सरकारले संसदीय मर्यादा र प्रजातान्त्रिक मूल्य मान्यताविपरीत जबरजस्ती चिकित्सा शिक्षा विधेयक संसदको बहुमतबाट पारित भएको घोषणा गरेको छ। प्रस्टै छ, संसदभित्र सत्तारूढ दल नेकपाको प्रचण्ड बहुमत छ। यसको अर्थ यो पनि हो कि आगामी दिनमा सरकारबाट प्रस्तुत हुने सबैखाले विधेयक स्वतः पारित हुनसक्छन्। तर, बहुदलीय लोकतान्त्रिक संसदीय प्रणालीको मर्म र आशय त्यो होइन।

संसदमा प्रतिपक्ष हुन्छ र त्यसको भावना पनि विधान निर्माण प्रक्रियामा समाहित हुन्छ भनेर नै यस्तो राज्य प्रणालीमा प्रतिपक्ष एउटा अभिन्न अङ्गका रूपमा रहने परम्परा र अभ्यास स्थापित भएको हो। अहिले यो चिकित्सा शिक्षा विधेयक पारित गराएको शैलीले वर्तमान कम्युनिस्ट बहुमतको सरकार प्राविधिक बहुमत देखाएर लोकतन्त्रको हुर्मत लिन उद्यत देखिएको छ। नेपालकै इतिहासलाई फर्केर हेर्ने हो भने पनि २०१५ साल पछिको संसदमा नेपाली कांग्रेसको दुईतिहाइ बहुमत हुँदा पनि प्रमुख प्रतिपक्षको भावनालाई सभामुखले संसदीय मूल्य र मान्यता अनुरूप पूर्ण कदर गरेको तथा त्यसलाई त्यतिबेलाको प्रतिपक्षले प्रशंसासमेत गरेको दृष्टान्त छ। निर्बल प्रतिपक्ष भएका कारणले संसदमा प्रतिपक्षको आवाज बुलन्द नहुने देखेर तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले संसद बाहिरको एउटा बामपन्थी पत्रिकालाई आर्थिक सहयोग गरेर रचनात्मक आलोचना गर्न लगाएको कुरा कोइरालाद्वारा नै लिखित आत्मवृत्तान्तमा उल्लेख छ। त्यसका साक्षी वरिष्ठ पत्रकार स्वयम् मदनमणि दीक्षित हाम्रासामु छन्।

भारतमा महात्मा गान्धीले गरेको ‘नमक आन्दोलन’ बेलायती उपनिवेशवादले भारतीय जनतालाई नुनमात्र खान देओस् भन्ने मागमा सीमित थिएन, त्यसको उच्चतम अभिलाषा बेलायती साम्राज्यवादलाई नै भारतबाट हटाउनु थियो। डा. केसीको चिकित्सा शिक्षा विधेयकको विरोध त्यस्तै लाक्षणिक ओझ बोकेको समग्र सुशासनको अभाव रहेको राज्य प्रणालीलाई सुधार गर्ने लक्ष्य केन्द्रित अभियान हो।

२०४८ सालको संसदमा तत्कालीन सभामुख दमननाथ ढुङ्गानाले सर्वशक्तिमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफ्नो मातृ पार्टी नेपाली कांग्रेससँगको सम्बन्ध नै लगभग अन्त्य हुने हदसम्म गएर संसदीय अभ्यास सिक्दै गरेको प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी ‘माले’लाई समेत विधायन प्रक्रियामा सँगै लिएर हिँड्ने लचकता देखाएका थिए। अहिलेको सत्तारूढ दलको व्यवहारले यो इतिहासलाई समेत कलङ्कित बनाएको छ।

त्योभन्दा महत्त्वपूर्ण अर्को कुरा के हो भने वर्तमान नेपालका निष्ठाका पर्यायझैँ बनिसकेका डा. गोविन्द केसी आमरण अनशनमा छन्, यही चिकित्सा शिक्षा विधेयकको विरोधमा। सत्याग्रहको राजनीति के हो भने, सत्याग्रहीले उठाएका माग हठधर्मी हुँदै हुँदैनन् भन्ने होइन, उसको बल ती मागको औचित्यभन्दा धेरै अग्लो नैतिक चरित्र सुधारको लक्ष्यतर्फ उन्मुख रहन्छ। उदाहरणका लागि भारतमा महात्मा गान्धीले गरेको ‘नमक आन्दोलन’ बेलायती उपनिवेशवादले भारतीय जनतालाई नुनमात्र खान देओस् भन्ने मागमा सीमित थिएन, त्यसको उच्चतम अभिलाषा बेलायती साम्राज्यवादलाई नै भारतबाट हटाउनु थियो। डा. केसीको चिकित्सा शिक्षा विधेयकको विरोध त्यस्तै लाक्षणिक ओझ बोकेको समग्र सुशासनको अभाव रहेको राज्य प्रणालीलाई सुधार गर्ने लक्ष्य केन्द्रित अभियान हो।

अहिले सरकारले यी सत्याग्रहीसँग वार्तासमेत नगरेर उनीसँग विगतमा गरिएका लिखित सम्झौताहरूको खुलेआम अवहेलना गर्ने जुन धृष्टता देखाएको छ, त्यो सबै प्रकारका राजनीतिक कसीमा सर्वथा निन्दनीय हो। त्योभन्दा जोखिमपूर्ण र अधिनायकवादी सरकारी चिन्तन ‘केसी मरे मरून्’ भन्ने सोचले ग्रसित देखिन्छ। यसले डा. केसी, सरकार र मुलुक सबैलाई असीमित अप्ठेरोतर्फ धकेलेको छ। डा. केसीलाई कुनै सम्झौतामा आउनसक्ने ठाउँसमेत नराखेर भित्तामा पुर्याउँदै उनको जीवनालाई सबै दृष्टिले जोखिमतर्फ धकेलेको छ। त्यसको परिणाम सरकारले त झेल्नुपर्ने नै छ, मुलुकले पनि फेरि एकपटक दुःख पाउने सङ्केतहरू प्रस्ट देखिएका छन्। यो संवेदनशीलतालाई सरकारले जति छिटो बुझ्यो, त्यति नै उसका लागि पनि हितकर हुनेछ।

लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

५ फाल्गुन २०७५, आईतवार

लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

६ फाल्गुन २०७५, सोमबार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो

बाख्रापालनले गाउँको मुहार नै फेरियो

५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति

२००७ साल र त्यसपछिका क्रान्ति

५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

६ फाल्गुन २०७५, सोमबार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

५ फाल्गुन २०७५, आईतवार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

६ फाल्गुन २०७५, सोमबार