काठमाडौं– हरिबोधिनी एकादशी पर्व कार्तिक शुक्ल एकादशी, आज तुलसीको पूजा आराधना गरी मनाइँदैछ। आजको दिन तुलसीको पूजा अर्चना गर्ने र खानाको सट्टा कन्दमूल खाने गरिन्छ।

आजको दिन अन्न खान नहुने भएकाले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ। यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ। ठूली एकादशी भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ।

यसरी खाइने एक कन्दमूल हो पिँडालु। यो रेसेदार खानेकुरा हो, जसलाई भान्सामा विशेषगरी तरकारी र खाजाको रूपमा प्रयोग गरिन्छ। पिँडालु उसिनेर वा तरकारीको रुपमा खान सकिन्छ भने दाल, गेडागुडीमा समेत पिँडालु मिसाउँदा तरकारीको स्वाद नै उत्कृष्ठ बन्न जान्छ।

पिँडालु खानुका फाइदाः

– पिँडालुमा फाइबर, प्रोटीन, पोटाशियम, भिटामिन ए र सी, क्याल्सियम, आइरन जस्ता पोषक तत्व हुन्छ, पिँडालु खानु स्वास्थ्यका दृष्टिकोणले समेत निकै फाइदाजनक छ।

यसलाई पौष्टिक र वीर्यवर्धक खानेकुराका रूपमा पनि लिइन्छ। कब्जियत, अपच, पाइल्स, शारीरिक कमजोरी, गर्मीको समस्या आदिजस्ता समस्याका लागि यो लाभदायी छ।

– पिँडालु फाइबरको राम्रो स्रोत हो। यसबाहेक, पिँडालुमा म्यागनिज, भिटामिन बि, ई, पोटासियम, फोस्फोरस र म्याग्नेसियमजस्ता तत्व पाइन्छ। यी तत्व हाम्रो शरीरका लागि लागि निकै उपयोगी छन।

– पिँडालुले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ। पाचन प्रकियामा सुधार ल्याउनुका साथै खानामा स्टार्चको मात्रा नियन्त्रण गर्ने भएकाले डायबिटिजका बिरामीका लाभदायी हुन्छ, पिँडालुमा फाइबर पनि पाइन्छ। यसले कालेस्ट्रोलको मात्रामा नियन्त्रण गर्ने भएकाले मानिसमा मुटुरोगको जोखिम कम हुन्छ।

– पिँडालुमा पोलिफिनोल र एन्टिअक्सिडेन्ट पाइन्छ। जसले शरीरमा हुने अनावश्यक कोष वृद्धि अर्थात क्यान्सरको सम्भावना घटाउँछ। एन्टिअक्सिडेन्ट छालाको लागि लाभदायक हुन्छ।

खासगरी मधुमेह रोगीले पिँडालुको सेवन गर्नैपर्छ, पिँडालु खाएमा भोक मर्छ। यसमा पाइने स्टार्च र फाइबरले पेट भरिएको अनुभूति गराउँछ। साथै, क्यालोरीको मात्रा घटाउनसमेत मद्दत गर्छ। त्यसैले मोटोपन घटाउन पिँडालुको सेवन गर्न आवश्यक छ।

– पिडालुको तरकारी खाने गर्नाले रगतलाई सफा बनाइदिन्छ, पिँडालुले पिसावमा हुने जलन कम गर्छ। पिँडालुको पातको दश ग्राम रस तीन चार दिनसम्म सेवन गर्नुपर्छ, तुरुन्तै फाइदा मिल्छ, उच्च रक्तचापको रोगमा समेत पिँडालुको सब्जी लाभदायक हुन्छ। यसमा मिनरल्स, पोटाशियम र म्याग्नेसियम हुन्छ, जसले रक्त संचार नियमित राख्छ।

बच्चालाई दुध चुसाइरहेकी आमाले पिँडालुको सब्जी सेवन गर्नुपर्छ, दुध राम्ररी आउँछ, सानोतिनो चोट पटकमा पिँडालुको पात पिसेर लगाउनुपर्छ, रगत बग्दैन।

लोकप्रिय

आइपीएलका लागि दिल्लीले रिटेन ग¥यो सन्दीप लामिछाने!

आइपीएलका लागि दिल्लीले रिटेन ग¥यो सन्दीप लामिछाने!

२०७६, २९ कार्तिक शुक्रबार १८:२८

धरानमा विप्लवको आत्तंक

धरानमा विप्लवको आत्तंक

२०७६, ३० कार्तिक शनिबार १७:३०

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

२०७६, २९ कार्तिक शुक्रबार १५:०३

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

२०७६, १ मंसिर आईतवार १८:२८

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

२०७६, १ मंसिर आईतवार २०:३०

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

२०७६, १ मंसिर आईतवार १३:१७

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

२०७६, ३० कार्तिक शनिबार १६:५३

निरुता अहिलेसम्म किन सिंगल छिन्?

निरुता अहिलेसम्म किन सिंगल छिन्?

२०७६, २९ कार्तिक शुक्रबार १२:१२

नेकपा बागलुङद्धारा दुई नेतामाथि कारवाही

नेकपा बागलुङद्धारा दुई नेतामाथि कारवाही

२०७६, २९ कार्तिक शुक्रबार १७:५४

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

२०७६, १ मंसिर आईतवार १७:२७

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

२०७६, २९ कार्तिक शुक्रबार ००:१५

भारत बीसँग नेपाली युवा टिम पराजित

भारत बीसँग नेपाली युवा टिम पराजित

२०७६, २९ कार्तिक शुक्रबार १६:४३

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

२०७६, २९ कार्तिक शुक्रबार ०९:४५

लोकदोहोरी गायक ईश्वर बाबुको ‘सिन्धुर पछिको माया’ गीत सार्वजानिक (भिडियो सहित)

लोकदोहोरी गायक ईश्वर बाबुको ‘सिन्धुर पछिको माया’ गीत सार्वजानिक (भिडियो…

२०७६, ३० कार्तिक शनिबार २१:०४

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

२०७६, ३० कार्तिक शनिबार १४:२०