चीप्लेढुङगा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नं २ की उम्मेदवार विद्या भट्टराईले देशको समृद्धि श्रमको उचित सम्मानले मात्र सम्भव हुने बताएको छ।

जिफन्ट गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको श्रमिकको भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएको हो। उनले जुन ठाउँमा श्रमको सम्मान हुँदैन त्यो ठाउँ आर्थिक दृष्टिले कमजोर हुने भएकाले श्रमलाई ठूलो सानो भनेर विभाजित गर्न नहुने बताएका छन्।

देश निर्माणमा हरेक श्रमिकको महत्वपूर्ण भूमिका रहेको हुँदा सो क्षेत्रलाई व्यवस्थित बनाउन सरकार सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न अग्रसर भइरहेको उल्लेख गरेका छन्। यसलाई थप प्रभावकारी बनाउन र श्रमिकलाई थप सवलीकरण गर्नु आफ्नो पहिलो प्राथमिकता रहने उनले बताएका छन्।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्यद्वय चूडामणि जङ्गली र श्रीनाथ बराल, जिफन्ट केन्द्रीय उपाध्यक्ष मिना गुरुङ, जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्री लगायतले श्रमिकको हकअधिकार र सशक्तीकरणका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको बताए।

आगामी दिनमा समेत श्रमिकको भावना र चाहनालाई कम्युनिष्ट पार्टीले सम्बोधन गर्नसक्ने उनीहरुको भनाइ थियो। (रासस)

लोकप्रिय

कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

२०७६, ५ मंसिर बिहीबार १७:३६

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

२०७६, ४ मंसिर बुधबार १९:४६

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

२०७६, ४ मंसिर बुधबार १४:२३

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

२०७६, ४ मंसिर बुधबार १८:०७

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

२०७६, ४ मंसिर बुधबार १७:४२

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

२०७६, ५ मंसिर बिहीबार १०:३१

प्रेमराजा महतको ‘लाम माया छपक्कै’ गीतमा करिश्मा र शंकरको नृत्य (भिडियो सहित)

प्रेमराजा महतको ‘लाम माया छपक्कै’ गीतमा करिश्मा र शंकरको नृत्य…

२०७६, ५ मंसिर बिहीबार १२:४२

‘प्रचण्ड युग’ को समाप्ति !

‘प्रचण्ड युग’ को समाप्ति !

२०७६, ६ मंसिर शुक्रबार ११:५०

डोटिमा नक्कली नोट फेला

डोटिमा नक्कली नोट फेला

२०७६, ४ मंसिर बुधबार १९:०७

मुटुलाई स्वस्थ राख्न यी खानेकुराहरु खानुहोस्

मुटुलाई स्वस्थ राख्न यी खानेकुराहरु खानुहोस्

२०७६, ५ मंसिर बिहीबार ११:५१

कलन्दर्सविरुद्ध खेल्दै कर्नाटका, सन्दीप खेल्ने सम्भावना प्रबल

कलन्दर्सविरुद्ध खेल्दै कर्नाटका, सन्दीप खेल्ने सम्भावना प्रबल

२०७६, ५ मंसिर बिहीबार १६:०७

१३ औं सागको ओलम्पिक टर्च र्याली स्वयम्भूबाट सुरु

१३ औं सागको ओलम्पिक टर्च र्याली स्वयम्भूबाट सुरु

२०७६, ६ मंसिर शुक्रबार ११:३८

श्रीमतीद्वारा श्रीमानकाे हत्या, चुल्होमुनी गाडिन लास (फाेटाेसहित)

श्रीमतीद्वारा श्रीमानकाे हत्या, चुल्होमुनी गाडिन लास (फाेटाेसहित)

२०७६, ६ मंसिर शुक्रबार १४:४७

बंगलादेश इमर्जिङ कपको फाइनलमा, उपाधिका लागि पाकिस्तानसँग भिड्ने

बंगलादेश इमर्जिङ कपको फाइनलमा, उपाधिका लागि पाकिस्तानसँग भिड्ने

२०७६, ५ मंसिर बिहीबार १७:०७

बहुगुणी बनस्पती हो, पदमचाल

बहुगुणी बनस्पती हो, पदमचाल

२०७६, ६ मंसिर शुक्रबार ०९:२०