विरेन्द्रनगर  _ कर्णाली प्रदेशमा तीन महिनाको अवधिमा १५ जना नयाँ कुष्ठ रोगी भेटिएका छन्।

यो सङ्ख्या गत वर्षको भन्दा बढी हो। कुष्ठ रोग निवारणको घोषणा भए पनि कुष्ठ रोगीको सङ्ख्या बर्से्नि फेला परेका छन्।

सुर्खेतस्थित साइनिङ अस्पतालमा आएका बिरामीमध्ये कर्णाली प्रदेशका १४ र अछाम जिल्लाका एक जना कुष्ठ रोगका नयाँ बिरामी फेला परेका हुन्। “विगतका आर्थिक वर्षभन्दा यो वर्षको शुरूमै कुष्ठ रोगका नयाँ बिरामीको सङ्ख्या केही बढी देखिएको छ”, साइनिङ अस्पताल सुर्खेतका प्रमुख मङ्गल थारूले भन्नुभयो, “यसले वर्षभरि नै यही दरमा नयाँ बिरामी बढ्छन् भन्ने आकलन चाहिँ होइन।”

एनका अनुसार अस्पतालको बहिरङ्ग सेवा विभाग (ओपिडी) मा आएका तीन हजार ८६२ छालाका बिरामीमध्ये सबैभन्दा बढी सुर्खेतका ६ जनामा कुष्ठ रोग देखिएको छ। यसैगरी दैलेखका चार, जाजरकोटका दुई र कालीकोटका दुई गरी १४ जना कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाका एक जनामा यसको सङ्क्रमण देखिएको छ।

गत आवमा ५६ जना नयाँ बिरामी देखा परेकोमा १० जनामा सर्ने खालका रोग भेटिएको उहाँले जानकारी दिनुभयो। अहिलेकै दरमा पछिल्ला चैमासिकमा समेत बिरामीको सङ्ख्या भेटिने हो भने यो आवमा कर्णाली प्रदेशमा कुष्ठ रोगीको सङ्ख्या बढ्ने निश्चित भएको उहाँको भनाइ छ।

विगतको तुलनामा बढी देखिए पनि खासै आत्तिनुपर्ने अवस्था भने नरहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका क्षय÷कुष्ठ रोग अधिकृत पदम केसीले जानकारी दिए। कर्णालीका दूरदराजमा पुरातनवादी सोचका कारण अझै रोगलाई लुकाएर बस्ने चलन कायमै रहेको केसीको भनाइ थियो।

सरकारी तथ्याङ्कमा कर्णालीका १० वटै जिल्लामा कुष्ठ रोगको अवस्था स्थिर रहेको उनको भनाइ थियो। “हाम्रो प्रदेशमा कुष्ठ रोगीको अवस्था बढेको पनि छैन, उल्लेख्यरूपमा घटेको पनि छैन”, उनले भने। रासस

लोकप्रिय

चक्कु देखाएर युवतीले गरीन् पुरुषकाे बलात्कार

चक्कु देखाएर युवतीले गरीन् पुरुषकाे बलात्कार

२०७६, १४ माघ मंगलवार १६:४१

श्रीमान जोनसँग हट अवतारमा प्रियंका चोपडा

श्रीमान जोनसँग हट अवतारमा प्रियंका चोपडा

२०७६, १३ माघ सोमबार १६:४६

इंग्ल्याण्ड क्रिकेट टीमका स्टुअर्ट ब्रडलाई जरिवाना

इंग्ल्याण्ड क्रिकेट टीमका स्टुअर्ट ब्रडलाई जरिवाना

२०७६, १४ माघ मंगलवार १७:२७

अभिनेत्रीले जन्माइन् पानिभित्र शिशु

अभिनेत्रीले जन्माइन् पानिभित्र शिशु

२०७६, १३ माघ सोमबार १९:४६

अब स्मार्टबाट सबै नेटवर्कमा एउटै दरमा कुरा गर्न पाइने

अब स्मार्टबाट सबै नेटवर्कमा एउटै दरमा कुरा गर्न पाइने

२०७६, १४ माघ मंगलवार १७:०९

रक्सीले बिगार्याे यि अभिनेत्रीको करियर

रक्सीले बिगार्याे यि अभिनेत्रीको करियर

२०७६, १४ माघ मंगलवार १७:१७

‘सेन्टी भाइरस’ फिल्मको ५० प्रतिशत नाफा क्रिकेट रंगशालालाई दिइने

‘सेन्टी भाइरस’ फिल्मको ५० प्रतिशत नाफा क्रिकेट रंगशालालाई दिइने

२०७६, १३ माघ सोमबार १७:३५

‘वी विल मिस यु सन्दीप!’

‘वी विल मिस यु सन्दीप!’

२०७६, १३ माघ सोमबार ११:४४

सुपर ओभरमा न्युजिल्याण्डविरुद्ध भारतकाे राेमाञ्चक जित

सुपर ओभरमा न्युजिल्याण्डविरुद्ध भारतकाे राेमाञ्चक जित

२०७६, १५ माघ बुधबार १६:३९

आईपिएलः धोनी, बिराट र रोहितलाई एउटै टिमबाट खेलाउने बिसिसिआईको योजना

आईपिएलः धोनी, बिराट र रोहितलाई एउटै टिमबाट खेलाउने बिसिसिआईको योजना

२०७६, १४ माघ मंगलवार १६:१६

युद्धको घाउ नकोट्याएकै राम्रो

युद्धको घाउ नकोट्याएकै राम्रो

२०७६, १३ माघ सोमबार १७:३९

सडक दुर्घटनामा दुईको मृत्यु

सडक दुर्घटनामा दुईको मृत्यु

२०७६, १५ माघ बुधबार १८:१६

सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

२०७६, १३ माघ सोमबार १५:१९

अष्ट्रेलियामा डडेलोपछि विषालु माकुराको माहामारी, टोकेको १५ मिनेटमै मानिसको मृत्यु

अष्ट्रेलियामा डडेलोपछि विषालु माकुराको माहामारी, टोकेको १५ मिनेटमै मानिसको मृत्यु

२०७६, १३ माघ सोमबार १३:५१

अष्ट्रेलियाबाट आईपुग्ने बित्तिकै क्याम्पमा फर्किए सन्दीप

अष्ट्रेलियाबाट आईपुग्ने बित्तिकै क्याम्पमा फर्किए सन्दीप

२०७६, १४ माघ मंगलवार १२:०९