मंसिर ४, सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकद्वारा ‘कर्णाली प्रदेश कानून, कर्णाली प्रदेश योजना आयोग गठन तथा सञ्चालन आदेश, २०७५’ स्वीकृत गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दुवै आयोगको गठन आदेश स्वीकृत गर्ने निर्णय गरेको हो । सात सदस्यीय कर्णाली प्रदेश कानून आयोग गठन हुने कर्णली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिनुभयो ।

कानून आयोगमा एक अध्यक्ष, सरकारले नियुक्त गर्ने दुई सदस्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, मुख्य न्यायाधिवक्ता पदेन सदस्य र आन्तरिक मामिला तथा कानून मन्त्रालयको कानून महाशाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

त्यसैगरी प्रदेश सरकारले ६ सदस्यीय कर्णाली योजना आयोग गठन गर्ने मन्त्री केसीले बताउनुभयो । मुख्यमन्त्री महेन्द्रबहादुर शाही योजना आयोगको अध्यक्ष रहनेछन् । प्रदेश सरकारले नियुक्त गर्ने एक उपाध्यक्ष, दुई सदस्य, प्रदेश सरकारको प्रमुख सचिव पदेन सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव सदस्य सचिव रहने व्यवस्था छ ।

सात सदस्यीय अस्पताल व्यवस्थापन समिति रहने व्यवस्था सहित ‘अस्पताल व्यवस्थापन समिति गठन आदेश, २०७५’ पनि स्वीकृत गर्ने निर्णय गरिएको केसीले जानकारी दिनुभयो । कर्णाली प्रदेशको पर्यटन प्रबद्र्धनका लागि ‘कर्णाली-रारा पर्यटन वर्ष, २०७५’ अन्तर्गत डोल्पाको शे-फोक्शुण्डो तालमा मंसिर ११ र १२ गते आयोजना गरिने महोत्सव लगायत कार्यक्रमका लागि उपराष्ट्रपति नन्दबहादुर पुनलाई आमन्त्रण गर्ने निर्णयसमेत गरेको प्रवक्ता केसीले जानकारी दिनुभयो ।

लोकप्रिय

सरकारको समीक्षा, काम सुस्त भयो भयो : प्रधानमन्त्री ओली

सरकारको समीक्षा, काम सुस्त भयो भयो : प्रधानमन्त्री ओली

६ मंसिर २०७५, बिहीबार

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

२१ मंसिर २०७५, शुक्रबार

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

११ मंसिर २०७५, मंगलवार

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

१ मंसिर २०७५, शनिबार

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

१ मंसिर २०७५, शनिबार

मन्त्रीहरुको कामको समीक्षा शुरु

मन्त्रीहरुको कामको समीक्षा शुरु

५ मंसिर २०७५, बुधबार

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

१९ कार्तिक २०७५, सोमबार

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

२३ मंसिर २०७५, आईतवार

कैद र जरिवाना असुल गर्न बाँकी

कैद र जरिवाना असुल गर्न बाँकी

२४ मंसिर २०७५, सोमबार

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

११ मंसिर २०७५, मंगलवार

बेलायत भ्रमण पूरा गरी वरिष्ठ नेता नेपाल स्वदेश फिर्ता

बेलायत भ्रमण पूरा गरी वरिष्ठ नेता नेपाल स्वदेश फिर्ता

५ मंसिर २०७५, बुधबार

तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रज : प्रचण्ड

तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रज : प्रचण्ड

१८ कार्तिक २०७५, आईतवार

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

२४ मंसिर २०७५, सोमबार

२३ मंसिर २०७५, आईतवार

यात्रुवाहक बस पल्टँदा १८ जना घाइते, ३ को अवस्था गम्भीर

यात्रुवाहक बस पल्टँदा १८ जना घाइते, ३ को अवस्था गम्भीर

२ मंसिर २०७५, आईतवार