नुवाकोट– महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्तीको अवसर पारेर उनले नेपाली साहित्यमा पु¥याउनु भएको योगदानमाथि यहाँको बलकोटगढी नगरपालिका–५ दुईपिपल डबलीमा चर्चा गरिएको छ।  महाकवि देवकोटाले कुञ्जनी खण्डकाव्य र पहाडी जीवन निबन्ध यही क्षेत्रमा लेखेकाले त्यसैको सम्झनामा यहाँ एक दशकदेखि देवकोटा जयन्ती मनाइँदै आएको छ।

देवकोटा–लुसुन प्रज्ञा प्रतिष्ठान र महाकवि देवकोटा साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार आयोजना गरेको ‘देवकोटाको वैचारिक दृष्टिकोण’ विषयक विचार गोष्ठीमा सहभागीहरुले देवकोटाले लेखेको\सोचेको नेपाल अझै निर्माण हुन नसकेको बताए। प्रगतिशील लेखक सङ्घका पूर्वअध्यक्ष निनु चापागाईंले देवकोटाको सिर्जनामा देखिएको वैचारिक विकासको बारेमा जानकारी दिएको थियो।

उनले देवकोटालाई कुनै एक रचनाको आधारमा मात्र चिन्न नहुने बताएका छन्। कार्यक्रममा प्रा रमेश भट्टराईले देवकोटाको राजनीतिक यात्राको बारेमा चर्चा गरेको थियो। उनले देवकोटाको साहित्य र राजनीतिक यात्राले चाहेको परिवर्तन अहिले देखिए पनि उनको दृष्टिकोणले अझै सार्थकता पाउन नसकेको बताएका छन्।

नुवाकोटको झिल्टुङलाई चिनाउन कुञ्जीनी र पहाडी जीवनले विशेष योगदान पु¥याएको भन्दै देवकोटाले ती कृति लेख्न बसेको घरलाई भूकम्पले क्षति गरेकाले त्यस घरको निर्माणमा नगरपालिकाको ध्यानाकर्षण भएको बेलकोटगढी नगरपालिकाका उपप्रमुख कविता ढुङ्गानाले बताएका छन्।

प्रमुख ढुङ्गानाले देवकोटालाई अमर राख्न कोल्पुटारदेखि उनी बसेको घरसम्म देवकोटा मार्ग भनेर नामाकरण गरिएको जानकारी दिएका छन्। कार्यक्रममा प्रलेसका पूर्व अध्यक्ष मातृका पोखेरल, साहित्यकार अभय श्रेष्ठलगायतको आ–आफ्ना धारणा राखेको थियो। यस्तै कार्यक्रममा बाबा बस्नेत, राजकुमार पुत्ला, प्रमिला परी, गायत्री भट्टराई, भगवती लामा, अग्निराज पौडेल लगायतले सिर्जना वाचन गरेको थियो।

कार्यक्रममा बेलकोटगढी नगरपालिका–६ देउरालीका नारायण नेपालले लेखेको ‘कञ्चना’ नामक कृति विमोचन गरिएको छ। कार्यक्रममा निभा शाह, अभय श्रेष्ठ र लव प्याकुरेललाई सम्मानसमेत गरिएको थियो।

देवकोटाले विसं १९९७ तिर नुवाकोटको झिल्टुङमा मामा ससुराली आएको बेला कुञ्जिनी खण्डकाव्य र पहाडी जीवन निबन्ध लेखी यहाँको परिवेशलाई समेटेकोले हरेक वर्ष देवकोटाको जन्मजयन्तीको अवसर पारेर झिल्टुङमा कार्यक्रम गर्ने गरिएको महाकवि देवकोटा प्रतिष्ठानका अध्यक्ष केदारप्रसाद नेपालले बताएका छन्। (रासस)

लोकप्रिय

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

२०७६, १ मंसिर आईतवार १८:२८

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

२०७६, १ मंसिर आईतवार २०:३०

धरानमा विप्लवको आत्तंक

धरानमा विप्लवको आत्तंक

२०७६, ३० कार्तिक शनिबार १७:३०

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

२०७६, १ मंसिर आईतवार १३:१७

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

२०७६, ३० कार्तिक शनिबार १६:५३

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

२०७६, १ मंसिर आईतवार १७:२७

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

२०७६, १ मंसिर आईतवार २१:४१

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

२०७६, १ मंसिर आईतवार १७:१७

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

लोकदोहोरी गायक ईश्वर बाबुको ‘सिन्धुर पछिको माया’ गीत सार्वजानिक (भिडियो सहित)

लोकदोहोरी गायक ईश्वर बाबुको ‘सिन्धुर पछिको माया’ गीत सार्वजानिक (भिडियो…

२०७६, ३० कार्तिक शनिबार २१:०४

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

२०७६, ३० कार्तिक शनिबार १४:२०

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

२०७६, १ मंसिर आईतवार १०:२०

विश्वकप छनाेट खेल्ने विमल, अञ्जनसहित चार खेलाडी बर्खास्त

विश्वकप छनाेट खेल्ने विमल, अञ्जनसहित चार खेलाडी बर्खास्त

२०७६, ३० कार्तिक शनिबार १३:५८