काठमाडाै‌– यस वर्षको तिहारमा सानाठूला गरी तीन लाख माला भारतबाट आयात हुने अनुमान गरिएको छ। राजधानीमा बसोबास गर्ने नेपालीका लागि वर्षै्पिच्छे भारतबाट माला आयात हुने गरेको तथ्याङ्क छ।

नेपालमा लगातार गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी भएको २३ वर्ष पुगेको छ।आयातमा भने कमी आएको छैन। विसं २०५३ देखि फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै आएको हो। राजधानीवासीका लागि भाइटीकाको दिन झण्डै २५ लाख मालाको आवश्यक पर्ने फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का महासचिव विश्वमणि पोखरेलले राससलाई जानकारी दिए।

फ्यानका अध्यक्ष कुमार कसजुले गत वर्ष झन्डै रु २० करोडको विभिन्न जातका फूल आयात भएको बताए। फूलको माग दैनिक बढिरहेको भए पनि उत्पादनमा भने खासै वृद्धि हुनसकेको पाइँदैन। चार वर्ष पहिले नेपालले भारतबाट रु चार करोड मूल्य बराबरका विभिन्न फूल आयात गरेको तथ्याङ्क पाइन्छ। तथ्याङ्कलाई केलाउँदा नेपालमा वर्षको पाँच करोडका दरले फूलको आयात बढ्दै गएको देखिन्छ।

नेपाली फूल को माग तिव्बत, मलेशिया, अमेरिका, थाइल्याण्डमा भए पनि उत्पादनभने बढाउन सकिएको छैन। फूल व्यावसायिक ढङ्गले शुरुआत भएको २५ वर्ष पुगेको छ।सन् २०११ बाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा शुरु भएको फूल व्यवसाय आर्थिक वर्ष २०७५÷७६ सम्म पुग्दा ४३ जिल्लामा विस्तार भएको छ।

पहिलोपटक विसं २०७२ मा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपाल व्यावसायिक पुष्पखेती सर्वेक्षण २०७२÷७३ ले ३६ जिल्लामा ५६१ व्यवसायीले पुुष्पखेती सञ्चालन गरेको उल्लेख छ। त्यसको चार वर्षमा जम्मा २३९ व्यवसायी वृद्धि भई हाल ८०० पुगेका फ्यानले जनाएको छ। चार वर्ष पहिले १४३ हेक्टरमा खेती भएको पुष्पखेती हाल १४९ हेक्टरमा विस्तार भएको छ। ३८ हजारले रोजगार पाएकामा चार वर्षपछि ४३ हजार व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन्।

भौगोलिक विविधता र अनुकूल वातावरणका कारण नेपालमा थरिथरिका आकर्षक फूलखेती गर्न सकिन्छ र पनि अर्काको देशबाट आयात भइरहेकाले पुष्पखेतीतर्फ भने खासै आकर्षण देखिँदैन। यहाँ तिव्बत, मलेशिया, अमेरिका, थाइल्याण्डलगायतका मुलुकबाट नेपाली जातका फूलको माग भएको बताइन्छ।

नेपालमा भूमिमाथिको द्वैध स्वामित्वको अन्त भएको छैन। सीमित व्यक्तिका हातमा प्रचुर जमीन छ। पर्याप्त जमीन भएकाले जमीन बाझै राख्ने चलन छदैँछ। सरकार भने भूमि बाझो राख्नेलाई कानूनका दायरमा ल्याउन सकेको छैन। त्यसैले गर्दा फूलमा समेतको परनिर्भरता बटोको छ। हाल १० लाख हेक्टर जमीन बाझो रहेको छ। कृषिको आधुनिकीकरण, व्यावसायिकरण त छँदैछ तर विविधिकरणको ज्वलन्त उदाहरण पुष्प व्यवसाय पनि एक हो।

प्रचुर तथा अथाह सम्भावना बोकेको पुष्प व्यवसायका लागि सरकारले ‘पुष्प प्रवद्र्धन नीति २०६९’ जारी गरी पुष्प प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्ययोजना लागू गरेको पनि सात वर्ष पुगेको भए पनि पुष्पखेतीतर्फ भने सोचेजति आकर्षण नहुनुले फूलको आयात रोकिएको छैन।

सर्वेक्षणमा उत्पादन परिमाणको आधारमा प्रमुख पाँच मौसमी फूलमा सयपत्री, पिटुनिया, डाहलिया, जिनिया, प्यान्जी, बहुवर्षे फूलमा गुलाफ, बगानबेली, गोदावरी, एजेलिया, कर्निसन, आलाङ्कारिक फूलतर्फ धुपी, हेज, पम, अशोका, एरिका, कटफ्लावरतर्फ कार्नेशन, जर्वैरा, गुलाफ, ग्याहुलस, क्यालेनडुला र लुज फ्लावरतर्फ सयपत्री, लाहुरे, गोदावरी, एकान्त (सानो सयपत्री) र तारा (कोरेप्सिस) जातको पुष्पखेती हुँदै आएको उल्लेख छ। रासस

लोकप्रिय

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२

‘हामी सबै नेपाली’: महानायक राजेश हमाल

‘हामी सबै नेपाली’: महानायक राजेश हमाल

२०७६, २४ कार्तिक आईतवार १४:४७