मंसिर ४, काठमाडौं । सरकारले पप्पु कन्स्ट्रक्सनलाई तत्कालका लागि कुनै पनि टेण्डर प्रकृयामा भाग लिन रोक लगाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि कुनै पनि टेन्डरमा भाग लिनबाट पप्पुलार्इ रोक लगाएको हो ।

ठेक्का सम्झौता गरेर समयमै काम नसक्ने तथा गुणस्तरहीन काम गर्ने गरेको आरोप खेप्दै आएको पप्पुलाई सिक्टा सिँचाइ आयोजनाको उजुरी एवम् सिफारिशका आधारमा कालोसूची कारबाही बारे अनुगमन कार्यालयबाट टुंगो नलाग्दासम्मका लागि टेन्डरमा रोक लगाएको हो ।

सिक्टा सिँचाइको उजुरीका आधारमा पप्पु कन्स्ट्रक्सनलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानी नोक्सानी पर्न सक्ने र विकासमा समेत बाधा अवरोध सिर्जना हुने कारण देखार्इ अनुगमन कार्यालयले टेन्डरमा सहभागी हुन रोक लगाएको हो । पप्पुका कार्यशैलीबाट सर्वसाधारण जनताको जीवनस्तरमा समेत नराम्रो असर पर्ने सम्भावना देखिएको सूचनामा उल्लेख छ ।

अनुगमन कार्यालयले यसअघि नै कम्पनीको ठेगानामा पठाइएको स्पष्टीकरण पत्र बुझ्न पप्पुले नमानेपछि सोमबार सार्वजनिक सूचना निकाल्दै ३० दिनभित्र स्पष्टिकरण दिन सार्वजनिक सूचना गरेको थियो ।

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइअन्तर्गत डडुवा सिँचाइको ‘हेडवर्क्स’ निर्माणका लागि पप्पुले ठेक्का सम्झौता हात पारेको थियो । आयोजनाको २३ किलोमिटर लामो नहर निर्माणका लागि २०७३ असारमा कोस्टलरपप्पु जेभीसँग सम्झौता भएकोमा सम्झौताअनुसार यही कात्तिक १ गतेभित्र सबै निर्माण कार्य सकिनुपर्ने हो । तर ७ प्रतिशत मात्र निर्माण प्रगति भएको र त्यो पनि गुणस्तरहीन पाइएपछि सरकारले कात्तिक २१ गते पप्पुसँगको ठेक्का तोडेको थियो ।

लोकप्रिय

ऊर्जामन्त्री वर्षमान पुनलाई २०२ किलोको माला

ऊर्जामन्त्री वर्षमान पुनलाई २०२ किलोको माला

२८ मंसिर २०७५, शुक्रबार

सरकारको समीक्षा, काम सुस्त भयो : प्रधानमन्त्री ओली

सरकारको समीक्षा, काम सुस्त भयो : प्रधानमन्त्री ओली

६ मंसिर २०७५, बिहीबार

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

२१ मंसिर २०७५, शुक्रबार

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

११ मंसिर २०७५, मंगलवार

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

१ मंसिर २०७५, शनिबार

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

१ मंसिर २०७५, शनिबार

मन्त्रीहरुको कामको समीक्षा शुरु

मन्त्रीहरुको कामको समीक्षा शुरु

५ मंसिर २०७५, बुधबार

इपिएलः भैरहवा प्लेअफमा

इपिएलः भैरहवा प्लेअफमा

२६ मंसिर २०७५, बुधबार

२३ मंसिर २०७५, आईतवार

कैद र जरिवाना असुल गर्न बाँकी

कैद र जरिवाना असुल गर्न बाँकी

२४ मंसिर २०७५, सोमबार

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

२३ मंसिर २०७५, आईतवार

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

१९ कार्तिक २०७५, सोमबार

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

११ मंसिर २०७५, मंगलवार

विदेशबाट घर फर्किरहेका युवा बसमै लुटिए

विदेशबाट घर फर्किरहेका युवा बसमै लुटिए

२५ मंसिर २०७५, मंगलवार

परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका भ्रमणमा जाँदै

8 घन्टा