काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी) ले टी–२० को नयाँ वरियता सार्वजानिक गरेको छ। अक्टोबर महिनाको लागि सार्वजानिक उक्त वरियतामा नेपाल भने २ स्थान तल खस्किएको छ।

अघिल्लो वरियतामा ११ औँ स्थानमा रहेको नेपाल नयाँ वरियतामा १३ औँ स्थानमा छ। हालैमात्र नेपालले ओमानमा पाँच राष्ट्र सम्मिलित सिरिज खेलेको थियो। सो सिरिजमा नेपालले दुई खेलमामात्रै जित हात पारेको थियो। नेपाल  हङकङ र नेदरल्यान्डमाथि हाबी भएतापनि ओमान र आयरल्याण्डसँग भने स्तब्ध भएको थियो।

त्यस्तै नेपालले सो सिरिज अघि सिंगापुरमा त्रिकोणात्मक सिरिज खेलेको थियो। त्रिकोणत्मक सिरिजमा पनि नेपालले उच्च प्रदर्शन गर्न सकेन। जिम्बावेसँग २ खेल हारेको नेपालले सिंगापुरलाई एक खेलमा पराजित गरेको थियो भने सिंगापुरसँगको एक खेल वर्षाका कारण रोकिएको थियो।

नेपाल नयाँ टी–२० वरियतामा झर्नुको मुख्य कारण नेपालले ती दुई सिरिजमा गरेको खराब प्रदर्शन नै हो। आइसीसीको वरियतामा  स्कटल्याण्ड र युएई नेपालभन्दा माथि छन्। स्कटल्याण्ड १९४ रेटिङको साथ ११ औँ स्थानमा उक्लिएको छ। त्यस्तै समान रेटिङ पाएको युएई १२ औँ स्थानमा छ। नेपालको भने १९० रेटिङ रहेको छ।

टी–२० वरीयतामा २७४ रेटिङ अंकका साथ पाकिस्तान शीर्ष स्थानमा छ। यसैगरी, इंग्ल्यान्ड २६६ अंकका साथ दोस्रो स्थानमा छ। दक्षिण अफ्रिका तेस्रो र भारत चौथो स्थानमा छन्।

लोकप्रिय

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२

‘हामी सबै नेपाली’: महानायक राजेश हमाल

‘हामी सबै नेपाली’: महानायक राजेश हमाल

२०७६, २४ कार्तिक आईतवार १४:४७