नवलपरासी– शैक्षिक गुणस्तर सुधारका लागि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सामुदायिक विद्यालयमा सञ्चालक समितिको अध्यक्ष बन्नका लागि शैक्षिक योग्यता निर्धारण गरेको छ।

नगरपालिकाले जारी गरेको शिक्षा ऐन २०७५ र नगर शिक्षा नियमावलीअनुसार माध्यमिक तहको विद्यालयको सञ्चालक समितिको अध्यक्षका लागि स्नातक तह र आधारभूत तहको सञ्चालक समितिको अध्यक्ष बन्न उच्च मावि तहको अनिवार्य शिक्षा उत्तीर्ण हुनुपर्ने नियम लागू गरेको हो। नगर शिक्षा समितिका संयोजक एवं नगर प्रमुख नरेन्द्र गुप्ताले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयको सञ्चालक समितिको अध्यक्षको शैक्षिक योग्यताले महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले सो नियमावली कार्यान्वयनको थालनी गरिएको जानकारी दिए।

सोही शैक्षिक योग्यताका आधारमा वडा शिक्षा समितिबाट सिफारिस भई आएका तीन जना नामावलीउपर नगर शिक्षा समितिले एक जनालाई विद्यालयको सञ्चालक समितिको अध्यक्ष पदमा बहाली गर्ने गरेको छ भने बाँकी सदस्य नियमानुसार चयन हुने गरेका छन्। यस निर्णयसँगै सामुदायिक विद्यालयका सञ्चालक समितिको अध्यक्षमा अध्ययन गरेको योग्य व्यक्ति आउने भएपछि विद्यालयको शैक्षिक गुणस्तर सुधारमा निकै सघाउ पुग्ने अपेक्षा गरिएको नगर प्रमुख एवं नगर शिक्षा समितिका संयोजक गुप्ताले बताए।

तत्कालको अवस्थामा नगरभित्र विद्यालय सञ्चालक समितिको म्याद सकिएका विद्यालयमा सोहीअनुसार नगर शिक्षा समितिले सञ्चालक समिति बनाउने गरेको छ। यसअगावै रामग्राम नगरपालिकाले सामुदायिक विद्यालयका शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय गाभ्ने अभियान, आन्तरिक स्रोत व्यवस्थापनलगायतका काम थालनी गरिसकेको छ। रामग्राम नगरपालिकाभित्र जम्मा ३३ वटा सामुदायिक विद्यालय रहेका छन्।

लोकप्रिय

आइपीएलका लागि दिल्लीले रिटेन ग¥यो सन्दीप लामिछाने!

आइपीएलका लागि दिल्लीले रिटेन ग¥यो सन्दीप लामिछाने!

२०७६, २९ कार्तिक शुक्रबार १८:२८

धरानमा विप्लवको आत्तंक

धरानमा विप्लवको आत्तंक

२०७६, ३० कार्तिक शनिबार १७:३०

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

२०७६, २९ कार्तिक शुक्रबार १५:०३

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

२०७६, १ मंसिर आईतवार १८:२८

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

२०७६, १ मंसिर आईतवार २०:३०

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

२०७६, १ मंसिर आईतवार १३:१७

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

२०७६, ३० कार्तिक शनिबार १६:५३

निरुता अहिलेसम्म किन सिंगल छिन्?

निरुता अहिलेसम्म किन सिंगल छिन्?

२०७६, २९ कार्तिक शुक्रबार १२:१२

नेकपा बागलुङद्धारा दुई नेतामाथि कारवाही

नेकपा बागलुङद्धारा दुई नेतामाथि कारवाही

२०७६, २९ कार्तिक शुक्रबार १७:५४

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

२०७६, १ मंसिर आईतवार १७:२७

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

२०७६, २९ कार्तिक शुक्रबार ००:१५

भारत बीसँग नेपाली युवा टिम पराजित

भारत बीसँग नेपाली युवा टिम पराजित

२०७६, २९ कार्तिक शुक्रबार १६:४३

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

२०७६, २९ कार्तिक शुक्रबार ०९:४५

लोकदोहोरी गायक ईश्वर बाबुको ‘सिन्धुर पछिको माया’ गीत सार्वजानिक (भिडियो सहित)

लोकदोहोरी गायक ईश्वर बाबुको ‘सिन्धुर पछिको माया’ गीत सार्वजानिक (भिडियो…

२०७६, ३० कार्तिक शनिबार २१:०४

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

२०७६, ३० कार्तिक शनिबार १४:२०