, ३ मंसिर मंगलवार ०७:२७

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

२०७६, २ मंसिर सोमबार ११:२०

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

२०७६, ३ मंसिर मंगलवार १७:०६

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

२०७६, ३ मंसिर मंगलवार ११:५६

अब प्रियंका म्यूजिक भिडियो निर्देशनमा पनि (भिडियो सहित)

अब प्रियंका म्यूजिक भिडियो निर्देशनमा पनि (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार २०:५०