जनकपुरधाम– मिथिलाञ्चलमा आज गाईवस्तुको पूजा गरी गोवद्र्धन पर्व श्रद्धापूर्वक मनाइँदै छ। यस अवसरमा गाईको गोबरबाट गोवद्र्धनको प्रतिमा बनाई विधिवत् पूजा गरिने चलन रहेको छ। यसलाई गोधन पनि भनिन्छ।

गोधनलाई भोलिपल्ट द्वितीया तिथिका दिन बिहान समाठ (मुसल विशेष) द्वारा कुट्ने गरिन्छ। गोधन कुट्ने विधि महिला वर्गद्वारा गरिन्छ । त्यसबेला गोधन गीत गाइने परम्परा पनि रहेको छ। गोवर्धन पर्वमा गाईवस्तुको पूजा गरेमा पशुवर्गको श्रीवृद्धि हुनाका साथै सन्तान तथा धनधान्यको वृद्धि हुने विश्वास रहेको पाइन्छ ।

यस दिन गाई दुहुने तथा हलो जोत्ने कार्य निषेध मानिन्छ। गाईवस्तुको पूजाअन्तर्गत गाईवस्तुलाई नयाँ दाम्लो हालिने तथा शरीरलाई पहेँलो, हरियो आदिले रङ्ग्याइने गरिन्छ। कतिपय स्थानमा गाईवस्तुको शरीरमा पञ्जाको रङ्गीन छाप लगाई दिनेसमेत गरिएका पाइन्छन्।

यस दिन गोरुका घाँटीमा नयाँ घण्टी बाँधी पखेब (अनेक औषधीय वनस्पतिलाई एकत्र गरी ओखलमा कुटेर पानीसाथ तरल बनाएर गोरुलाई खुवाइने झोल पदार्थ) खुवाइने चलन रहेको छ। सोका लागि गोरुलाई एकत्र गरी विशेष प्रकारले पङ्क्तिबद्ध बाँधी काँरी (बाँसकाट बनाइने ढुङ्ग्रो विशेष)को सहायताले मुखमा खुवाइने गरिन्छ।

पखेब तयार गर्दा वटवृक्षको जरा वा पात, बकाइनका पात, ककहियाका पात, चिरचिरीका पात, लपटाका पात, पानका पात, पिपरीका पात, गुम्माका पात, बाँसका पात, काँचो बेसार, सतञ्झा (सात प्रकारका अन्न), नून मरिच, खानेतेल लगायतका वस्तुहरू मिसाइने गरिन्छ। पखेब खुवाइएपछि गोरुलाई दौडाइने गरिन्छ, जसबाट एक प्रकारको मनोरञ्जन पनि हुने गर्दछ ।

यो पखेब गोरुलाई मात्र खुवाइने गरिन्छ, अन्य जनावर खुवाइँदैन। यस अवसरमा भगवान् इन्द्रद्वारा व्रजमाथि कुपित भएर घनघोर वर्षा गराइएको एवम् भगवान् कृष्णद्वारा गोवद्र्धन पर्वत उठाएर व्रजवासीको रक्षा गरिएको आख्यान पनि सुनाइने चलन पनि रहेको छ। (रासस)

लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

राैतहटमा इटाभट्टामा बम फेला

राैतहटमा इटाभट्टामा बम फेला

२०७६, २१ मंसिर शनिबार १७:३१

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

२०७६, २१ मंसिर शनिबार १७:५१

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

२०७६, २० मंसिर शुक्रबार २०:२५

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

२०७६, २० मंसिर शुक्रबार १७:१६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

२०७६, २० मंसिर शुक्रबार ११:२२