काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ संगठन अनेरास्ववियूले आज भारतीय राजदूतावास अगाडि धर्ना दिएको छ। भारतीय पक्षले नेपाली भूमि कालापानी, लुम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेको आरोप लगाउँदै अखिलले बिहान ११ देखि साढे १२ बजेसम्म दूतावास घेराउ गरेको हो।

घेराउपछि आयोजित कोणसभामा अखिलका संयोजक ऐन महरले भारतलाई नेपालको भूमि अतिक्रमण नगर्न र असल छिमेकीका रुपमा व्यवहार गर्न आग्रह गरे भने, सहसंयोजक रञ्जीत तामाङले भारतले सार्वजनिक गरेको नक्सा मान्य नभएकाले सच्याउन माग गरेका छन्।

अमृत क्याम्पसबाट नारा जुलुस गर्दै गएको जुलुस लैनचौरस्थित दूतावास अगाडि पुगेर धर्ना दिएको थियो। विद्यार्थी नेता सुदेश पराजुलीले आइतबार नेपालको भूमि फिर्ता गराउन परराष्ट्रमन्त्रीलाई कूटनीतिक तवरबाट पहल गर्न दवाव दिने र सोमबार संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा ध्यानाकर्षणपत्र बुझाइने जानकारी दिए। यसअघि नेपाल विद्यार्थी संघलगायत विद्यार्थी संगठनले नेपाली भूमि मिचिएको र नयाँ नक्सा आफूहरुलाई अमान्य भएको भन्दै विरोध प्रदर्शन गरेका थिए।

प्रधानमन्त्रीस्तरमै छलफल गर्न आग्रहः

कालापानी, लिपुलेकलगायत नेपाली भू–भागलाई भारतीय क्षेत्रका रुपमा चित्रण गरी भारतले हालै प्रकाशन गरेको भनिएको नयाँ नक्साप्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ। छ दशकदेखि नेपालको कालापानी भूमिमाथि अतिक्रमण भएको भन्दै उक्त समाजले त्यसलाई सच्याउन माग गर्दै पुनः पुरानै गल्ती दोहो¥याएर त्यस्तो नक्सा प्रकाशन गरेकामा आपत्ति जनाएको हो।

‘भारतको यस्तो गल्तीले नेपाल–भारतबीच विद्यमान सौहार्द्रपूर्ण, सुमधुर एवं नागरिकस्तरमा समेत घनिष्ठ र सद्भावयुक्त सम्बन्धमा आँच पुग्ने देखिन्छ, तसर्थ उक्त गल्ती शीघ्र सच्याउँदै नेपाली भू–भाग र नेपाली स्वाभिमानप्रति पूर्ण सम्मान व्यक्त गर्न भारत सरकारलाई आग्रह गर्दछ’, समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

त्यसैगरी नेपाली भू–भागको संवेदनशील विषयमा नेपाल सरकार दृढताका साथ प्रस्तुत भई यस विषयमा भारतसँग तत्काल प्रधानमन्त्रीस्तरमै छलफलका लागि प्रक्रिया अघि बढाउन पनि उक्त समाजले आग्रह गरेको छ।

रासस

लोकप्रिय

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

२०७६, १ मंसिर आईतवार १८:२८

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

२०७६, १ मंसिर आईतवार २०:३०

धरानमा विप्लवको आत्तंक

धरानमा विप्लवको आत्तंक

२०७६, ३० कार्तिक शनिबार १७:३०

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

२०७६, १ मंसिर आईतवार १३:१७

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

२०७६, ३० कार्तिक शनिबार १६:५३

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

२०७६, १ मंसिर आईतवार १७:२७

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

२०७६, १ मंसिर आईतवार २१:४१

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

२०७६, १ मंसिर आईतवार १७:१७

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

लोकदोहोरी गायक ईश्वर बाबुको ‘सिन्धुर पछिको माया’ गीत सार्वजानिक (भिडियो सहित)

लोकदोहोरी गायक ईश्वर बाबुको ‘सिन्धुर पछिको माया’ गीत सार्वजानिक (भिडियो…

२०७६, ३० कार्तिक शनिबार २१:०४

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

२०७६, ३० कार्तिक शनिबार १४:२०

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

२०७६, १ मंसिर आईतवार १०:२०

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार ११:३४