
सिन्धुपाल्चोक– धार्मिक एंव पर्यटकीय रूपले परिचित जिल्लाकै ठूलो मानिने गौराती भीमेश्वरको मेला सम्पन्न भएको छ।
प्रत्येक वर्ष कात्तिक पूर्णिमाको दिनबाट शुरु भई द्वादशीको दिन सम्पन्न हुने उक्त मेला सदरमुकाम चौतारा बजारमा सिन्दुर जात्रा गरी बिहीबारबाट विधिवतरूपमा सम्पन्न भएको हो।
चौताराको पुरानो बजारस्थित गुठीघरबाट पूर्णिमाको बेलुका भीमसेनको मूर्ति रथमा राखी गौरातीको भीमेश्वरको मूर्तिसँग मिलन गराउने गरिन्छ। भोलिपल्ट रथलाई फर्काएर सरकारी पूजासहित गुठियारको घरघरमा डुलाएर पूजाआजा गरी द्वादशीको दिन सिन्दुरे जात्रासहित रथलाई गुठीघरमा थन्क्याएपछि जात्रा समापन गरिन्छ।
यसरी मेला सम्पन्न भए पनि प्रत्येक महिनाको पञ्चमीका दिन बाजागाजासहित विभिन्न ठाँँउबाट पञ्चबलि चढाउनेको भीड लाग्ने गर्दछ। यो क्रम माघ फागुुनसम्म कायम रहन्छ। सदरमुकामबाट चार किलोमिटर उत्तरपश्चिममा पर्ने चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ६ स्थित पिपलडाँडाको गौरातीडाँडामा रहेको मन्दिर पुग्न उकालो बाटो पर्दछ।
आधुनिकताको क्रमसँगै भारी रथ बोकेर लग्ने व्यक्तिको विगत वर्षदेखिनै अभाव खट्किएको छ। रथलाई गाडीमा राखेर लाने केही गुठियारको मत रहे पनि बूढापाकाहरुको असहमतिका कारण गर्दा केही वर्षदेखि मुस्किलले केटाकेटीको भरमा लाने–ल्याउने गरिएकाले चाँडैनै विकल्प खोज्नुपर्ने स्थिति आएको गुठियार राजेन्द्र श्रेष्ठले बताएका छन्।
मेला भर्न यस वर्ष करीब ५० हजारको हाराहारीमा सहभागिता थियो। मेला भर्न राजधानीलगायत छिमेकी जिल्लाहरुबाट पनि सवारी साधन ‘रिजर्भ’ गरेर आउनेको सङ्ख्या उल्लेख्य रहेको वडाध्यक्ष तोकबहादुर तामाङले बताएका छन्। मेलामा व्यापारका सिलसिलामा तराईका साथै सीमावर्ती भारतबाट पनि आउने गरेका छन। मन्दिर परिसरमा दियोमा बत्ती बाल्ने झण्डै २५ हजारको संख्यामा थिए। उनीहरुबाट बाल्दा राखिएको चामल करीब १५७ मुरी भएको र त्यो सबै गुठियारले आफ्नो व्यवस्थापनका लागि लिने गरेको वडाध्यक्ष तामाङले बताएका छन्।
मेला अवधिभर करीब २० हजार पशु पक्षीको बलिपूजा भएको बताइएको छ। एकादशीको दिन गुठियारको सात वटा बोकाको बलि पूजा गरेपछि मात्र सर्वसाधारणका लागि पूजा खुला हुन्छ। मन्दिरमा बिहान ११ बजेसम्म भीमसेनको रूपमा बलिपूजा गरिने र त्यसपछि महादेवको रूपमा गाईको दूध चढाएर पूजा गरिने प्रचलन छ।
मन्दिरमा अवस्थित मूर्तिलाई नेवार समुदायले विगतदेखि नै भीमसेनको रूपमा पूजाआजा गर्दै आएका थिए। तर अन्य समुदायले भीमेश्वरको अर्को रूप महादेव भएको चर्चा चलेपछि २०५३ सालमा मन्दिरको पुनःनिर्माणसँगै लतिलपुरका स्वर्गीय मङ्गलराज जोशीको सहभागितामा विद्धत् वर्गको धार्मिक सम्मेलन गरिएको थियो। उक्त सभाले परम्परालाई पनि कायम राख्ने र सहभागीले राखेको जिज्ञासालाई पनि कदर गरी त्यस्तो प्रचलन कायम गरिएको थियो।
रासस


लोकप्रिय

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक
२०७६, २२ मंसिर आईतवार १८:४७

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य
२०७६, २२ मंसिर आईतवार १०:३४

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना
२०७६, २३ मंसिर सोमबार १९:१७

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल
२०७६, २३ मंसिर सोमबार ११:०२

चाया हटाउने घरेलु उपाय
२०७६, २२ मंसिर आईतवार १४:३९

महिनावारी समयमै गराउने घरेलु उपाय
२०७६, २३ मंसिर सोमबार १४:२९

कोदो भित्र्याउन व्यस्त किसान
२०७६, २२ मंसिर आईतवार १७:३०

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी
२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान
२०७६, २३ मंसिर सोमबार १७:४०

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं
२०७६, २३ मंसिर सोमबार १७:४१

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए
२०७६, २३ मंसिर सोमबार ०७:१८

हल्ट पुरस्कारको लागि टियुबाट एनसीसीको Substyro टिम विजयी
२०७६, २२ मंसिर आईतवार १५:५८

बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा
२०७६, २२ मंसिर आईतवार १९:०९

खाली पेटमा यस्ता खानेकुरा अब देखी नखानुस्
२०७६, २२ मंसिर आईतवार १६:०६

बिहेको तस्बिर पोष्ट गर्दै ऋचाले भनिन्ः ‘यहाँहरुको अथाह माया अनि…
२०७६, २२ मंसिर आईतवार १७:०७
