
लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा दोश्रो य त्रिपिटक वाचन सुरू भएकोे छ।
त्रिपिटक वाचन कार्यक्रमको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रतिनिधि सभा सदस्य सुजिता शाक्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, थाइल्याण्डकी पूर्वमन्त्री कुनिन सुधारतलगायतले दीप प्रज्वलन गरि शुभराम्भ गरेका थिए।
वाचन कार्यत्रममा नेपाल, भारत, श्रीलंका, जापान, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, म्यान्मार, चीनलगायतका २५ देशका भिक्षु, भिक्षुणी, उपासक, उपासिका सहभागी भएका छन्।
शुभराम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल ६ महिनामा पूर्णरुपमा सञ्चालनमा आउने तथा सडकसमेत मर्मत छिटोभन्दा छिटो सक्नेगरी काम अघि बढाएको उनले बताए।
साथै लुम्बिनीको प्रवर्द्धनका लागि प्रदेश सरकारले योजनाबद्ध विकासका कार्यक्रम ल्याउने बताए। कपिलवस्तुको तिलौराकोट उत्खननको काम अघि बढेको भन्दै मुख्यमन्त्री पोखरेलले बुद्धस्थलहरूमा ती स्थानहरूको महत्वकै आधारमा विकासका लागि प्रदेश सरकार लागिरहेको जानकारी दिएको छ।
उनले त्रिपिटक वाचन कार्यक्रमले लुम्बिनीको प्रवर्द्धनमा महत्वपुर्ण भुमिका खेल्ने बताए। लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले लुम्बिनीले एकताको सन्देश फैलाएको बताए। आयोजक समितिका संयोजक भिक्षु मैंत्री महास्थवीरले सरकारी स्तरबाट त्रिपिटक वाचनजस्ता कार्यक्रम आयोजना गर्नुपर्ने बताए।


लोकप्रिय

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग
२०७६, २१ मंसिर शनिबार १७:५१

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक
२०७६, २२ मंसिर आईतवार १८:४७

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल
२०७६, २१ मंसिर शनिबार ०७:३९

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य
२०७६, २२ मंसिर आईतवार १०:३४

राैतहटमा इटाभट्टामा बम फेला
२०७६, २१ मंसिर शनिबार १७:३१

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल
२०७६, २३ मंसिर सोमबार ११:०२

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना
२०७६, २३ मंसिर सोमबार १९:१७

चाया हटाउने घरेलु उपाय
२०७६, २२ मंसिर आईतवार १४:३९

महिनावारी समयमै गराउने घरेलु उपाय
२०७६, २३ मंसिर सोमबार १४:२९

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त
२०७६, २१ मंसिर शनिबार १८:४६

कोदो भित्र्याउन व्यस्त किसान
२०७६, २२ मंसिर आईतवार १७:३०

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी
२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान
२०७६, २३ मंसिर सोमबार १७:४०

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं
२०७६, २३ मंसिर सोमबार १७:४१

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए
२०७६, २३ मंसिर सोमबार ०७:१८
