काठमाडौं– टोखा नगरपालिकामा आर्थिक वर्ष २०७५÷७६ मा ९९.२१ प्रतिशत राजश्व संकलन भएको छ। नगरपालिकाले आव २०७५÷७६ मा रु १५ करोड ३० लाख ७५ हजार १०० राजश्व संकलन हुने अनुमान गरिएकामा रु १५ करोड १८ लाख ७० हजार ५६७ राजश्व संकलन गरेको राजश्व शाखा प्रमुख दामोदर भण्डारीले जानकारी दिए।

करदातालाई करको दायरामा ल्याउन वडा–वडामा विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गर्दै आइरहेको जनाएको छ। नगरपालिकाका अनुसार आव २०७५-७६ मा निवेदन दस्तुरबाट रु ७८ हजार ३००, नक्सापास दस्तुरवापत रु ४२ लाख ३९ हजार २७४, ‘घ’ वर्ग अनुमति दस्तुरबाट रु ४३ हजार ४१०, व्यक्तिगत घटना दर्ता जरिवनाबाट रु ७५ हजार, विभिन्न सिफारिश दस्तुरबाट रु १२ लाख ४२ हजार ५०० र अन्य आम्दानीबाट रु ६ लाख ९५ हजार ७१ राजश्व संकलन गरिएको छ।

त्यस्तै आर्थिक वर्ष २०७४-७५ मा नगरपािलकाले रु ८८ लाख ५७ हजार ५०१ राजश्व संकलन गर्ने लक्ष्य लिएकामा रु ९२ लाख ५४ हजार ९३१ राजश्व सङ्कलन भएको थियो। आव २०७४-७५ मा घरजग्गा र सम्पत्ति करबाट रु ५० लाख ३४ हजार ६२५, मालपोत तथा भूमि करबाट रु २५ हजार ७३७, बहाल करबाट रु २८ हजार २७ लाख ६८६, व्यवसाय दर्ता करबाट रु १० लाख ८९ हजार ६८२, विज्ञापन करबाट ४८ हजार ५०१ र बहाल विटौरी करबाट ४५ हजार ३०६ राजश्व संकलन भएको कार्यालयले जनाएको छ।

नगरपालिकाले वडा नं १ र २ मा ग्रामीण क्षेत्र भएकाले त्यहाँका बासिन्दालाई करमा ४० प्रतिशत छुट दिइएको प्रमुख भण्डारीले जानकारी दिए। यस्तै भूकम्प पीडित लाई ७५ प्रतिशत छुट र सम्पत्तिकरमा साउन, भदौँ, असोज तथा कात्तिक महीनाभित्र कर बुझाउनेलाई १० प्रतिशत छुट दिइएको नगरपालिकाले जनाएको छ।

रासस

लोकप्रिय

अब स्मार्टफोनमा ह्वाट्सएप नचल्ने

अब स्मार्टफोनमा ह्वाट्सएप नचल्ने

२०७६, २५ मंसिर बुधबार १८:१३

मानव  तस्करीमा परेर फर्केकाको प्रस्तुतीमा राउण्ड टेबल नेपालले सर्कस प्रदर्शन गर्ने

मानव तस्करीमा परेर फर्केकाको प्रस्तुतीमा राउण्ड टेबल नेपालले सर्कस प्रदर्शन…

२०७६, २६ मंसिर बिहीबार २०:१३

विवादित सूचीबाट हट्यो जम्मु र कस्मिर

विवादित सूचीबाट हट्यो जम्मु र कस्मिर

२०७६, २५ मंसिर बुधबार १५:५३

कीर्तिमानी गौरिकालाई सर्वाधिक ५६ लाख पुरस्कार

कीर्तिमानी गौरिकालाई सर्वाधिक ५६ लाख पुरस्कार

२०७६, २५ मंसिर बुधबार १८:०४

काेरियामा एक नेपालीले घाँटी काटेर गरे आत्महत्या

काेरियामा एक नेपालीले घाँटी काटेर गरे आत्महत्या

२०७६, २५ मंसिर बुधबार १५:५३

पीपीएलको खेल तालिका सार्वजनिक, उद्धघाटन खेलमा ज्ञानेन्द्र भर्सेस शरद

पीपीएलको खेल तालिका सार्वजनिक, उद्धघाटन खेलमा ज्ञानेन्द्र भर्सेस शरद

२०७६, २५ मंसिर बुधबार १५:०७

सिन्धुपाल्चोकमा ४.५ रेक्टरको पराकम्प

सिन्धुपाल्चोकमा ४.५ रेक्टरको पराकम्प

२०७६, २६ मंसिर बिहीबार २०:४७

सुनिल बलको त्यो गोल जसले नेपाललाई दिलायो स्वर्ण!

सुनिल बलको त्यो गोल जसले नेपाललाई दिलायो स्वर्ण!

२०७६, २५ मंसिर बुधबार १६:४९

अन्तिम तथा निर्णायक टी–२० क्रिकेटमा भारत र वेस्ट इन्डिज भिड्दै

अन्तिम तथा निर्णायक टी–२० क्रिकेटमा भारत र वेस्ट इन्डिज भिड्दै

२०७६, २५ मंसिर बुधबार १४:१९

सत्य विश्व भूमी पार्टी नेपालको घोषणा

सत्य विश्व भूमी पार्टी नेपालको घोषणा

२०७६, २६ मंसिर बिहीबार १७:१६

प्रहरी सक्रियतामा रोकियो बालविवाह

प्रहरी सक्रियतामा रोकियो बालविवाह

२०७६, २६ मंसिर बिहीबार ०९:५६

पीपीएल विजेताले २७ लाख र उपविजेताले १० लाख पाउने

पीपीएल विजेताले २७ लाख र उपविजेताले १० लाख पाउने

२०७६, २६ मंसिर बिहीबार १७:०२

पत्रकार महासङ्घका उपाध्यक्षमाथि कुटपिट

पत्रकार महासङ्घका उपाध्यक्षमाथि कुटपिट

२०७६, २६ मंसिर बिहीबार २१:०५

चुरोट पिउने महिलामा हुने १० खतराहरू

चुरोट पिउने महिलामा हुने १० खतराहरू

२०७६, २६ मंसिर बिहीबार १८:५९

कमला घिमिरेको नयाँ गीत ‘वान टु वान टु’ (भिडियो सहित)

कमला घिमिरेको नयाँ गीत ‘वान टु वान टु’ (भिडियो सहित)

२०७६, २६ मंसिर बिहीबार १७:१५