जाजरकोट– लसुनको पकेटक्षेत्र घोषणा गरी काम थालेको नलगाड नगरपालिकाले दुई वर्षभित्र बीउ निर्यात गर्न थालेको छ। नगरपालिका–९, १० का स्थानीयवासीलाई आर्थिक सहयोग गरेसँगै लसुनको बीउ उत्पादन गरी स्थानीयवासीले निर्यात गर्न थालेका हुन्।

नगरपालिकाले लसुनखेती गर्ने किसानलाई मध्यनजर गरी लसुनको पकेटक्षेत्र घोषणा गरेसँगै लसुनको बीउदेखि खानको लागि देशका विभिन्न ठाउँमा निर्यात भएको हो। पाँच वर्ष अघि बीउ नपाउने यहाँका स्थानीयवासी अहिले लसुनको बीउ बिक्री गरी मनग्य आम्दानी गरिरहेको स्थानीयवासी डम्मर रावतले बताए। उनले भने, ‘पाँच वर्ष पहिले सिँचाइको अभावमा बाँझो रहेको जमीन अहिले सिँचाइको सुविधासँगै लसुन निर्यात गर्ने मुख्य थलो भएको छ, बीउ नै बिक्री गरेर प्रतिघरले रु एक लाख भन्दा बढी कमाउने गर्दछन्।’

नगरपालिकाले आर्थिक सहायता गरेपछि किसानको जीवनस्तर माथि उठेको स्थानीय समाजसेवी नीमबहादुर ध्यारले बताए। उनले भने,‘अहिले हाम्रो ठाउँमा यातायातको सहज पहुँचसँगै लसुनखेती फस्टाएको छ, गाउँका सबै गाउँलेले राम्रो आम्दानी गरेका छन्।’

अर्थअभावका कारण भारतलगायतका अन्य ठाउँमा काम गर्न जाँने स्थानीयवासी अहिले गाउँमा लसुनसँगै अन्य तरकारीजन्यखेती गरी राम्रो आम्दानी हुन थालेपछि गाउँमै खेतीकिसानीमा व्यस्त भएको स्थानीय शिक्षक गोपाल ध्यारले बताए। अहिले लसुनसँगै स्थानीयवासी अन्य बेमौसमी तरकारीबालीतर्फ आकर्षित भएको पाइएको छ।

यातायातको सहज पहुँच भएसँगै यहाँ उत्पादन भएको तरकारीबाली निर्यात गर्न सजिलो भएको छ । किसानले उत्पादन गरेको कृषिजन्य वस्तु सजिलै बजारसम्म पुग्ने भएपछि अर्थोपार्जनमा ठूलो सहयोग पुगेको वडा– ९ का अध्यक्ष विष्णु विकले बताउनुभयो । उनले भने, ‘नगरपालिकाको योजनामा किसानले मेहनतका साथ काम गर्नुभयो, अनि उनीहरुको जीवनस्तर पनि राम्रो भयो, अर्कोतर्फ हाम्रो वडा आर्थिक रुपमा बलियो भयो।’

रु एक हजार ऋण लिन गाउँ–गाउँ भौतारिने यहाँका स्थानीयवासी अहिले हजारौ रुपैया हातमा खेलाएर अरुलाईसमेत ऋण दिने अवस्थामा पुग्दा हामी खुशी भएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए। उनले भने, ‘यो आर्थिक वर्षदेखि थप केही नयाँ कार्यक्रम बनाएका छौँ, लसुनखेतीमा राम्रो आम्दानी भएसँगै टिमुरखेती र मौरी ‘जोन’ थप गरी किसानलाई अनुदान दिएर काम भइहेको छ, अघिल्लो वर्ष ४० टन लसुनको बीउ निर्यात गरिएको थियो।’

नगरपालिकाको योजना र किसानको मेहनतले गर्दा यहाँको अर्थ उर्पाजन मात्र भएको छैन् छिमेकी स्थानीय तहलेसमेत अनुशरण गर्न थालेका छन्। प्राङगारिक मलको प्रयोग र उन्नत जातको बीउको प्रयोगले गर्दा किसानले राम्रो आम्दानी गर्न सफल भएका हुन्। जनतालाई व्यावसायिक रुपमा अगाडि बढाएर अर्थतन्त्रको हिसाबले राम्रो गर्न सके मात्र त्यहाँको समाजको राम्रो विकास हुने स्थानीय गगनबहादुर खड्काले बताए।

लोकप्रिय

कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

२०७६, ५ मंसिर बिहीबार १७:३६

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

२०७६, ४ मंसिर बुधबार १९:४६

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

२०७६, ४ मंसिर बुधबार १४:२३

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

२०७६, ४ मंसिर बुधबार १८:०७

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

२०७६, ४ मंसिर बुधबार १७:४२

‘प्रचण्ड युग’ को समाप्ति !

‘प्रचण्ड युग’ को समाप्ति !

२०७६, ६ मंसिर शुक्रबार ११:५०

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

२०७६, ५ मंसिर बिहीबार १०:३१

प्रेमराजा महतको ‘लाम माया छपक्कै’ गीतमा करिश्मा र शंकरको नृत्य (भिडियो सहित)

प्रेमराजा महतको ‘लाम माया छपक्कै’ गीतमा करिश्मा र शंकरको नृत्य…

२०७६, ५ मंसिर बिहीबार १२:४२

श्रीमतीद्वारा श्रीमानकाे हत्या, चुल्होमुनी गाडिन लास (फाेटाेसहित)

श्रीमतीद्वारा श्रीमानकाे हत्या, चुल्होमुनी गाडिन लास (फाेटाेसहित)

२०७६, ६ मंसिर शुक्रबार १४:४७

मुटुलाई स्वस्थ राख्न यी खानेकुराहरु खानुहोस्

मुटुलाई स्वस्थ राख्न यी खानेकुराहरु खानुहोस्

२०७६, ५ मंसिर बिहीबार ११:५१

डोटिमा नक्कली नोट फेला

डोटिमा नक्कली नोट फेला

२०७६, ४ मंसिर बुधबार १९:०७

१३ औं सागको ओलम्पिक टर्च र्याली स्वयम्भूबाट सुरु

१३ औं सागको ओलम्पिक टर्च र्याली स्वयम्भूबाट सुरु

२०७६, ६ मंसिर शुक्रबार ११:३८

कलन्दर्सविरुद्ध खेल्दै कर्नाटका, सन्दीप खेल्ने सम्भावना प्रबल

कलन्दर्सविरुद्ध खेल्दै कर्नाटका, सन्दीप खेल्ने सम्भावना प्रबल

२०७६, ५ मंसिर बिहीबार १६:०७

मलिनाको प्रेमीसँग रोमान्स

मलिनाको प्रेमीसँग रोमान्स

२०७६, ६ मंसिर शुक्रबार १३:३४

बंगलादेश इमर्जिङ कपको फाइनलमा, उपाधिका लागि पाकिस्तानसँग भिड्ने

बंगलादेश इमर्जिङ कपको फाइनलमा, उपाधिका लागि पाकिस्तानसँग भिड्ने

२०७६, ५ मंसिर बिहीबार १७:०७