काठमाडौं– हामी भ्रममा परेर छाती दुख्नुको कारण मुटुमै समस्या भएको ठान्छौ तर त्यो सोचाइ गलत हो। छाती दुख्नुको अर्थ मुटुकै कारण मात्र हुदैन। लगभग ९० प्रतिशत भन्दा बढी मानिसमा छाती दुख्ने कारण मुटुसंग सम्बन्धित हुँदैनन्।

दुखाइको प्रकृति फरक होला तर तपाइलाई मुटुको समस्या छ भने चाडैनै डाक्टरलाइ देखाई हाल्नु पर्छ। र झन ह्दयाघातको कारणले छाती दुखेको भए, समय खेर नफाली अस्पताल गैहाल्नु पर्छ।

छाती दुख्नुको कारणहरुः 

छाती दुखेमा पहिला यी दुई अंगहरुको कारणले हो वा होइन भनी सोच्नुपर्छ। हाम्रो छातीमा मुटु र फोक्सो दुई प्रमुख अंगहरु हुन्छन्। छातीको बनावटमा हड्डी, मांशपेशी, नशा र छालाको पनि भूमिका भएकाले यी अंगहरुको समस्या भएर पनि छाती दुख्न सक्छ। धेरैजसो अवस्थामा छाती दुख्ने कारण हड्डी र मांसपेशीसँग नै सम्बन्धित हुन्छन्।

ओ.पि.डीमा छाती दुखेर जँचाउन आउने धेरैजसो बिरामीहरुमा यी कारणहरु नै प्रमुख भएका तथ्य अध्ययन र अनुभवले देखाएको डा ओम मूर्ति अनिल बताउँछन्। तर, पनि आकस्मिक कक्षमा आएका विरामीको पहिला मुटु र फोक्सोको जाँच गर्नु नै उचित हुन्छ। अर्थात इमर्जेन्सीमा छाती दुखेर आउने बिरामीहरुमा ह्दयघातको कारणले छाती दुखेको हो वा होइन भनि निश्चित गर्नुपर्छ।

छाती दुख्ने कारण कसरी थाहा पाउनेः

फोक्सोको कारणले छाती दुख्दा, लामो श्वास लिँदा वा फेर्दा चस्स छातीको एकातिर(दायाँरबाँया) करङ्मा दुख्यो भने फोक्साको कारणले दुखेको हुनसक्छ। दुब्लो मानिसमा यो समस्या बढी देखिन्छ। यस्तो बेलामा स्वाँस्वाँ हुने ज्वरो आउने पनि हुन सक्छ। निमोनियाको कारणले पनि यस्तो हुनसक्ने डाक्टरको भनाइ छ।

माँसपेशी वा हड्डीको कारणले छाती दुख्दास् छातीको दायाँ भाग, पछाडी वा छेउतिर करङ्गमा दुख्यो भने मांसपेशी वा हड्डीको कारणले हुनसक्छ। यो भागमा दुखेमा मुटुको कारणले हुने संभावना कम हुन्छ। हातले छाम्दा दुख्ने, श्वास फेर्दा दुख्ने, छातीको घुमाइसँगै दुखाईको तिब्रतामा परिवर्तन आउने जस्ता लक्षण भएमा मांसपेशी र हड्डीको कारणले दुखेको हुनसक्छ।

मुटुको कारणले छाती दुख्दा, छातीको बिच भाग वा बायाँतिर एकनासले दुख्ने वा दबाब महसुुस गर्ने वा पोल्ने हुन सक्छ। दुखाईको तिब्रता कम वा बढी हुनसक्छ। दुखाई सँगसँगै धेरै पसिना आउने, वान्ता हुन खोज्ने, मुटु ढुकढुक हुने, डर लाग्ने, कमजोरी हुने जस्ता लक्षणहरु भएमा ह्दयघातको संभावना बढी हुन्छ। ह्दयघातबाट छातीको दुखाई देब्रे हात, घाँटी वा पीठ्युमा पनि सर्न सक्छ।

यी रोग हुन सक्छन्–

कुनै मानिसलाई अकस्मात् छाती दुख्यो भने र बीचमा नदुखीकन छेउको भागतिर दुखेको छ भने फोक्सोको दुखाइको सम्भावना बढी हुन्छ, जसको निमोथेराक्स वा हावा भरिनु महत्वपूर्ण कारण हो। हावा भरिदैँ गयो भने फोक्सोको अरु भागलाई थिच्छ र मुटुलाई काम गर्न दिँदैन, जसका कारण मानिसको मुत्युसमेत हुन्छ।

छातीको दुखाइको अर्को महत्वपूर्ण कारण फोक्सोमा पानी भरिनु पनि हो। पानी भरिएर दुखेको छ भने बिस्तारै दुख्दै जान्छ, लामो समय लाग्न सक्छ। त्यसैगरी, छातीको दुखाइ फोक्सोको क्यान्सरको लक्षण पनि हो। यदि फोक्सोको क्यान्सर फैलिएर छातीको भित्तालाई छोएको छ भने पनि छाती दुख्ने गर्छ। क्यान्सरका अरु लक्षण नदेखिन पनि सक्छन्।

जस्तो कि, खकारमा रगत आउनु, खाना नरुच्नु, मानिस दुब्लाउँदै जानु लगायत लक्षण देखिएर छाती दुखेर आएको मानिसमा पनि क्यान्सर हुने गरेको पाइएको छ। फोक्सोका कारण फोक्सोका संक्रमण, क्यान्सरको लक्षण, छातीमा हावा तथा पानी भरिनुजस्ता कुराहरू छातीको दुखाइका कारण हुन्। छातीको भित्तामा समस्या भयो भने पनि दुख्ने गर्छ। धेरै मानिसहरू छाती दुखेर डराएर अस्पताल आउने गर्छन्। तर, खासै केही भएको हुँदैन, मसल पेन भएको हुन्छ।

फोक्सोको संक्रमण हुनु निमोनियाको कारण हो। निमोनियाको रोकथामका लागि बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने, संक्रमण भएको व्यक्तिभन्दा अलि टाढा बस्ने, आफूलाई संक्रमण छ भने भिडभाडमा नजाने, आराम गर्ने, पौष्टिक खानेकुरा खाने गर्नुपर्छ। निमोनियाको संक्रमण सबैजनामा हुँदैन।

जसको प्रतिरोधात्मक क्षमता कम हुन्छ, त्यस्ता मानिसलाई निमोनियाले घेरै दुःख दिने गर्छ। प्रतिरोधात्मक क्षमता भनेको अरु कुनै क्रोनिक बिमारी, जस्तै, सुगर, फोक्सो, मिर्गौलालगायतका बिमारी छ भने डाक्टरको सल्लाहअनुसार नियमित रूपमा उपचार गरिराख्नुपर्छ।

लोकप्रिय

आइपीएलका लागि दिल्लीले रिटेन ग¥यो सन्दीप लामिछाने!

आइपीएलका लागि दिल्लीले रिटेन ग¥यो सन्दीप लामिछाने!

२०७६, २९ कार्तिक शुक्रबार १८:२८

धरानमा विप्लवको आत्तंक

धरानमा विप्लवको आत्तंक

२०७६, ३० कार्तिक शनिबार १७:३०

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

२०७६, २९ कार्तिक शुक्रबार १५:०३

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

२०७६, १ मंसिर आईतवार १८:२८

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

२०७६, १ मंसिर आईतवार २०:३०

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

२०७६, १ मंसिर आईतवार १३:१७

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

२०७६, ३० कार्तिक शनिबार १६:५३

निरुता अहिलेसम्म किन सिंगल छिन्?

निरुता अहिलेसम्म किन सिंगल छिन्?

२०७६, २९ कार्तिक शुक्रबार १२:१२

नेकपा बागलुङद्धारा दुई नेतामाथि कारवाही

नेकपा बागलुङद्धारा दुई नेतामाथि कारवाही

२०७६, २९ कार्तिक शुक्रबार १७:५४

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

२०७६, १ मंसिर आईतवार १७:२७

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

२०७६, २९ कार्तिक शुक्रबार ००:१५

भारत बीसँग नेपाली युवा टिम पराजित

भारत बीसँग नेपाली युवा टिम पराजित

२०७६, २९ कार्तिक शुक्रबार १६:४३

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

२०७६, २९ कार्तिक शुक्रबार ०९:४५

लोकदोहोरी गायक ईश्वर बाबुको ‘सिन्धुर पछिको माया’ गीत सार्वजानिक (भिडियो सहित)

लोकदोहोरी गायक ईश्वर बाबुको ‘सिन्धुर पछिको माया’ गीत सार्वजानिक (भिडियो…

२०७६, ३० कार्तिक शनिबार २१:०४

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

२०७६, ३० कार्तिक शनिबार १४:२०