काठमाडौं– सानो भया्ङस्थित प्रदेश नं ३ को यातायात व्यवस्था कार्यालयले आव २०७५÷०७६ मा रु एक अर्ब ४७ करोड राजश्व संकलन गरेको छ। कार्यालयले रु एक अर्ब राजश्व संकलन गर्ने लक्ष्य लिएकामा थप रु ४७ करोड वृद्धि भएको जनाएको हो।

सवारी साधन कर संकलन, यातायात क्षेत्रको आम्दानी, चालक अनुमति पत्र, सवारी दर्ता किताबलगायत शीर्षकमा राजश्व संकलन बढेको कार्यालय प्रमुख राजकुमार कपालीले जानकारी दिए।

आव २०७६- ०७७ को कात्तिक २० गतेसम्म रु ६० करोड ६४ लाख ४३ हजार राजश्व उठेको र सेवाग्राहीको चाप वृद्धि हुँदै गएकाले उनीहरुलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह गर्न जनशक्तिको अभाव रहेको कार्यालयले जनाएको छ। दैनिक सेवाग्राहीको भीड लाग्ने उक्त कार्यालयले नौ मात्र कर्मचारी रहेकाले १३ कर्मचारी थप गर्न माग गर्दै आएको छ।

असारदेखि असोजसम्म सवारी साधनको नवीकरणलगायत कार्य बढ्ने हुँदा सेवाग्राहीको भीड लाग्ने सो कार्यालयमा कामको चाप बढेका बेला राति ९ बजेसम्म पनि काम गर्नुपरेको बताइएको छ।

कम्पाउण्डसहितको भवन नभएकाले कार्यालय हातामा सेवाग्राहीलाई बीमा कम्पनीका प्रतिनिधि तथा विचौलियाले विभिन्न प्रलोभन देखाएर ठगी गर्ने गरेकाले सिसी क्यामेराको सहयोगबाट निगरानी गरी प्रहरीको समन्वयमा कारवाहीसमेत गरिएको प्रमुख कपालीले जानकारी दिएका छन्। उक्त कार्यालयले दैनिक एक हजार २०० सेवाग्राहीलाई सेवा दिएको जनाएको छ।

रासस

लोकप्रिय

जाजरकाेटबाट लसुनको बीउ निर्यात

जाजरकाेटबाट लसुनको बीउ निर्यात

२०७६, २३ कार्तिक शनिबार १६:५७

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

वित्तीय सम्मेलन मङ्सिरमा

वित्तीय सम्मेलन मङ्सिरमा

२०७६, २३ कार्तिक शनिबार ०८:३४

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२