काठमाडौँ, १२ माघ – निर्मला पन्तको बलात्कारी हत्यारा पत्ता लगाउन नसकेको विषयमा नेपाल प्रहरीले अहिले चर्को आलोचना खेपिरहेको छ।

निर्मलाको केसमा कञ्चनपुर जिल्लाको तत्कालिन प्रहरी नेतृत्वले लापरवाही गर्दा सिर्जित स्थितिले समग्र प्रहरी संगठनमाथि नै आक्रमण भइरहेको हो। प्रहरीमाथिको यस्तो आक्रमण र आलोचना कति युक्तिसंगत छ त? यसका विभिन्न पाटाहरु केलाउने प्रयास गरिएको छ।

कञ्चनपुरकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भयो। यो घटना अहिले अनुसन्धानकै क्रममा छ। घटनाको वस्तुस्थिति बुझ्नकै लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल २ पटक कञ्चनपुर पुगिसकेका छन्।

त्यहाँ निर्मलाका अभिभावक र अन्य सरोकारवालालाई भेटेर खनालले भनेका छन्, ‘प्रहरीले उपलब्ध श्रोतसाधनको प्रयोग गरेर घटनाको अनुसन्धान गरिरहेको छ। अपराधीले कुनै हालतमा उन्मुक्ति पाउने छैन।’

निर्मला हत्या प्रकरणको गुत्थी सुल्झाउन प्रहरीले हरसम्भव प्रयास गरिरहेको महानिरीक्षक खनाल बताउँछन्। घटनाको कडीहरु केलाउँदै जाँदा निर्मला हत्या प्रकरणमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा ठुलै शक्तिको हात छ कि भन्ने शंका पनि आम जनमानसमा उब्जिएको छ। ‘यो ठूलो सानो भनेको के हो थाहा छैन, अपराध गर्ने अपराधी हो,’ प्रहरी मुख्यालयमा केही दिनअघि आयोजित पत्रकार सम्मलेन महानिरीक्षक खनालले भनेका थिए, ‘निर्मला हत्यामा संलग्न जोसुकै भएपनि कारवाहीको दायरामा ल्याउछौँ।’

कञ्चनपुरका तत्कालिन प्रहरी उपरीक्षक, घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरोबाट गएको प्रहरी नायव उपरीक्षक लगायतलाई घटनाको अनुसन्धानमा लापरबाही गरेको भन्दै कारवाही गरेर प्रहरीले त्यसको छनक पनि दिइसकेको छ।

सरोकारवाला भन्छन्, ‘निर्मला हत्याकाण्डका दोषी पत्ता लगाउन प्रहरीले निकै ढिलो गर्योे।’ नेपाल प्रहरी भन्छ, ‘अनुसन्धानको दायरा साँघुरीदै गएको छ, अपराधी छिट्टै पत्ता लाग्छ।’ सुरक्षा विषयका जानकार भन्छन्, ‘अनुसन्धानको क्रममा रहेको घटनाका बारेमा सजिलै केही भन्न सक्ने अवस्था हुँदैन। नतिजा मिनटभरमा आउन पनि सक्छ, कहिलेकाही वर्षौ पनि लाग्न सक्छ।’

निर्मला हत्याकाण्डबारे यसरी प्रतिक्रियाहरु आइरहँदा नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक कुवेर सिंह राणाले नेपाली पब्लिकसँगको कुराकानीमा भने, ‘अनुसन्धान भनेको ठ्याक्कै कुनै कुरा उत्पादन गर्न अमुक कच्चा पदार्थ हालेर कुनै कारखानामा अपेक्षित वस्तु उत्पादन गरेजस्तो होइन।’

अनुसन्धानका विभिन्न चरणहरु हुने हुँदा परिणाम आउन केही समय लाग्न सक्ने उनी बताउँछन्।

अमेरिकामा बस्दै आएका सुरक्षाविद् राधाकृष्ण देउजालाई निर्मला हत्या प्रकरणमा प्रहरी अनुसन्धानमा किन ढिलाई भएको होला? भनेर सोध्दा जवाफमा उनले भने, ‘निर्मला हत्या प्रकरणको अनुसन्धानमा कञ्चनपुर प्रहरीको भूमिका राम्रो देखिएन, जसका कारण अपराधी पहिचानमा अपेक्षाकृत ढिलाई भएको छ, तर प्रहरीले लत्तो छोडेको छैन।’

देउजाले प्रहरी अनुसन्धानको परिणाम कहिले केही घण्टामै आउने र कहिले महिना र वर्षहरु पनि लाग्न सक्ने हुँदा ढिलो भएको देखिने बताए। ‘यद्यपि, कुनै पनि अपराधका विषयलाई प्रहरी चुप लागेर बस्दैन, आफ्नो काम निरन्तर गरिरहन्छ, त्यसैले अपराधीहरु अपराध गरेको वर्षौं पछाडि पनि पक्राउ पर्ने गरेका छन्, पक्राउ परिरहेका छन्,’ उनले भने।

निर्मला हत्याकाण्डमा भइरहेको प्रहरीको आलोचनातर्फ संकेत गर्दै उनले प्रहरीले सफलतापूर्वक र शीघ्र अनुसन्धान सम्पन्न गरेको घटनाहरुको खासै चर्चा नहुने तर अनुसन्धानमा ढिलाई भएको कुनै अमुक घटनाको चर्चा परिचर्चा व्यापक भएर त्यसैको आधारमा सिंगो प्रहरी संगठनलाई अकर्मण्य र नेतृत्वलाई असक्षम ठहर गराउने शैली गलत रहेको देउजाले बताए।

निर्मला हत्याकाण्ड भएको ६ महिना पूरा भयो। यो ६ महिनामा प्रहरीले विभिन्न व्यक्तिहरुमाथि विभिन्न किसिमले अनुसन्धान गर्यो।

यस अवधिमा हत्यारा पत्ता नलागे पनि अनुसन्धानको दायरा साँघुरिएको प्रहरीको भनाई छ। महानिरीक्षक खनाल भन्छन्, ‘अनुसन्धान निकै न्यारो डाउन भएको छ, अपराधी छिट्टै पत्ता लाग्छ।’

सरकारको चासो

निर्मला हत्याकाण्डप्रति सरकारले पनि गम्भीर चासो देखाइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद लगायत विभिन्न मञ्चमा भनेका छन्, ‘निर्मलाको हत्यामा संलग्न अपराधीलाई कुनै पनि हालतमा छाड्दैनौं। अलिकति ढिलो चाँडो होला। तर, पत्ता लगाएर कानूनको दायरामा ल्याउने र सजायको भागी बनाउँछौँ।’

साथै ओलीले नेपाल प्रहरीको अनुसन्धानप्रति विश्वास व्यक्त गर्दै भनेका छन्, ‘नेपाल प्रहरीले आमरुपमा अपराध अनुसन्धान गरी अपराधी पत्ता लगाएर कारबाही गर्ने छ, प्रहरी सक्षम छ।

निर्मला हत्याकाण्डमा प्रहरी असफल भयोभन्दै सांसद तथा विद्यार्थी नेतृ नवीना लामा केही विद्यार्थी नेताहरुका साथमा गृह मन्त्रालय पुगेर आइजिपी सर्वेन्द्र खनाललाई बर्खास्त गर्न माग गरिन्। पछि संगठन भित्रैबाट चर्को विरोध भएपछि उनी पछि हटिन्।

लामा लगायतले गृहमन्त्रीलाई ज्ञापन बुझाएलगत्तै उनकै संगठनकी उपाध्यक्ष पञ्चा सिंहले भनिन्, ‘संगठनभित्र छलफल नै नगरी ज्ञापन बुझाउने कार्य नै बदनियतपूर्ण हो।’

त्यसैगरी, संघीय समाजवादी फोरम नेपालकी नेतृ तथा सांसद प्रमिलाकुमारीले पनि यस विषयलाई लिएर आइजिपीको राजीनामा मागिन्।

लगत्तै सोही पार्टीका प्रभावशाली युवा नेता तथा सांसद प्रदीप यादवले सामाजिक सञ्जालमार्फत भने, ‘आइजिपी खनालको राजीनामा फोरमले मागेको होइन। एक अमुक व्यक्तिले बोलेको शब्द पार्टीको धारणा कहिल्यै हुन सक्दैन। सर्वेन्द्र खनालमाथि निराधार खनिनु सर्वथा गलत हो।’

यी सबै दृष्टान्तहरुलाई केलाएर सुरक्षाविद् राधाकृष्ण देउजाले एउटा निष्कर्ष निकालेका छन्, ‘आफ्नो स्वार्थ पूरा गराउन वा पूरा नभएको आक्रोश शान्त पार्न दौडिएका केही पात्रहरु बाहेक अरुले हेर्दा प्रहरी संगठन अधिकांश रुपमा सफल अनि केही असफलतालाई सफलता बदल्न दिनरात क्रियाशील रहेको छ।’

सुरज खनाल सुरज खनाल
नेपाली पब्लिकका कार्यकारी सम्पादक हुन्।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८