एजेन्सी– दक्षिणी सुुडानमा आएको भिषण बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित हुनुपरेको सुरक्षा अधिकारीहरुले बताए। दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा अकस्मात रुपमा आएकोे बाढीमा परी ती नागरिक विस्थापित भएको हो।

नाइल नदीको किनारातिर रहेको बस्तीका नागरिक बढी प्रभावित भएको छ। उनीहरुमध्ये कतिपयलाई सुरक्षित स्थान खोजेर सारिएको छ भने अधिकांश आफै भागेर सो क्षेत्रमा पुगेका छन्।त्यसैगरी सुरक्षित स्थानतर्फ भाग्नेमा अधिकांश सुडानबाट आएका शरणार्थीहरु रहेका छन्।

संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोगले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा सुडानी शरणार्थीहरुको शिविर नै बाढीको चपेटामा परेकोले उनीहरु त्यहाँबाट भाग्न बाध्य भए। उक्त विज्ञप्तिमा नदीको पानी बस्तीमा पसेको छ। बाटो घाटो विग्रिएको छ भने शरणार्थीहरुका छोराछोरी पढ्ने विद्यालय पनि पानीले भरिएको छ।

बाढीले अन्य भौतिक संरचनाहरुका साथै खानेपानी, बिजुली, अस्पतालजस्ता आधारभूत सुविधाहरुको संरचनाहरु पनि भत्काइदिएकोे छ। अस्पतालमा नै पानी पसेपछि नागरिकको स्वास्थ्य सुविधा अवरुद्ध भएको छ। जसका कारण घाइतेको उपचारको काम पनि हुन नसकेको हो।

इथियोपियाको सीमा क्षेत्रबाट आएको बाढीले यहाँका नदीहरुको सतह बढ्न पुगेको छ। मौसम विज्ञासम्बन्धी अधिकारीहरुले अकस्मातको पानीले धेरै क्षति पु¥याएको र अझै केही समय वर्षात नरोकिने बताएका छन्। यस देश सन् २०१३ देखि द्धन्द्धको चपेटामा परिरहेको छ।

युद्धका कारण विस्थापित भएका सुडानका करिब ३ लाख शरणार्थी दक्षिणी सुडानमा बस्दै आएका छन्। त्यसैगरी यस देशमा जारी द्धन्द्धका कारण पनि करिब १५ लाख नागरिक आन्तरिक रुपमा विस्थापित भएर शरणार्थीको रुपमा जीवन व्यतित गरी आएका पनि राष्ट्रसंघीय शरणार्थी आयोगले जानकारी दिएको छ।     रासस

लोकप्रिय

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

घूससहित वडाअध्यक्ष पक्राउ

घूससहित वडाअध्यक्ष पक्राउ

२०७६, ३ मंसिर मंगलवार १७:४०

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

२०७६, ४ मंसिर बुधबार १९:४६

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

२०७६, ४ मंसिर बुधबार १४:२३

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

२०७६, ४ मंसिर बुधबार १८:०७

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

२०७६, ३ मंसिर मंगलवार १७:१७

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

२०७६, ४ मंसिर बुधबार १७:४२

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार ११:३४

पर्यटकीय स्थलको प्रवद्धर्न

पर्यटकीय स्थलको प्रवद्धर्न

२०७६, २ मंसिर सोमबार १२:३९

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

२०७६, ३ मंसिर मंगलवार २०:०५

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

२०७६, ३ मंसिर मंगलवार १३:१२

डोटिमा नक्कली नोट फेला

डोटिमा नक्कली नोट फेला

२०७६, ४ मंसिर बुधबार १९:०७

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

२०७६, २ मंसिर सोमबार ११:२०