काठमाडौं – मनीष मन्धानाको नेतृत्वमा रहेको बिईगं ह्युमन कम्पनीले कपडालगायतको ब्यापार गर्छ। भारतबाट शुरु भएको बिईगं ह्युमन बहराईन, युएई हुदैँ नेपाललगायत १५ वटा देशहरुमा फैलिएको छ। बिश्वभर यसको ५ सयभन्दा बढी आउटलेट सञ्चालनमा छ।

यो कम्पनी अहिले व्यापारिक प्रयोजनमा मात्र सिमीत छैन्, यसले फाउण्डेशनमार्फत समाजसेवाका गतिविधी पनि गरिरहेको छ। बिईगं ह्युमनले कपडाको बिक्रीबाट हुने नाफाको ठुलो हिस्सा फाउन्डेसनमार्फत समाजसेवाका गतिविधी गर्नका लागि छुट्याउने गर्छ।

बिईगं ह्युमन अहिले नेपालमा वस्त्र ईन को नामक कम्पनीको स्वामित्वमा राजु थापा क्षेत्रीले सञ्चालन गरिरहेका छन्। राजधानीका विभिन्न स्थानलगायत पोखराजस्ता सहरहरुमा यसको आउटलेट छन्। तर, पछिल्लो केहि समय ति आउटलेटहरु बन्द देखिन्छन्। यसै सन्दर्भमा नेपाली पब्लिकका कार्यकारी सम्पादक सुरज खनालले वस्त्र इन काे का सञ्चालक राजु थापा क्षेत्रीसँगकाे कुराकानी

बिईगं ह्युमन कम्पनी बन्द भएको हो?

बिईगं ह्युमन कम्पनी बन्द भएको भन्ने कुरामा कुनै सत्यता छैन। यि सब अफवाह मात्र हो। हामी अहिले अझ केहि बृहत रुपमा अगाडी आउन खोजिरहेका छौँ।

हामीले अहिले टिमलाई अझ मजबुत बनाउन खोजिरहेका छौ। अहिले भइरहेको भन्दा अझै धेरै ठाँउहरुमा आउटलेट राख्ने योजनमा छौं। त्यसका लागि हामी अहिले केहि आन्तरिक गृहकार्यहरु गरिरहेका छौ।

अहिले आउटलेटहरु त बन्द अवस्थामा नै देखिन्छ नि?

होईन, अहिले हाम्रो पोखराबाहेक काठमाडौंका केहि आउटलेट मात्र बन्द छन्। तर, यसलाई कम्पनी बन्द भएको भन्ने रुपमा बुझ्नु भएन।

मैले अघि पनि भने हामी केहि बृहत्त गर्ने योजना बनाइरहेका छौं। त्यसैको लागि केहि दिनका लागि कारोबार रोकीएको मात्र हो।

नयाँ रुपमा आउनको लागि कारोबार नै बन्द गर्नुपर्छ र?

बिईगं ह्युमन सानो कम्पनी होईन। हामीले यसलाई सानो लगानीमा स्थापना गरेका होईनौ, ठुलो लगानीको कम्पनीको योजना बनाउँदा सहजै हुन्छ भन्ने हुँदैन।

त्यसैले हामीले आफ्नो योजना अनुसार नै केहि समयको लागि केहि आउटलेटहरुको कारोबार स्थगन गरेका हौँ। यसलाई बिईगं ह्युमन बन्द भयो भन्ने रुपमा लिनु भएन।

भनेपछि बिईगं ह्युमनका लगानीकर्ताहरुबिचमा बिवाद भएर कम्पनी बन्द भएको भन्ने कुरा गलत हो?

हो, बिल्कुल गलत हो। ठुलो लगानी र एकभन्दा बढी लगानीकर्ता भएको कम्पनीको लगानीकर्ताबिच सामान्य बिवाद हुनु स्वभाविक हो। तर, बजारमा हल्ला चलेजस्तो कम्पनी नै बन्द हुनेगरी बिवाद भएको भन्ने कुरा भने होईन्।

खासमा हामीबिच बिवाद नै छैन्। हामी सबै सञ्चालकहरुको चासो बिईगं ह्युमनलाई अझ कसरी राम्रो बनाउने भन्ने हो। त्यसैमा साथीहरुबिच केहि फरक मत आएको हो। बिवाद केहि होईन्। ठुलो कम्पनीमा लगानीकर्ता आउने जाने कुरा त स्वभाविक होईन र?

बिईगं ह्युमन एउटा कम्पनि मात्र होईन्। समाजसेवाको उद्देश्यले स्थापना गरेको संस्था पनि हो। बलिउड सुपरस्टार सलमान खानजस्तो व्यक्तिको प्रतक्ष्य संलग्नतामा सञ्चालन भइरहेको कम्पनी सहजै बन्द हुने कुरै छैन्।

त्यसो भए अब कहिलेदेखी शुरु हुन्छ त तपाईहरुको कारोबार ?

हो, एकदमै सहि प्रश्न गर्नुभयो। यो प्रश्न हामीलाई हाम्रा ग्राहकहरुले पनि गरिरहनुभएको छ। हामी अब यहि तिहारअघिदेखी थप उत्पादनका साथ आफ्ना आउटलेट सुचारु गर्दैछौ।

त्यसको लागि हामी आफ्नो तयारीको लगभग अन्तिम चरणमा पुगेका छौ। के के समान मगाउने अनि नयाँ आउटलेट कहाँ कहाँ खोल्ने भन्ने बिषय लगभग टुङ्गीसकेको छ।

म यहिबाट हाम्रा ग्राहकहरुलाई पनि जानकारी गराउन चाहन्छु की बिईगं ह्युमन छिट्टै बजारमा अझ बृहत रुपमा आउँदैछ।

सुरज खनाल सुरज खनाल
नेपाली पब्लिकका कार्यकारी सम्पादक हुन्।

लोकप्रिय

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

२०७६, १ मंसिर आईतवार १८:२८

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

२०७६, १ मंसिर आईतवार २०:३०

धरानमा विप्लवको आत्तंक

धरानमा विप्लवको आत्तंक

२०७६, ३० कार्तिक शनिबार १७:३०

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

२०७६, १ मंसिर आईतवार १३:१७

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

२०७६, ३० कार्तिक शनिबार १६:५३

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

२०७६, १ मंसिर आईतवार १७:२७

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

२०७६, १ मंसिर आईतवार २१:४१

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

२०७६, १ मंसिर आईतवार १७:१७

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

लोकदोहोरी गायक ईश्वर बाबुको ‘सिन्धुर पछिको माया’ गीत सार्वजानिक (भिडियो सहित)

लोकदोहोरी गायक ईश्वर बाबुको ‘सिन्धुर पछिको माया’ गीत सार्वजानिक (भिडियो…

२०७६, ३० कार्तिक शनिबार २१:०४

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

२०७६, ३० कार्तिक शनिबार १४:२०

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

२०७६, १ मंसिर आईतवार १०:२०

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार ११:३४