ललीतपुर– सबैभन्दा लामो नाट्य महोत्सवअन्तर्गत ३७९ वर्ष पुरानो ललितपुरको ऐतिहासिक कात्तिक नाचको आज छैटौँ दिन युद्धकला नृत्य मञ्चन गरिने भएको छ। पाटनको मङ्गलबजारस्थित चार नारायण मन्दिर अगाडि कात्तिक डबलीमा साँझ ७ बजेदेखि महोत्सव अबधिभर कात्तिक नाच हुने गर्छ।

आज आयोजना हुने पहिलो चरणको नाटकमा उषा हरण र माधवानल लीलासम्बन्धी युद्धकला देखाइने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण प्रधानले बताएका छन्। उनले भने, ‘सो नाचअन्तर्गत महादेव र कृष्णबीचको युद्ध पनि देखाइने छ।’

सो नाचको दोस्रो चरणमा कामसेन राजा र विकटाक्षर राक्षसवीचको अर्को युद्धलाई नृत्यमार्फत मञ्चन गरिने छ। युद्धकला नाचमा १६ कलाकारको विशेष भूमिका रहने समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले जानकारी दिएका छन्।

गत कात्तिक १५ गतेदेखि शुरु भएको कात्तिक नाचको पहिलो दिन सुदामा प्याख,ं दोस्रो दिन भक्त सुरदास प्याखं र तेस्रो, चौथो र मङ्गलबार पाचौँ दिन बाथ प्याखँमा आधारित कानको कुण्डल बेच्ने तीन दाजुभाइको विछोड भएपछि भोग्नुपरेकोे सुखदुःखले जीवनमा प्रेरणा मिल्ने र अन्तमा सबैभन्दा बाठो भनेको व्यक्ति नै महामूर्ख हुने नाटक मञ्चित भएका नाटकको सार थिए।

विसं १६९७ मा पाटनका मल्लकालीन राजा सिद्धिनरसिंहले कात्तिक नाच शुरुआत गरेको इतिहासमा उल्लेख छ। सत्रौँ शताब्दीमा शुरु भएको विष्णु पुराणमा आधारित कात्तिक नाचमा विष्णुको अवतार, नृसिंह, राजा हीरण्यकश्यपु र विष्णुका भक्त प्रल्हादको कथामा आधारित भएर प्रदर्शन गरिन्छ।

ऐतिहासिक रुपमा सांस्कृतिक एवं तान्त्रिक मूल्य र मान्यता बोेकेको सो नाचको गरिमा अहिलेम्मम उत्तिकै रहेको जानकारहरूको भनाइ छ। नाचको माध्यमबाट जीवनोपयोगी विभिन्न धार्मिक कुरालाई संवाद, नाटक र नृत्यको माध्मबाट प्रस्तुत हुँदै आएको स्थानीय बृद्ध सूर्यमान डङ्गोलले बताएका छन्। (रासस)

लोकप्रिय

जाजरकाेटबाट लसुनको बीउ निर्यात

जाजरकाेटबाट लसुनको बीउ निर्यात

२०७६, २३ कार्तिक शनिबार १६:५७

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

वित्तीय सम्मेलन मङ्सिरमा

वित्तीय सम्मेलन मङ्सिरमा

२०७६, २३ कार्तिक शनिबार ०८:३४

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२