सन्ताेष प्याकुरेल-  शैक्षिक उद्देश्य पूरा गर्न एक देशबाट अर्को देशमा जानेको संख्या लाखौंमा छ। प्रोजेक्ट एटलसको सन् २०१८ को शुरुवातमा प्रकाशित तथ्याँकलाइ आधार मान्ने हो भने १० लाख भन्दा बिदेशी बिद्यार्थीहरु संयुक्त राज्य अमेरिकामा, ५ लाख भन्दा बढी बिद्यार्थीहरु संयुक्त अधिराज्य (युके), ४ लाख ४३ हजार भन्दा बढी बिद्यार्थीहरु चीन, ३ लाख २७ हजार भन्दा बढी बिद्यार्थीहरु अस्ट्रेलिया अध्ययन गर्न देश छोडेको देखिन्छ।

यसै आधारमा अहिले पनि विदेश अध्ययनको छनौट रास्ट्रमा अमेरिका प्रथम, युके दोश्रो, चीन तेश्रो र अस्ट्रेलिया चौथो रोजाईमा अन्तरास्ट्रिय बिद्यार्थीहरुले राखेको देखिन्छ।

एप्लाई बोर्डका सीइओ तथा सहसंस्थापक मार्टिन बसिरीको तथ्यांकलाई आधार मान्ने हो भने बैदेशिक शैक्षिक परामर्श व्यवसाय दुइ ट्रिलियन डलर अर्थात २० अर्ब डलर भन्दा बढीको बिश्व कारोबार हुने क्षेत्र हो।

नेपालमा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयको तथ्यांक हेर्ने हो भने गत आर्थिक बर्ष २०७५–०७६ मा ६३ हजार २ सय ५९ बिद्यार्थीहरुले नो अब्जेक्शन लेटर लिएको र रु. ४० अर्ब ९ करोड रुपैयाँ (आर्थिक बर्षको ११ महिनामा) ‘ट्युशन फी’ को रुपमा बाहिरिएको कुरा एक राष्ट्रिय दैनिकमा प्रकाशीत भएको एउटा लेखले प्रष्ट पारेको छ।

प्रति नो अब्जेक्शन लेटर बापत रु. २०००।– शिक्षा मन्त्रालयले लिने, बैंक लोनको सर्भिस चार्ज १ प्रतिशत देखि २ प्रतिशत बैंकले लिने, शिक्षा सेवा कर बापत पठाइने ट्युशन फीमा २ प्रतिशत राज्यले आम्दानी गरिआएकै छ।

शिक्षा मन्त्रालयबाट स्वीकृतीप्राप्त १४ सय बन्दा बढी शैक्षिक परामर्श संस्थाहरु, ७ सय भन्दा बढी स्वीकृतिका लागि आवेदन दिएका संस्थाहरु, ८ सयभन्दा बढी स्विकृतिका लागि प्रदेश सराकारमा आवेदन दिएका संस्थाहरु, यी सबै संस्थाहरुले गरेका करोडौको लगानी, रोजगारी सृजना भएका अवस्थाहरु माझ यो क्षेत्र ओजिलो बन्न नसक्नु, सम्मानित बन्न नसक्नु, बद्नाम र ठगि गर्नेहरुको झुण्ड बन्दै गएको प्रचार हुनु आफैँमा दुखद पक्ष हो।

बिकृतिका कारणहरुः

बिकशित देशहरुमा सम्मानित र आधिकारिक मानिएको शैक्षिक परामर्श व्यवसाय अल्पबिकशित र अबिकशित देशहरुमा सम्मानित र व्यवस्थित हुन नसक्नुमा केहि खास कारणहरु रहेको देखिन्छ।

१. ब्रेन ड्रेन र क्यापिटल फ्लाइटः नेपाललगायतका देशहरु आफ्नो देशका नागरिकहरु अध्ययनको लागि बिदेशिनुलाई आफ्नो देशका होनाहार र सक्षम जनशक्ति बाहिरिएकोमा बढी चिन्तित भएको देखिन्छ।

त्यसमा पनि ठुलो रकम शैक्षिक खर्चको रुपमा बाहिरिनुलाई तात्कालिक रुपमा अनुत्पादनशील क्षेत्रमा पूँजी पलायन भएको बिषयको रुपमा लिने गरेको हुँदा राज्यले नै यो बिषयलाई गलत रुपमा प्रचार गर्न सघाउ पुर्याएको देखिन्छ।

२. आवधिक नीति र नियमको अभावः शिक्षा मंत्रालयले २०६८ सालमा “शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बधि निर्देशीका” केहि संशोशन २०७२ मा गरेको भएतापनि विश्व परिस्थितिको बदलिदो अवस्था संगसंगै त्यसमा आमूल परिवर्तन गर्न सकेको छैन।

त्यसले गर्दा अनुगमन, कार्य सम्पादन मुल्यांकन, दण्ड, सजाय तथा पुरस्कारमा सरकार चुकेको देखिन्छ।

३. व्यवसायिक संघहरुको अब्यवसायिक एजेण्डाः आफ्नो क्षेत्रमा नयाँ र नवप्रवर्तनलाई खुला हृदयले स्वागत गर्न सके मात्र स्वच्छ व्यवसायिक प्रतिस्पर्धा बढ्ने र बिद्यार्थी–अभिभावक बढी भन्दा बढी लाभान्वित हुने हुन्छ।

व्यवसायिक संघहरुले कार्टेलिङ्ग र नयाँ शैक्षिक परामर्श केन्द्र स्थापनामा रोक लगाउनेजस्ता क्रियाकलाप गर्दा व्यवासायिक सामन्तहरुको बोलबाला हुने र एक निश्चित घेरा भित्र मात्र यो व्यवसाय रहदा यो क्षेत्र फस्टाउँन सकेको छैन।

जसले गर्दा व्यवासायिक संघहरुबीच साझा धारणा नबन्नु, व्यवसायिक समस्याहरुमा पनि फरक मत बन्ने गरेबाट यो क्षेत्र प्रताडित भएको छ।

४. भिषा काउन्सेलिङ्गमा ध्यानः अधिकांश बैदेशिक शैक्षिक परामर्श संस्थाहरुको फेसबुक पोस्टमा भिषा लागेको र बधाई दिएको फोटो देखिन्छ।

त्यै भिषालाई त्यस संस्थाको गुणस्तर र विज्ञतासँग दाँजेर गरेको प्रचार र त्यसैलाई मापदण्ड मानेर परामर्श केन्द्र धाँउदा बिद्यार्थीहरुले उचित कोर्ष, बिश्वबिद्यालय छनौट र करियर काउन्सेलिङ्गमा ध्यान नदिदा बिगतमा ठुलो दुर्घटना भएको छ। यो अहिलेको बिकराल समस्या रहेको छ।

५. अभिभावकको उपेक्षाः बैदेशिक अध्ययनको अत्यन्त महत्वपूर्ण निर्णयमा अभिभावक उपस्थिति अत्यतै न्यून रहने गरेको छ।

परामर्श केन्द्रहरुमा देश छनौट, बिश्वबिद्यालय छनौट, कोर्ष छनौट, करियर प्लानिङ्ग गर्ने तहमा अभिभावक सहभागी नहुने परिपाटी छ।

केवल खर्चको जोहो गरिदिने अवस्थाले गर्दा विद्यार्थीको भबिष्य डामाडोल भएको छ। परिवार बिग्रिएको छ। ठगीका घटनाहरु बढेका छन्।

समाधानका उपायहरुः

सबै क्षेत्रको समुचित सहभागिता बिना बैदेशिक अध्ययनको उद्देश्य पूरा हुन असम्भव छ, त्यसका लागि निम्न लिखित कार्यहरु गर्नुपर्ने देखिन्छ।

१.  समयानुकुल नीति, नियम बनाउने कार्यमा प्राथमिकताः विश्व परिवेशलाई नजिकबाट नियाल्दै बर्तमान राजनैतिक परिवर्तनलाई पनि अङ्गीकार गर्दै राज्यले बर्तमान शैक्षिक परामर्श तथा भाषा शिक्षण संबन्धि निर्देशिकालाई समानुकुल परिमार्जन गर्नुपर्ने आवश्यकता देखिन्छ।

जसले प्रदेश सरकारलाई अनुगमन, स्विकृति र दण्ड र पुरस्कारको अवधारणा ल्याएर करियर काउन्सेलिङ्गलाई प्राथमिकता राखोस।

ब्रेन ड्रेन भनिएको जनशक्ति ब्रेनट्रेन गरेर नेपालमा आउदाँ बिशेष प्राथमिकता पाउने नीति आओस।

२. स्वस्थ व्यवसायिक बातावरण निर्माणमा संघहरुको पहलः बिद्यमान संघहरुमाझ कम्पिटिशन भन्दा कोलाबरेशन र कार्टेलिङ्ग भन्दा खुलापनमा आधारित नीति, नियम, संयुक्त कार्य निर्देशन नीतिको निर्माण गरि व्यवसायिक कार्य दक्षताका अभिवृद्धि र एकरुपता निर्माण गर्न सके बिद्यार्थी तथा अभिभावकहरुले पाउने सेवामा बढोत्तरी हुन गइ समाज र देशले हेर्ने द्रिस्टिकोणमा परिवर्तन हुनसक्ने थियो।

३. उच्च नैतिक व्यवसायिक आचरणः व्यवसायीहरु शैक्षिक परामर्श दाताको काम, मात्र भिषा लगाउने हो भन्ने अवधारणा भन्दा माथि उठ्नु एकदम जरुरि छ।

बिद्यार्थिहरुलाई कलेज तथा बिश्वबिद्यालयको छनौटमा, कोर्षको छनौटमा करियर बनाउने क्रममा अबको १० बर्षपछी के कस्ता बिषयहरु र बिज्ञाताले प्राथमिकता पाउछ भन्ने क्रममा परामर्श दाताले सघाउ पुर्याउनुपर्छ।

कसरि बिद्यार्थीहरु कम पैसामा, छात्रवृत्तीमा उत्कृष्ट देशमा, बिश्वबिद्यालयमा पठाउन सकिन्छ त्यतातर्फ लक्षित हुनु आवश्यक छ। बिद्यार्थीको भिषा लागेको फोटो भन्दा आफुँले पठाएको विद्यार्थीले ग्राजुएशन सकेर उत्कृष्ट जागिर र करियर ज्वाइन गरेको फोटो आफ्नो फेसबुकमा राख्दा त्यो परामर्शदाताको शान र मान अझ बढ्छ।

४. निर्णयमा अभिभावकको सहभागिताः आफ्ना छोराछोरीहरुलाई उचित शिक्षा–दिक्षा दिनको लागि के कस्ता देशहरु छन्, कस्ता कस्ता बिश्वबिद्यालयमा पढाउन सकिन्छ? अध्ययन पछिको करियर कस्तो हुन्छ? परामर्शदाता संस्था कस्तो हो? कस्ता मान्छेले संचालन गरेको रहेछ? आदि कुराहरु प्रस्ट बुझ्न अभिभावकको उपस्थिति अनिवार्य हुन्छ।

अभिभावकको उपस्थिति भएमा यो क्षेत्रको बिकृति ५० प्रतिशतले कमि हुन्छ। लगभग ४० अर्बको कारोबार गर्ने बैदेशिक परामर्श क्षेत्रले खरबौ खरब रकम यो देशमा भित्र्याउने क्षमता राख्दछ।

अझ त्यो भन्दा बढी नेपालको भबिष्य निर्माणको रुपरेखा कोर्ने हजारौ दक्ष जनशक्ति उत्पादन गर्ने यो व्यवसायलाई उचित सम्बोधन गर्न सके यसले दिर्घकालमा अत्यन्त सकारात्मक प्रभाव पार्ने प्रायः निश्चित छ।

प्याकुरेल, रास्ट्रिय शैक्षिक परामर्श संघ, नेकाका संयोजक हुन्

लोकप्रिय

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

२०७६, १ मंसिर आईतवार १८:२८

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

२०७६, १ मंसिर आईतवार २०:३०

धरानमा विप्लवको आत्तंक

धरानमा विप्लवको आत्तंक

२०७६, ३० कार्तिक शनिबार १७:३०

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

२०७६, १ मंसिर आईतवार १३:१७

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

२०७६, ३० कार्तिक शनिबार १६:५३

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

२०७६, १ मंसिर आईतवार १७:२७

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

२०७६, १ मंसिर आईतवार २१:४१

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

२०७६, १ मंसिर आईतवार १७:१७

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

लोकदोहोरी गायक ईश्वर बाबुको ‘सिन्धुर पछिको माया’ गीत सार्वजानिक (भिडियो सहित)

लोकदोहोरी गायक ईश्वर बाबुको ‘सिन्धुर पछिको माया’ गीत सार्वजानिक (भिडियो…

२०७६, ३० कार्तिक शनिबार २१:०४

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

२०७६, ३० कार्तिक शनिबार १४:२०

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

२०७६, १ मंसिर आईतवार १०:२०

विश्वकप छनाेट खेल्ने विमल, अञ्जनसहित चार खेलाडी बर्खास्त

विश्वकप छनाेट खेल्ने विमल, अञ्जनसहित चार खेलाडी बर्खास्त

२०७६, ३० कार्तिक शनिबार १३:५८

नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजानिक

नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजानिक

२०७६, १ मंसिर आईतवार २१:३६