सुर्खेत, ११ माघ –कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समग्र कर्णालीको विकासका लागि सबैको समान सहभागिता आवश्यक रहेको बताएका छन्। उनले कर्णाली प्रदेश सरकारको ध्यान सन्तुलित विकासमा केन्द्रीत रहेको बताए।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका—६, स्थित जीवन ज्योति माविको भवन बिहिबार शिलन्यास गर्दै उनले विकासमा पछाडि पारिएको पश्चिम सुर्खेत साविकको कर्णालीझैं दुर्गम रहेकाले समृद्धिका लागि यस क्षेत्रका नागरिक नै जुट्नुपर्ने बेला आएको बताए। मुलुकमा व्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्था नबदलिएकाले यसमा सबै सरकार गम्भीर भएर लाग्नुपर्नेमा उनले जोड दिए।

‘ठूलो भूगोल ओगटेको कर्णाली प्रदेशको विकासलाई सन्तुलित गर्ने प्रमुख उद्देश्यले यही माघ १४ र १५ गते प्रदेश सरकारले प्रदेश समन्वय परिषद्को पहिलो बैठकको आयोजना गरेको छ,’ उनले भने, ‘बैठकबाट यो प्रदेशको विकासको वास्तविक चित्र कोरिन्छ।’ प्रदेश सरकारले कर्णालीको समग्र विकासको गुरुयोजना बनाउन लागेको उनले जानकारी दिए।

नवजात शिशु अवस्थाको सरकारले जनताका अपेक्षा एकै वर्षमा पुरा गर्न नसक्ने भन्दै यो संघ, प्रदेश र स्थानीय तहको समन्वयमा मात्र विकास र समृद्धि सम्भव हुने उनको भनाई थियो। ‘बौद्धिक व्यक्तित्वहरुले आफ्नो बिचार जनताको जीवनस्तर माथि उकास्ने मार्गचित्र तयार गर्ने काममा प्रयोग गर्नुहोस्,’ उनले भने, ‘भाषण गरेर, बोलेर, आलोचना र टिकाटिप्पणी गरेर देश बन्दैन। ईमान्दारीका साथ श्रममा बाँच्न हामीले सिख्नु पर्छ।’

उनले प्रदेश सरकारको ३० लाख रुपैयाँको लागतमा निर्माण हुने जीवन ज्योति माविको भवन शिलान्यास गर्नुका साथै जनजागृति मावि चौकुने ५, सुर्खेतको ४७ औंं स्थापना तथा अभिभावक दिवसको समेत उद्घाटन गरे। मुख्यमन्त्री शाही त्यहाँ पुगेपछि पश्चिम सुर्खेतका बराहताल, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाका नागरिकहरुले सडकको स्तरोन्नति र केन्द्रीय विद्युत प्रसारण लाईनको मागपत्र बुझाएका थिए। उनले बड्डीचौर–गुटु–बेनीघाटसम्मको सडकको स्तरोन्नति र केन्द्रीय विद्युत प्रसारण लाईन जडानमा पहल गर्ने प्रतिवद्धता जनाए।

लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

राैतहटमा इटाभट्टामा बम फेला

राैतहटमा इटाभट्टामा बम फेला

२०७६, २१ मंसिर शनिबार १७:३१

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

२०७६, २० मंसिर शुक्रबार २०:२५

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

२०७६, २० मंसिर शुक्रबार १७:१६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

२०७६, २० मंसिर शुक्रबार ११:२२

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

२०७६, १९ मंसिर बिहीबार ०९:४९