एजेन्सी– केही वर्षदेखि छठ पर्व नेपालका पहाडी जिल्लामा पनि मनाउन थालिएको छ। नेपाल र भारतमा मनाइने छठ पर्व शनिवार साँझ उत्कर्षमा पुग्दैछ। अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिँदै व्रतालुहरूले प्रत्येक बिहान सूर्योदय होओस् भन्ने कामना यो पर्वमा गर्ने गर्छन्।

अघिपछि उदाउँदो सूर्यको प्रार्थना गरिने भए पनि छठ पर्वमा अस्ताउँदो सूर्यको पनि प्रार्थना गर्ने चलन छ। आरम्भ र अन्त्यको विशेषतालाई यसरी साङ्केतिक रूपमा प्रस्तुत गरिएको संस्कृतिविद्हरूको धारणा छ। नेपालमा पहिला तराई क्षेत्रमा सीमित यो चाड केही वर्षदेखि राजधानी काठमाण्डू तथा विभिन्न पहाडी जिल्लामा पनि मनाउन थालिएको छ।

अर्घ्यको विशेषता

प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिमा मनाइने यो चाडका अनेक विशेषता छन्। दिनभरि प्रकाश र ताप दिएकाले कृतज्ञता प्रकट गर्न सूर्य अस्ताउन लाग्दा अर्घ्य दिने गरिएको मान्यता संस्कृतिविद्हरूको रहेको छ। छठ पर्वमा किसानले आफ्नै खेतबारीमा उत्पादित सामग्रीले अर्घ्य दिन्छन्। किसानका लागि सूर्यको प्रकाश वरदान हो । प्रकाशविना खेतीपाती हुन सक्दैन। त्यसैले आफ्नो खेतीबाट उब्जिएको पहिलो उत्पादनले सूर्यलाई अर्पण गर्ने प्रचलन रहेको छ।

पद्धति

“पूजाका विभिन्न पद्धति भए पनि मिथिलामा प्रचलित पद्धतिमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर उदाउँदो बेलाको सूर्यलाई जस्तै महत्त्व दिइएको छ,’’ प्राध्यापक परमेश्वर कापडी भन्छन्, “उदाउँदो र अस्ताउँदो दुवै सूर्यको पूजन मान्य छ।’’ उदाउँदो सूर्य सिर्जनात्मक र अस्ताउँदो सूर्य प्रतिकात्मक रहेको उनको भनाइ छ। सूर्यास्तका बेला जलाशयमा उभिएका व्रतालुहरूले सूर्यलाई अर्घ्य चढाउँछन्।

नेपाल र भारतका विशेषतः मिथिला र भोजपुरा क्षेत्रका बासिन्दाले अहिले छठ पर्वलाई संसारभरि फैलाएका छन्। अमेरिका, मलेशिया, कुवेत, कतार आदि देशमा पनि यो पर्व विधिवत् मनाउने गरिएको छ।

षष्ठीदेवीको पूजा

साँझ दिइने अर्घ्य सूर्यलाई नभई षष्ठीदेवीलाई भएको कतिपयको मान्यता छ। “छठको सन्ध्याकालीन अर्घ्य षष्ठीदेवीलाई दिने गरिन्छ,’’ साहित्यकार डा. रेवतीरमण लाल भन्छन्, “सूर्यको पूजा सप्तमीको दिन बिहान गरिन्छ।’’ उनका अनुसार छठमा दुईवटा देवदेवीको पूजा हुन्छ। “छठी परमेश्वरी माताको पूजा नै षष्ठीदेवीको अर्घ्य हो। व्रतालुहरूले साँझ षष्ठीदेवीलाई अर्घ्य दिएर पूजा सम्पन्न गरेपछि भोलिपल्ट उदाउँदो सूर्यको पूजा गरिन्छ।’’

धेरै स्थानमा साँझ प्रयोग भएको पूजासामग्री भोलिपल्ट प्रयोग हुन्छ। तर कतिपय स्थानमा बिहानका लागि छुट्टै सामग्री तयार पारिन्छ। छठको पूजासामग्री, अर्घ्य दिने समय तथा स्थल र पूजाविधिमा खासै भिन्नता देखिँदैन। कृषिउपजबाहेक अन्य वस्तु पूजासामग्रीको रूपमा प्रायः प्रयोग गरिँदैन। छठको सन्ध्याकालीन अर्घ्य दिने बेला जलाशयनजिकै ठूलो सङ्ख्यामा मानिसहरू भेला हुने गर्छन्। व्रतालु तथा अन्य श्रद्धालुहरूले नयाँ लुगा लगाउने प्रचलन पनि रहेको छ।  बीबीसी

लोकप्रिय

जाजरकाेटबाट लसुनको बीउ निर्यात

जाजरकाेटबाट लसुनको बीउ निर्यात

२०७६, २३ कार्तिक शनिबार १६:५७

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

वित्तीय सम्मेलन मङ्सिरमा

वित्तीय सम्मेलन मङ्सिरमा

२०७६, २३ कार्तिक शनिबार ०८:३४

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२