मंसिर ४, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले पोखरालाई शैक्षिक गन्तव्य बनाउने बताउनुभएको छ । विद्यालय क्षेत्र सुधार कार्यक्रममा सहयोग गर्दै आएको फिनल्यान्डका राजदूत प्रेती एन्टिनेन सहितको टोलीसँगको छलफलमा महानगर प्रमुख जिसीले पोखरालाई पर्यटनसँगै शैक्षिक गन्तव्य बनाउन महानगर लागि परेको बताउनुभएको हो ।

उहाँले महानगरपालिकाले शिक्षा कार्यविधि बनाइसकेको र सीमित स्रोत साधनलाई अधिकतम प्रयोग गरी गुणस्तरीय शिक्षा दिने गरी काम अगाडि बढाएको बताउनुभयो । शिक्षा कार्यविधि अनुसार शिक्षा परिषद् गठन गरी पोखराको शिक्षाको अध्ययन अनुसन्धान गरी दक्ष जनशक्ति उत्पादनमा महानगरले प्राथमिकता दिने उहाँको भनाई थियो ।

कार्यक्रममा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले एक वडा एक स्मार्ट विद्यालय बनाउने योजना महानगरले ल्याएको बताउनुभयो । शिक्षा बिना विकास सम्भव नभएकाले त्यसप्रति महानगर सचेत रहेको उहाँको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले संघीय संरचना अनुसार शिक्षाको जिम्मेवारी पनि महानगरमा आएकाले योजनावद्ध रुपमा काम गर्ने बताउँदै शिक्षालाई प्राथमिकता राखेको बताउनुभयो ।

शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले शिक्षामा सुधार ल्याउन महानगरले गरेका काम र योजनाको बारेमा राजदूतलाई जानकारी गराउनुभएको थियो । उहाँले शैक्षिक सत्र २०७६ देखि महानगर भित्रका विद्यालयका कक्षा कोठालाई धुलो मुक्त बनाएर सेतोपाटी राख्ने बताउनुभयो। उहाँले पोखरामा २ सय ११ सामुदायिक र १ सय ७८ वटा संस्थागत विद्यालय भएको जानकारी दिनुभएको थियो ।

छलफलमा राजदूत प्रेती एन्टिनेनले योजनाबद्ध रुपमा काम गरेकाले पोखरालाई शैक्षिक गन्तव्य बनाउने योजना पूरा हुने बताउनुभयो। उहाँले पोखराको सुन्दरताबाट आफू निकै प्रभावित भएको बताउँदै फेरि पोखरा आउने बताउनुभयो । राजदूतसहितको टोलीले पोखराका केही विद्यालयको भ्रमण समेत गरेको थियो।

लोकप्रिय

ऊर्जामन्त्री वर्षमान पुनलाई २०२ किलोको माला

ऊर्जामन्त्री वर्षमान पुनलाई २०२ किलोको माला

२८ मंसिर २०७५, शुक्रबार

सरकारको समीक्षा, काम सुस्त भयो : प्रधानमन्त्री ओली

सरकारको समीक्षा, काम सुस्त भयो : प्रधानमन्त्री ओली

६ मंसिर २०७५, बिहीबार

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

२१ मंसिर २०७५, शुक्रबार

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

११ मंसिर २०७५, मंगलवार

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

१ मंसिर २०७५, शनिबार

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

१ मंसिर २०७५, शनिबार

मन्त्रीहरुको कामको समीक्षा शुरु

मन्त्रीहरुको कामको समीक्षा शुरु

५ मंसिर २०७५, बुधबार

इपिएलः भैरहवा प्लेअफमा

इपिएलः भैरहवा प्लेअफमा

२६ मंसिर २०७५, बुधबार

२३ मंसिर २०७५, आईतवार

कैद र जरिवाना असुल गर्न बाँकी

कैद र जरिवाना असुल गर्न बाँकी

२४ मंसिर २०७५, सोमबार

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

२३ मंसिर २०७५, आईतवार

परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका भ्रमणमा जाँदै

10 घन्टा

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

१९ कार्तिक २०७५, सोमबार

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

११ मंसिर २०७५, मंगलवार

विदेशबाट घर फर्किरहेका युवा बसमै लुटिए

विदेशबाट घर फर्किरहेका युवा बसमै लुटिए

२५ मंसिर २०७५, मंगलवार