काठमाडौं– नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग टी–२० क्रिकेटमा नेपालले लज्जास्पद हार बेहोरेको छ। शनिबार भएको खेलमा नेपाल एमसीसीसँग १ सय १३ रनले पराजित भएको हो।

टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको एमसीसीले नेपाललाई १ सय ९० रनको विजयी लक्ष्य दिएको थियो। विशाल लक्ष्य पछ्याएको नेपाल ७६ रनमा अल आउट भएको थियो। नेपालको पारीमा कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। नेपालकाे लागि सन्दीप जाेराले १६ तथा कुशल भुर्तेलले १४ रन बनाए।

त्यसअघि एमसीसीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो। एमसीसीका लागि बिली गोडलम्यानले अर्धहतक बनाए। उनले ३० बलमा ४ चौका र ४ छक्का सहित ५४ रनको योगदान दिए। अर्का ब्याट्सम्यान एड योङले ४२ रन बनाएका थिए भने ओपनर माइल्स हमान्डलाई ३३ रन बनाए।

नेपालका बलर राशिद खानले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका थिए। कमल सिंह ऐरीले ४ ओभरमा ४८ रन दिँदै १ विकेट जितेन्द्र सिंह मुखियाले ४ ओभरमा ५५ रन खर्चँदै १ विकेट, सुसन भारीले ४ ओभर १५ रन दिएर १ विकेट र अभिनास बोहोराले १ विकेट लिए।

लोकप्रिय

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२

‘हामी सबै नेपाली’: महानायक राजेश हमाल

‘हामी सबै नेपाली’: महानायक राजेश हमाल

२०७६, २४ कार्तिक आईतवार १४:४७