काठमाडौं– नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछन्। विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ।

काङ्ग्रेस संस्थापक एवं प्रथम जननिर्वा्चित प्रधानमन्त्री बिपी कोइराला भारत प्रवासबाट राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि उनलाई विभिन्न पेशा व्यवसायका व्यक्ति र राजनीतिकर्मी, कूटनीतिक निकायका प्रतिनिधि व्यक्ति भेट्न आउँथे तर तत्कालीन शासकका गुप्तचरहरुले भेट्न आउने व्यक्तिलाई चियोचासो र केरकार गर्थे।

त्यसपछि दशैँको अवसरमा टीका लगाउने तथा भेट्न सजिलो हुन्छ भनेर बिपीले चियापान समारोह शुरु गरेको काङ्ग्रेसको इतिहासका लेखक पुरुषोत्तम बस्नेतले जानकारी दिए। भेटघाट र जमघटका लागि अरु बेला कुनै अवसर पनि नहुने भएपछि दशैँको पूर्णिमाको दिन मेलमिलापको अवसर हुन्छ भनेर चियापान शुरु गरेको र पछि पार्टीले त्यसलाई निरन्तरता दिएको इतिहासकार बस्नेतको भनाइ छ।

बिपीको निधनपछि पञ्चायत कालको अन्ततिर पनि लेखक, बुद्धिजीवी, पत्रकार, कवि, कूटनीतिक निकायका प्रतिनिधि, राजनीतिज्ञलगायत सबै एकै स्थानमा भेट्नलाई चियापान समारोहलाई अवसरका रुपमा लिइएको थियो। पछि अरु पार्टीले पनि काङ्ग्रेसले शुरु गरेको चियापान समारोहलाई पछ्याउँदै गएको उनले बताए।

चियापान कार्यक्रम अहिलेको राजनीतिक परिस्थितिमा पनि सबै पार्टीका शीर्ष नेता एकै स्थानमा जम्मा हुने तथा भेटघाट गर्ने अवसरका रुपमा स्थापित भएको छ। काङ्ग्रेसले यस वर्ष पनि सो परम्परालाई निरन्तरता दिँदै विजयादशमी, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज अपराह्न १ देखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, मन्त्री, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, नागरिक समाजका अगुवा, मानवाधिकारकर्मी, सञ्चारकर्मीलगायत विशिष्ट महानुभाव एवं शुभेच्छुकको सहभागिता रहने प्रवक्ता शर्माले बताएका छन्।

यस वर्षको चियापन समारोहमा काङ्ग्रेसले रक्तदान कार्यक्रम पनि थप गरेको छ। काङ्ग्रेसले आज काठमाडौँ उपत्यकाका तीन जिल्लाको हकमा केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लाका सदरमुकाममा सम्बन्धित जिल्ला कार्यसमितिले चियापान समारोह आयोजना गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। (रासस)

लोकप्रिय

छोराको कुटाइबाट बाबुको मृत्यु

छोराको कुटाइबाट बाबुको मृत्यु

२०७६, २६ कार्तिक मंगलवार २०:१५

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

२०७६, २६ कार्तिक मंगलवार १७:२५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

२०७६, २६ कार्तिक मंगलवार १५:३८

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

२०७६, २६ कार्तिक मंगलवार १३:३०

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२

एकदिवसीय सिरिजमा वेष्ट इण्डिजद्वारा अफगानिस्तान क्लिन स्वीप

एकदिवसीय सिरिजमा वेष्ट इण्डिजद्वारा अफगानिस्तान क्लिन स्वीप

२०७६, २६ कार्तिक मंगलवार ०६:५७

अनमोल विना असफल हेमराज

अनमोल विना असफल हेमराज

२०७६, २६ कार्तिक मंगलवार १५:३७

गजल

गजल

२०७६, २५ कार्तिक सोमबार २२:२४