काठमाडौं — चीनका राष्ट्रपति सी जिन्पिङको नेपाल भ्रमणका क्रममा शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्दै हालसम्म झण्डै ६० जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ।

तर मानवअधिकारकर्मीहरूले भने त्यसलाई संविधान र मानवअधिकार विपरीत भन्दै ’निर्दोष’ मानिसलाई प्रक्राउ गरिएकोमा आपत्ति प्रकट गरेका छन्।

प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक विश्वराज पोखरेलका अनुसार राष्ट्रपति सीको भ्रमणलाई दृष्टिगत गरी प्रहरीले विभिन्न शङ्कास्पद गतिविधिमा संलग्न भएको आशङ्कामा तिब्बती शरणार्थीलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

उनले भने, ‘हालसम्म ६० जनालाई प्रकाउ गरिसकिएको छ। र, ती मध्ये २२ जनालाई सोधपुछ गरी छाडिएको छ भने बाँकी अन्य माथि अनुसन्धान जारी छ।’

सुरक्षा सतर्कता

सीको भ्रमणमा तिब्बती शरणार्थीले विरोध प्रदर्शन गर्न सक्ने पूर्वानुमान अनुसार नै उच्च सुरक्षा सतर्कता बढाइएको प्रहरीको भनाइ छ। खासगरी तिब्बती शरणार्थीहरू बसोबास गर्ने शिविरहरू र उनीहरूको उपस्थिति हुने क्षेत्र तथा विरोध जनाउन सक्ने सम्भावित क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।

उनका अनुसार विशिष्ट पाहुनाहरूको सुरक्षाका नाममा नेपालमा रहेका शरणार्थीलाई त्रसित पार्ने काम राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय मानवअधिकार सम्बन्धी नेपालको प्रतिबद्धता विपरीत छ।‘सीको भ्रमण ऐतिहासिक हो। यसको सबैले स्वागत गर्नुपर्छ। तर बिना कारण पक्राउ गरिनुले न त नेपालको छवि राम्रो हुन्छ न त चीनको नै,’ उनले थपे।

बोल्न चाहेनन्

तर काठमाण्डूमा रहेका तिब्बती शरणार्थी समुदायका अगुवाहरूले पछिल्ला पक्राउ र सीको भ्रमणबारे कुनै प्रतिक्रिया दिन चाहेनन्। हाम्रा पोखरा संवाददाता नारायण कार्कीले पनि त्यहाँस्थित तिब्बती शरणार्थीहरूसँग प्रतिक्रिया लिन खोज्दा उनीहरूले बोल्न नचाहेको बताए।

नेपालले एक चीन नीति मान्ने भन्दै नेपाली भूमिबाट चीन विरोधी कुनै पनि क्रियाकलाप हुन नदिने बताउँदै आएको छ। सीको नेपाल भ्रमणको पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले एक चीन नीति अपनाउँदै आएको दोर्होयाएकी थिइन्। (बीबीसी)

लोकप्रिय

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२

‘हामी सबै नेपाली’: महानायक राजेश हमाल

‘हामी सबै नेपाली’: महानायक राजेश हमाल

२०७६, २४ कार्तिक आईतवार १४:४७