एजेन्सी —   चीनले बालबालिकाहरूलाई अनलाइन ‘गेमको’ लतबाट जोगाउनका लागि उक्त खेल खेल्ने समयमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

अठार वर्षभन्दा मुनिकाहरूले रातको १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन खेल खेल्न नपाउने व्यवस्था गरिँदैछ। त्यसबाहेक सामान्य दिनमा डेढ घण्टा र सप्ताहान्त तथा बिदाका बेला तीन घण्टा मात्र अनलाइन खेलको मजा लिन पाउने व्यवस्था मिलाउन लागेको बताइएको छ।

भिडियो गेमको लतले बालबालिकाको स्वास्थ्यमा नराम्रो असर परेको अधिकारीहरूले बताएका छन्।

प्रयास

अनलाइन खेलका हिसाबले चीन विश्वको सबैभन्दा ठूलो बजारमध्ये एक हो। मङ्गलवार सार्वजनिक गरिएको सरकारी निर्देशनमा त्यस्ता खेलमा बालबालिकाहरूले गर्ने खर्च समेत तोकिएको छ।

जसअनुसार आठदेखि १६ वर्षकाले मासिक २०० युआनसम्म खर्च गर्न पाउने छन् भने १६ देखि १८ वर्षसम्मका युवाको हकमा ४०० युआनसम्म खर्च गर्न पाउने छन्।

चीन विश्वको दोस्रो ठूलो अनलाइन खेल बजार हो। रिसर्च कम्पनी न्यूजूका अनुसार यस वर्ष पहिलो पटक अमेरिकाको कमाइ चीनभन्दा बढी हुन गयो। भिडिओ गेमका कारण बालबालिका तथा युवामा पर्ने असरलाई चीनले कडा रूपमा आलोचना गर्दै आएको छ।

अत्यधिक खेलका कारण बालबालिकाको नजिकको हेर्ने क्षमता कमजोर हुँदै गएपछि सन् २०१८ मा चीन सरकारले अनलाइन खेललाई नियमन गर्ने निकाय गठन गर्ने घोषणा गरेको थियो। त्यसै वर्ष चीनले नयाँ भिडिओ गेम उत्पादनका लागि अनुमति दिन बन्द गरेको थियो जुन नौ महिनासम्म लागु हुँदा ठूला उद्योगमा असर परेको थियो।

केही ठूला उत्पादकहरूले सरकारको कदमलाई सकारात्मक ढङ्गले ग्रहण गरे पनि ती प्रावधानलाई लागु गर्न र उमेरको जाँच गर्ने कार्य भने निकै चुनौतीपूर्ण मानिएको छ।

हानिकारक

विश्व स्वास्थ्य सङ्गठनले गत वर्ष अनलाइन खेलको लतलाई ‘गेमिङ डिसअर्डर’ को रूपमा सूचीकृत गर्दै पहिलो पटक त्यसलाई मानसिक स्वास्थ्यको स्थितिका रूपमा परिभाषित गरेको थियो।

हालैको अमेरिकी साइक्याट्री एसोसिएशनको मानसिक रोगसम्बन्धी पुस्तिकाले भने यसलाई औपचारिक रूपमा पहिचान गरेको छैन। तर इन्टरनेट गेमिङ डिसअर्डर थप अध्ययन गर्न सकिने एक किसिमको स्थितिको रूपमा भने सूचीकृत गरिएको छ।

केही देशहरूले अत्यधिक खेल्नुलाई प्रमुख जनस्वास्थ्य समस्याको रूपमा पहिचान गरेका छन् र धेरैले यस अवस्थाको उपचार गर्नका लागि निजी चिकित्सालय राखेका छन्।

लोकप्रिय

आइपीएलका लागि दिल्लीले रिटेन ग¥यो सन्दीप लामिछाने!

आइपीएलका लागि दिल्लीले रिटेन ग¥यो सन्दीप लामिछाने!

२०७६, २९ कार्तिक शुक्रबार १८:२८

धरानमा विप्लवको आत्तंक

धरानमा विप्लवको आत्तंक

२०७६, ३० कार्तिक शनिबार १७:३०

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

२०७६, १ मंसिर आईतवार २०:३०

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

२०७६, २९ कार्तिक शुक्रबार १५:०३

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

२०७६, १ मंसिर आईतवार १८:२८

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

२०७६, १ मंसिर आईतवार १३:१७

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

२०७६, ३० कार्तिक शनिबार १६:५३

निरुता अहिलेसम्म किन सिंगल छिन्?

निरुता अहिलेसम्म किन सिंगल छिन्?

२०७६, २९ कार्तिक शुक्रबार १२:१२

नेकपा बागलुङद्धारा दुई नेतामाथि कारवाही

नेकपा बागलुङद्धारा दुई नेतामाथि कारवाही

२०७६, २९ कार्तिक शुक्रबार १७:५४

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

२०७६, १ मंसिर आईतवार १७:२७

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

२०७६, २९ कार्तिक शुक्रबार ००:१५

भारत बीसँग नेपाली युवा टिम पराजित

भारत बीसँग नेपाली युवा टिम पराजित

२०७६, २९ कार्तिक शुक्रबार १६:४३

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

२०७६, २९ कार्तिक शुक्रबार ०९:४५

लोकदोहोरी गायक ईश्वर बाबुको ‘सिन्धुर पछिको माया’ गीत सार्वजानिक (भिडियो सहित)

लोकदोहोरी गायक ईश्वर बाबुको ‘सिन्धुर पछिको माया’ गीत सार्वजानिक (भिडियो…

२०७६, ३० कार्तिक शनिबार २१:०४

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

२०७६, १ मंसिर आईतवार १७:१७