काठमाडौँ– काठमाडौँ महानगरपालिकाले कान्तिबाल अस्पताललाई अक्सिजन प्लाण्ट खरीद गर्न आर्थिक सहयोग गर्ने भएको छ। शुक्रबार कामपाका प्रमुख विद्यासुन्दर शाक्य र अस्पतालका निर्देशक प्रा डा आर पि विच्छाबीच आर्थिक सहयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले हस्ताक्षरअनुरुपको काम छिटो गर्न आग्रह गर्दै आफ्नातर्फबाट अस्पताललाई पर्ने आवश्यक सहयोग गर्न तयार रहेको बताएको छन्। उनले भने, ‘अस्पतालबाट गरीब र निमुखा जनताले सरल सेवा प्राप्त गर्ने वातावरण तपाईंहरुले बनाउनुहोला अरु सहयोग चाहियो भने पनि गर्न तयार छौँ।’

हस्ताक्षर गरेपछि प्रमुख शाक्यले यस कार्यका लागि नगरसभाबाट रु दुई करोड विनियोजन गरिएको जानकारी गराउँदै काम अघि बढाउँदा आवश्यक परे अरु सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरे। प्रमुख शाक्यले कामपाको पूर्वाधार र सम्पदाका क्षेत्रमा मात्र नभई मानवीय सेवाका काममा पनि उत्तिकै चासो राखेकाले सो सहयोग पनि त्यसैको निरन्तरता भएको बताएका छन्।

निर्देशक विच्छाले भूकम्पका कारण क्षति पुगेर रातो स्टिकर टाँसेको भवनबाट बिरामीको उपचार गर्नुपरेको भन्दै अक्सिजनमा मात्रै वार्षिक करीब रु ६३ लाख खर्च हुने जानकारी गराएकमा छन्।

विसं २०५२ को दरबन्दीले अहिलेसम्म चलाउनुपरेको, बजेट थोरै भएको, कर्मचारीको तबलका लागि आउने बजेटसमेत घटाएर पठाएको जस्ता गुनासो निर्देशक विच्छाले गरेपछि रक्षामन्त्री पोखरेलले ती समस्या समाधानमा स्थानीय तह, प्रदेश र केन्द्र सरकार लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। (रासस)

लोकप्रिय

कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

२०७६, ५ मंसिर बिहीबार १७:३६

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

२०७६, ४ मंसिर बुधबार १९:४६

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

२०७६, ४ मंसिर बुधबार १४:२३

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

२०७६, ४ मंसिर बुधबार १८:०७

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

२०७६, ४ मंसिर बुधबार १७:४२

‘प्रचण्ड युग’ को समाप्ति !

‘प्रचण्ड युग’ को समाप्ति !

२०७६, ६ मंसिर शुक्रबार ११:५०

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

२०७६, ५ मंसिर बिहीबार १०:३१

प्रेमराजा महतको ‘लाम माया छपक्कै’ गीतमा करिश्मा र शंकरको नृत्य (भिडियो सहित)

प्रेमराजा महतको ‘लाम माया छपक्कै’ गीतमा करिश्मा र शंकरको नृत्य…

२०७६, ५ मंसिर बिहीबार १२:४२

श्रीमतीद्वारा श्रीमानकाे हत्या, चुल्होमुनी गाडिन लास (फाेटाेसहित)

श्रीमतीद्वारा श्रीमानकाे हत्या, चुल्होमुनी गाडिन लास (फाेटाेसहित)

२०७६, ६ मंसिर शुक्रबार १४:४७

मुटुलाई स्वस्थ राख्न यी खानेकुराहरु खानुहोस्

मुटुलाई स्वस्थ राख्न यी खानेकुराहरु खानुहोस्

२०७६, ५ मंसिर बिहीबार ११:५१

डोटिमा नक्कली नोट फेला

डोटिमा नक्कली नोट फेला

२०७६, ४ मंसिर बुधबार १९:०७

कलन्दर्सविरुद्ध खेल्दै कर्नाटका, सन्दीप खेल्ने सम्भावना प्रबल

कलन्दर्सविरुद्ध खेल्दै कर्नाटका, सन्दीप खेल्ने सम्भावना प्रबल

२०७६, ५ मंसिर बिहीबार १६:०७

१३ औं सागको ओलम्पिक टर्च र्याली स्वयम्भूबाट सुरु

१३ औं सागको ओलम्पिक टर्च र्याली स्वयम्भूबाट सुरु

२०७६, ६ मंसिर शुक्रबार ११:३८

मलिनाको प्रेमीसँग रोमान्स

मलिनाको प्रेमीसँग रोमान्स

२०७६, ६ मंसिर शुक्रबार १३:३४

बंगलादेश इमर्जिङ कपको फाइनलमा, उपाधिका लागि पाकिस्तानसँग भिड्ने

बंगलादेश इमर्जिङ कपको फाइनलमा, उपाधिका लागि पाकिस्तानसँग भिड्ने

२०७६, ५ मंसिर बिहीबार १७:०७