पाल्पा– पाल्पाको तानसेन नगरपालिका–७ प्रवासस्थित सूर्यकुण्डमा १०८ धारा बनाइने भएको छ। स्थानीय वंशगोपाल युवा क्लबको नेतृत्वमा धार्मिक पर्यटकीय गन्तव्य निर्माण गरी पर्यटक आकर्षणका लागि १०८ धारा बनाउन लागिएको हो।

मुक्तिनाथको झल्को दिने गरी १०८ धाराबाट पानी झर्ने व्यवस्था गरिने भएको छ। धारामा कालीगण्डकी नदीकै पानीमा बूढाबूढीले स्नान गर्ने व्यवस्था गरिने तानसेन नगरपालिका–७ का वडाध्यक्ष माधव जिसीले बताएका छन्। स्नान गरी पुन्यप्राप्ति हुने गरी धार्मिक कर्मकाण्डसमेत हुनेछ।

तानसेन नगरपालिकाले आर्थिक वर्ष २०७४\७५ मा रु पाँच लाख र आव २०७५\७६ मा रु १० लाख बजेट विनियोजन गरेपछि प्रवासको सूर्यकुण्डलाई व्यवस्थित गर्ने काम अगाडि बढाइएको वडाध्यक्ष जिसीले बताएका छन्। ‘सूर्यकुण्डको वरिपरि १०८ धारा जडान गर्ने काम हुन्छ।

हामीसँग स्थानीय सरकारको बजेट अहिले छैन। स्थानीय बासिन्दाबाट रु २० हजार प्रतिव्यक्ति सङ्कलन गरी काम गर्ने योजनामा छौँ। करीब ८० घरधुरीबाट प्रतिव्यक्ति रु २० हजार उठाउन लागिएको छ’, क्लबका अध्यक्ष प्रदीप खनालले बताएका छन्।

सूर्यकुण्डमा धारा निर्माणकार्य सम्पन्न गरी स्नान गर्न थालेपछि यस क्षेत्रकै नमूना पर्यटकीय गन्तव्यका रूपमा विकास हुने स्थानीय बासिन्दाको भनाइ छ। यसरी गन्तव्य निर्माण लागि आर्थिक सहयोग गर्न स्थानीय बासिन्दा तयार छन्। वडाध्यक्ष जिसीका अनुसार नारदमुनि मुक्तियात्राका क्रममा प्रवास बास बसेको भनाइ छ।

‘भारतको माउटभ्यालीसम्बन्धी यात्राको भिडियोमा पाल्पाको प्रवासको उल्लेख गरेको पाइन्छ’, वडाध्यक्ष जिसीले भने। यात्राबाट फर्केर प्रवासको सूर्यकुण्डलाई व्यवस्थित बनाउने योजना अघि बढाइएको हो। चार आना जमीनमा सूर्यकुण्ड रहेको छ। सूर्यकुण्डको सात रोपनी जमीन रहेको छ।

ऐतिहासिक महत्व रहेको सूर्यकुण्डको पानी शिवालय कमलेश्वर मन्दिर र सैनामैना लगेर चढाउने चलन छ। यहाँका जल चढाउँदा पुन्यप्राप्ति हुने आशाले साउन महिनाको सोमबार निकै चहलपहल हुने गर्छ। माण्डव्य क्षेत्रअन्तर्गत रहेको सूर्यकुण्ड रहेको प्रवासमा शिवरात्रिका समयमा विशेष मेला लाग्दै आएको छ।

स्थानीय उत्पादनको किनबेचसमेत गर्नका लागि त्यहाँ आउने परम्परा रहे पनि अहिले सांस्कृतिक कार्यक्रम गरी थप चहलपहल हुँदै गएको स्थानीय बासिन्दाको भनाइ छ। वडाध्यक्ष जिसीका अनुसार स्थानीय वंशगोपल क्लबको नेतृत्वमा वडाभित्रका चार महत्वपूर्ण आयोजनाका काम भएका छन्।

सूर्यकुण्डलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने, खेलमैदान निर्माण, बगैँचालाई व्यवस्थित गर्ने कामसमेत भएको पाइन्छ। (रासस)

लोकप्रिय

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, २ फाल्गुन शुक्रबार १९:५८

सन्धीअनुसार पानी दिन आलटाल

सन्धीअनुसार पानी दिन आलटाल

२०७६, ३ फाल्गुन शनिबार १७:४५

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

२०७६, ४ फाल्गुन आईतवार २०:१६

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

२०७६, ३ फाल्गुन शनिबार १५:४२

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

२०७६, ३ फाल्गुन शनिबार १७:४१

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

२०७६, ४ फाल्गुन आईतवार १३:०७

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

२०७६, ३ फाल्गुन शनिबार १७:४०

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

२०७६, ४ फाल्गुन आईतवार १७:५६

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

२०७६, ३ फाल्गुन शनिबार २२:५९

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १३:५१

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

२०७६, ४ फाल्गुन आईतवार १०:२०

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १४:२४

खस आर्य सङ्ग्रहालय पोखरामा बन्ने

खस आर्य सङ्ग्रहालय पोखरामा बन्ने

२०७६, २ फाल्गुन शुक्रबार ०८:३३

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले मार्ला बाजी?

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले…

२०७६, ४ फाल्गुन आईतवार ११:०३

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

२०७६, ४ फाल्गुन आईतवार ११:२६