दाङ– रमणीय तथा चिटिक्क परेको देखिने घोराही उपमहानगरपालिका–१८ स्थित ढोढेनी गाउँ अहिले जिल्लाको पर्यटकीय गाउँ बनेको छ।

गाउँलाई अहिले त्यहाँ निर्माण गरिएको दृश्यावलोकन स्तम्भ (भ्यु टावर) र नमः छु नामक बौद्ध गुम्बाले नै सो गाउँलाई पर्यटकीय गाउँको रुपमा चिनाएको हो। चारैतिर रमणीय गाउँ सोही गाउँकोबीच भागको अग्लो स्थानमा करीब एक दशक पहिले उक्त गुम्बा निर्माण गरिएको थियो।

गतवर्ष सो गुम्बा नजिकै एक समाजसेवीको परिवारले आफ्नो लगानीमा त्यहाँ दृश्यावलोकन गर्ने स्तम्भ निर्माण गरिदिएकाले अहिले सो गाउँ पर्यटकीय केन्द्रका रुपमा चिनिन थालेको हाे। सो टावरको नाम ‘मनदिल’ दृश्य अवलोकन टावर राखिएको छ। घोराही उपमहानगरपालिक—१८ निवासी समाजसेवी मनबहादुर पुन र उनकी श्रीमती दिलमाया र छोरा तथा बुहारीले सो टावर निर्माण गरेका थिए।

अहिले सोही मनदिल टावरबाट जिल्लाको दृश्यावलोकन गर्न जानेहरु बढेका छन्। जिल्लाका विभिन्न ठाउँबाट घोराही बजार पुग्ने सर्वसाधरण तथा अन्य जिल्लाबाट यस जिल्लामा घोराही आउने पर्यटक पनि सो ठाउँमा पुग्ने गरेका छन्। उक्त टावरबाट जिल्लाको नजिकै रहेको घोराही बजार, छिमेकी जिल्ला रोल्पा जाने बाटो, घोराही उपमहानगरपालिकाका पहाडी गाउँ तथा प्यूठान जिल्लाको केही क्षेत्र समेत अवलोकन गर्न सकिने त्यहाँका कर्मचारी सञ्जीव चौधरीले बताएका छन्।

उनका अनुसार सो टावर चढ्नका लागि सर्वसाधारणलाई रु ५० र विद्यार्थीलाई भने रु ३० को टिकट शुल्क लाग्ने गरेको छ भने एक जनाले १५ मिनेटसम्म टावरमा बसेर अवलोकन गर्ने गरेको उनको भनाइ थियो। अहिले दैनिक ८० देखि ९० सम्म आन्तरिक पर्यटक आउने गरेकामा शनिबार र अन्य बिदाको समयमा टावरमा आउनेहरुको भीड नै लाग्ने गरेको छ।

भ्यू टावर हेरेर फर्किदै गरेका तुलसीपुरका २२ वर्षीय नवीन अधिकारीले आफू पहिलो पटक यस्तो टावरमा चढेर पूरै बजार हेर्न पाउँदा खुशी भएको बताउँछन्। त्यसैगरी लमही नगरपालिका–५ का पूर्णिमा चौधरीले टावरमा चढेर चारैतिर हेर्न पाउँदा आफू रोमाञ्चित भएको बताउँछन्।

बाउन्न फिट अग्लो उक्त टावर संरक्षणका लागि दुई कर्मचारीलाई पनि भर्ना गरिएको छ। गुम्बा क्षेत्र तथा ढोडेनी गाउँलाई पर्यटकीय रुपमा विकास गर्नका लागि आफूले टावर निर्माण गरिदिएको निर्माणकर्ता दिलमायाले उल्लेख गरेकीछन्।

रासस

लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

२०७६, २० मंसिर शुक्रबार २०:२५

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

२०७६, २० मंसिर शुक्रबार १७:१६

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

२०७६, २० मंसिर शुक्रबार ११:२२

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

२०७६, १९ मंसिर बिहीबार ०९:४९

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

२०७६, २० मंसिर शुक्रबार १७:०९