काठमाडौं– यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि १ सय ४३ समूहका एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन्। गत वर्षको यही याममा १ सय ७३ समूहका एक हजार ३ सय ९८ आरोहीले आरोहण अनुमति लिएका थिए।

तुलनात्मकरुपमा यो वर्षको पछिल्लो विवरणअनुसार आरोहीको सङ्ख्या कमी रहे पनि अझै कात्तिक १५ देखि २० सम्म आरोही आउने हुँदा आरोहीको सङ्ख्या बढ्नसक्ने पर्यटन विभागले जनाएको छ। यो याममा विभिन्न हिमाल तथा हिमश्रृङ्खला आरोहणका ५९ देशका आरोहीले अनुमति लिएका छन्।

अघिल्लो वर्ष सोही याममा ६३ देशका आरोही हिमाल आरोहणका लागि आएका थिए। विभागको पर्वतारोहण शाखाका अनुसार यो याममा सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ आरोही समूहका २ सय ६४ र अमादब्लाम हिमाल आरोहणका लागि २३ समूहका २ सय ६१ले आरोहण अनुमति लिएका छन्।

आरोहण अनुमति पाएका आरोही धमाधम गन्तव्यतर्फ लागिरहेका छन्। शरद ऋतुको हिमाल आरोहणका लागि बिहीबारसम्म रु छ करोड १७ लाख ३६ हजार राजस्व सङ्कलन भएको विभागले जनाएको छ।

सगरमाथा आरोहण असफल

शरद ऋतुको यो याममा दुई आरोही समूहका १० जनाले सगरमाथा हिमाल आरोहणका लागि अनुमति लिएकामा असफल भएको छ ।यसका साथै ल्होत्से हिमालको आरोहण पनि असफल भएको विभागले जनाएको छ।

सगरमाथा आरोहणका लागि दुई समूहमध्ये एक समूहमा एक मात्र स्पेनी नागरिकले अनुमति लिएका थिए भने अर्को नौ जनाको आरोही समूहमा अमेरिका र पोर्चुगलका समान चार जना र बेलायतका एक नागरिक थिए। उनीहरुले यो याममा आरोहण प्रयास गरे पनि असफल भएका हुन्।

सगरमाथाको क्याम्प–२ सम्म पुगेर प्रयास गरे पनि आरोहण अगाडि बढ्न सकेन। अहिले सबै आरोही फर्किसकेको जनाइएको छ। यो यममा सगरमाथामा बाक्लो हिउ पर्ने भएकाले आरोहणमा समस्या हुने गर्छ। (रासस)

लोकप्रिय

जाजरकाेटबाट लसुनको बीउ निर्यात

जाजरकाेटबाट लसुनको बीउ निर्यात

२०७६, २३ कार्तिक शनिबार १६:५७

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

वित्तीय सम्मेलन मङ्सिरमा

वित्तीय सम्मेलन मङ्सिरमा

२०७६, २३ कार्तिक शनिबार ०८:३४

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२