बलेवा– विभिन्न पेशा व्यवसायको सिलसिलामा बागलुङ बजारमा बसोवास गर्दै आएका सर्वसाधारण तिहार मनाउनका लागि गाउँ नै फर्केकाले बुधबार बाग्लुङ बजार सुनसान जस्तै थियो। बुधबारसमेत सार्वजनिक बिदा भएकाले गत वर्षको जत्तिको सर्वसाधारणको चहलपल पनि बागलुङ बजारमा देखिएन्।

दिउँसो २ बजे प्रायः सवारीको जाम हुने बाग्लुङ बजारको मुटु लोकतान्त्रिक चोकमा बुधबार दिउँसो एकाएक जनप्रतिनिधि, कर्मचारी, पत्रकार र सर्वसाधारणको भीड लाग्यो। अमेरिकाबाट झण्डै दुई दर्जन पर्यटक बागलुङ घुम्न आउने खबरले केही दिन पहिलेदेखि नै स्वागतको तयारी थालेका बाग्लुङेहरु उनीहरुको स्वागतको लागि लोकतान्त्रिक चोकमा जम्मा भएका थिए।

लामवद्ध भएर बसेका बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री र प्रहरी प्रमुख नवराज भट्टलगायतले ‘भेगन’ समूहका २४ जनालाइ स्वागत गरे। संसारभरि नै यो समूह शाकाहारी समूहको रुपमा चिनिन्छ। बागलुङ नगरपालिका– १० भकुण्डेमा रहेको अतिथि सत्कार सामुदायिक होमस्टे (घरबास)पुग्ने लक्ष्यका साथ बागलुङ आएका उनीहरुलाई नगरभित्रका अन्य पर्यटकीय क्षेत्रमासमेत घुम्नका लागि प्रेरित गर्न स्वागत गरिएको थियो।

उनीहरुले मगर समाज गुठीको देउसीभैलो अवलोकन गरे। बाग्लुङ नगरमा धेरै विदेशी पर्यटक एकैपटक आएको तथ्याङ्क छैन,’ प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले भने, ‘अरु प्रयोजनका लागि धेरै आए तर पर्यटककै रुपमा आउने भेगन पहिलो समूह बनेको छ।’

बागलुङ नगरका विभिन्न पर्यटकीय क्षेत्रको विषयमा जानकारी पाएका पर्यटक भकुण्डेको सामुदायिक घरबासमा रमाउनकै लागि बागलुङ आउनु जिल्लाकै लागि सुखद पक्ष भएको नगर प्रमुख जनकराज पौडेल बताउछन्। एक साता बाग्लुङमा रहने गरी उनीहरु यहाँ आएको सुवेदीले बताए। ‘हामीसँग घुम्ने ठाउँ धेरै छन, सुवेदी भन्छन् ‘प्रचारप्रसार र पर्यटन प्रबद्र्धनका लागि यो राम्रो अवसर हो।’

समूहले बाग्लुङ कालिका मन्दिरमा झण्डै डेढ घण्टाको नियमित आरती अवलोकन गरेको छ। ‘हाम्रो आरती हेर्न विदेशी पर्यटक आउनु सकरात्मक कुरा हो, बाग्लुङ कालिका भगवती गुठीका अध्यक्ष तथा पर्यटन विकास समिति बाग्लुङका अध्यक्ष राजु खड्काले भनेका छन्।   (रासस)

लोकप्रिय

जाजरकाेटबाट लसुनको बीउ निर्यात

जाजरकाेटबाट लसुनको बीउ निर्यात

२०७६, २३ कार्तिक शनिबार १६:५७

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

वित्तीय सम्मेलन मङ्सिरमा

वित्तीय सम्मेलन मङ्सिरमा

२०७६, २३ कार्तिक शनिबार ०८:३४

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२