दमौली– जिल्लामा आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले आजदेखि दमौलीमा तनहुँ सांस्कृतिक तथा पर्यटन महोत्सव शुरु भएको छ। सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई सहयोग पुया्उन र जिल्लाका धार्मिक तथा पर्यटकीयस्थल भ्रमणको निम्तो दिन नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्को आयोजनामा व्यास नगरपालिका–४ सिमलटारमा चौथो पटक महोत्सव शुरु गरिएको हो।

महोत्सवमार्फत जिल्लाका ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल घुम्न आन्तरिक पर्यटकलाई आह्वान गरिने महोत्सव मूल समारोह समितिका संयोजक वसुन्धरा घर्तीले जानकारी दिए। ‘सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सफल बनाउनु हामी सबैको दायित्व हो’, उनले भने, ‘महोत्सवलाई भ्रमण वर्षको प्रचारप्रसार गर्ने माध्यमको रुपमा लिएका छौँ।’ संयोजक घर्तीका अनुसार महोत्सव अवलोकनका लागि आउने पर्यटकलाई जिल्लाका विभिन्न सांस्कृतिक ग्राम र धार्मिकस्थलको भ्रमण गराउने लक्ष्य पनि लिइएकोे छ।

महोत्सवका प्रवक्ता नन्दु थापामगरले स्थानीय भाषा, धर्म, कला र संस्कृतिको प्रवद्र्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्य रहेको जानकारी दिए। ‘तनहुँ जिल्लामा ६५ प्रतिशत आदिवासी जनजाति बसोबास गर्छन्’, उनले भने, ‘जनजाति बाहुल्य क्षेत्र भएकाले सांस्कृतिको प्रवद्र्धन गरी पर्यटन व्यवसायको विकास गर्न महोत्सव अवधिभर विविध संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिनेछ।’

दुई सय ३० स्टल रहेको महोत्सवमा रु तीन करोड बराबरको आर्थिक कारोवार हुने र तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य राखिएको छ। महोत्सवबाट आम्दानी भएको रकम महासङ्घको अधुरो कार्यालय भवन निर्माण र जग्गा खरीद गर्दा लागेको ऋण तिर्न प्रयोग गरिने आयोजकको भनाइ छ।

जिल्लामा मेला महोत्सवको शुरुआत आदिवासी जनजाति महासङ्घले नै गरेको थियो। विसं २०६३ मा महासङ्घको पहलमा पहिलो पटक सांस्कृतिक महोत्सव आयोजना भएपछि त्यसयता प्रत्येक वर्ष विभिन्न सङ्घसंस्थाले महोत्सव गर्ने परम्परात शुरु भएको छ।

रासस

लोकप्रिय

जाजरकाेटबाट लसुनको बीउ निर्यात

जाजरकाेटबाट लसुनको बीउ निर्यात

२०७६, २३ कार्तिक शनिबार १६:५७

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

वित्तीय सम्मेलन मङ्सिरमा

वित्तीय सम्मेलन मङ्सिरमा

२०७६, २३ कार्तिक शनिबार ०८:३४

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२