
काठमाडौं– करिब २ दशक देखि नेपाली गीत संगीतमा आफ्नो अतुलनीय योगदान दिईसकेका लोकप्रिय गायक तथा सर्जक भण्डारीको लोकदोहोरी गीत ‘सान्नानीको पछ्यौरी’ भर्खर मात्र सार्वजानिक भएको छ।
लोकदोहोरी क्षेत्रकी सदाबहार बहुचर्चित गायिका बिमाकुमारी दुरा र राजु परियारले उनलाई स्वरमा साथ दिएका छन्। गीतको शब्द संगीत भगवान भण्डारीले गरेका हुन्। माधव भण्डारीको संगीत संयोजन रहेको गीत मारुनी रेकर्डिङ् स्टुडियोमा रेकर्ड भएको हो। प्रकाश भट्टको निर्देशनमा रहेको उक्त गीतको भिडियोमा भगवान भण्डारी र सृष्टि कुमालको अभिनय रहेको छ। लाहुरेको घर छुट्टीमा आएको बेला बसेको माया र पिरतीको भाव रहेको गीत विल्कुलै मौलिक गीत हो।
विगत केही समयदेखि अमेरिका बस्दै आएका भण्डारीले खैरेनीमा गेट, बनमा काँडा छ लगायतका सुपरहिट गीतबाट आफ्नो पहिचान बनाईसकेका छन्। केही दिन अगाडि नेपाल आएको संयोगमा उनले थुप्रै गीतहरु रेकर्ड गराएका छन् त्यस मध्येको यो दोस्रो गीत हो। एक दशक भन्दा बढी लामो समय पछि सहकार्य गरेको यो टिमलाई दर्शकले अत्याधिक रुचाएका छन्।
विशेषत विमाकुमारी दुराको स्वरमा १५ बर्ष पछि पनि उस्तै मिठास भएको कुराले निकै चर्चा पाएको छ। समग्रमा यो गीतलाई खैरैनीमा गेटको झझल्को मेटाउने गीतको नामले पनि चर्चा पाएको छ। भगवान भण्डारीकै यूटूब च्यानलबाट सर्वत्र बजारमा उपलब्ध छ।


लोकप्रिय

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक
२०७६, २२ मंसिर आईतवार १८:४७

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य
२०७६, २२ मंसिर आईतवार १०:३४

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना
२०७६, २३ मंसिर सोमबार १९:१७

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल
२०७६, २३ मंसिर सोमबार ११:०२

महिनावारी समयमै गराउने घरेलु उपाय
२०७६, २३ मंसिर सोमबार १४:२९

चाया हटाउने घरेलु उपाय
२०७६, २२ मंसिर आईतवार १४:३९

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी
२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान
२०७६, २३ मंसिर सोमबार १७:४०

कोदो भित्र्याउन व्यस्त किसान
२०७६, २२ मंसिर आईतवार १७:३०

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं
२०७६, २३ मंसिर सोमबार १७:४१

फुटबलको फाइनलमा भुटानसँग भिड्दै नेपाल, स्वर्ण जित्ने लक्ष्य
२०७६, २४ मंसिर मंगलवार ०७:१५

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए
२०७६, २३ मंसिर सोमबार ०७:१८

रिचार्ज कार्डको पिन नम्बर मेटिएको अवस्थामा पनि रिचार्ज गर्न यसो…
२०७६, २४ मंसिर मंगलवार १३:५२

हल्ट पुरस्कारको लागि टियुबाट एनसीसीको Substyro टिम विजयी
२०७६, २२ मंसिर आईतवार १५:५८

बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा
२०७६, २२ मंसिर आईतवार १९:०९
