मंसिर ३, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले नेपाल बुझ्नै नसकेको बताउनुभएकोे छ ।

सोमबार ललितपुरमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ३३ औँ आधारभूत प्रशासन प्रशिक्षण सुभारम्भ समारोहको उद्घाटन गर्दै मन्त्री पण्डितले कर्मचारीले नेपाल नबुझेकाले समस्या आएको बताउनभएको हो । ‘धेरै रास्ट्रसेवक कर्मचारीले ले नेपाल बुझेनन् किनभने नेपाल के बुझे भने काठमाडौं हो, म जहाँ छु त्यही नै नेपाल हो भन्ने बुझे,’ मन्त्री पण्डितले भन्नुभयो।

कर्मचारीहरु खटाएको ठाँउमा जान नखोज्ने प्रवृत्ति अर्को समस्याका रुपमा रहेको उनले बताउनुभयो। ‘प्रदेश नम्बर एकमा केही समयअघि एकजना सचिवलाई पठाइएको थियो । बिहान प्लेनमा जानु भयो, हाजिर गर्नु भयो र भरे प्लेनमै फर्किनु भयो,’ उहाँले भन्नुभयो ‘अनि मलाई आएर भन्नु भयो म तीन घण्टा काम गरेर आएँ अब सरुवा मिलाइदिनुर्पयो,’ मन्त्री पण्डितले अगाडि भन्नुभयो, ‘मलाई यस्ता रास्ट्रसेवक देख्दा घृणा लाग्छ ।’

कर्मचारीमा काम गर्न भन्दा विदेश घुम्ने प्रवृत्ती बढेको उहाँले बताउनुभयो । सरकारी कर्मचारीको वृतिविकास नरोकिने गरी समायोजन गरिने उहाँले बताउनुभयो । मन्त्री पण्डितले जानेको र सक्ने काम आफै गर्न र नपन्छाउन कर्मचारीहरुलाई आग्रह पनि गर्नुभयो ।

‘केही दिनअघि म एउटा कार्यलयको अनुगमनमा गएको थिएँ । शुरुमा तपाईंहरुको समस्या के छ भनेर सोधेँ, कर्मचारी छैनन् । सेवा दिन गाह्रो छ भन्ने जवाफ पाइयो,’ उहाँले भन्नुभयो, ‘खै हाजिरी हेरौँ त भन्दा आधाको पनि हाजिर छैन् । अनि कसरी पुग्छ त कर्मचारी ?’

मन्त्री पण्डितले मनचिन्ते सोचले ग्रसित भएर काम गर्न नसक्ने अवस्थाका कर्मचारीलाई बिदा गर्न सरकार तयार रहेको पनि उल्लेख गर्नुभयो। ‘मनचिन्ते सोचले ग्रसित भएर थिचिँदा थिचिँदा काम गर्न नसक्ने भएकालाई हात जोडेर बिदा गरिन्छ,’ उहाँले भन्नुभयो ।

लोकप्रिय

सरकारको समीक्षा, काम सुस्त भयो भयो : प्रधानमन्त्री ओली

सरकारको समीक्षा, काम सुस्त भयो भयो : प्रधानमन्त्री ओली

६ मंसिर २०७५, बिहीबार

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

२१ मंसिर २०७५, शुक्रबार

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

११ मंसिर २०७५, मंगलवार

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

१ मंसिर २०७५, शनिबार

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

१ मंसिर २०७५, शनिबार

मन्त्रीहरुको कामको समीक्षा शुरु

मन्त्रीहरुको कामको समीक्षा शुरु

५ मंसिर २०७५, बुधबार

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

२३ मंसिर २०७५, आईतवार

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

१९ कार्तिक २०७५, सोमबार

कैद र जरिवाना असुल गर्न बाँकी

कैद र जरिवाना असुल गर्न बाँकी

२४ मंसिर २०७५, सोमबार

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

११ मंसिर २०७५, मंगलवार

बेलायत भ्रमण पूरा गरी वरिष्ठ नेता नेपाल स्वदेश फिर्ता

बेलायत भ्रमण पूरा गरी वरिष्ठ नेता नेपाल स्वदेश फिर्ता

५ मंसिर २०७५, बुधबार

तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रज : प्रचण्ड

तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रज : प्रचण्ड

१८ कार्तिक २०७५, आईतवार

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

२४ मंसिर २०७५, सोमबार

२३ मंसिर २०७५, आईतवार

यात्रुवाहक बस पल्टँदा १८ जना घाइते, ३ को अवस्था गम्भीर

यात्रुवाहक बस पल्टँदा १८ जना घाइते, ३ को अवस्था गम्भीर

२ मंसिर २०७५, आईतवार