काठमाडौँ– देशभरका सार्वजनिक यातयातका साधानमा नेपाल भ्रमण वर्ष, २०२० अभियानको लोगो राखिने भएको छ।

भ्रमण वर्षलाई प्रभावकारीरुपमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच भएको समझदारीअनुरुप सो अभियानको शुभारम्भ गरिएको हो।

सबै सार्वजनिक यातायातका साधनमा देशका विभिन्न मठ, मन्दिर तथा पशुपक्षी र वन्यजन्तुको तस्वीरसहितको नमूना लोगो बनाएर टाँसिनेछ। यस्तो लोगो चार प्रकारको हुनेछ। गाडीको अवस्थिति र प्रकृतिअनुरुपको उपयुक्त लोगो टाँसिनेछ।

प्रारम्भमा पशुपतिनाथ, स्वयम्भू, लुम्बिनी तथा हात्ती, ढाँफे र हिमालको तस्बिर अङ्कित लोगो बनाइएको छ। आगामी मङ्सिर १५ गतेभित्र सबै यातायातका साधनमा लोगो टाँसिने बताइएको छ।

देशभार कालो नम्बर प्लेटधारी यात्रुबाहक र मालबाहक गरी तीन लाख हाराहारीमा यातायातका साधन रहेको महासंघले जनाएको छ।

अभियानको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले यातायात क्षेत्रको ठूलो सञ्जालको रुपमा रहेको महासंघसँगको सहकार्यले भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले भ्रमण वर्षको अवसरमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको सेवा सुदृढीकरण, यातायातका साधन व्यवस्थापन तथा चालकको व्यवहारमा परिवर्तनका लागि लागिपरेको बताए। भ्रमण वर्षको सन्दर्भ पारेर सार्वजनिक सवारीसाधनमा सचेतना अभिवृद्धिका लागि १०० स्वयंसेवक परिचालन गरिने मन्त्री भट्टराईले उल्लेख गरे।

स्वयंसेवकले सवारीसाधनका यात्रु तथा चालकलाई नैतिक शिक्षा, सरसफाइलगायतबारे सचेत पार्नेछ। सवारीसाधनमा भ्रमण वर्षसम्बन्धी जानकारीमूलक ‘जिङ्गल’ प्रसारणको व्यवस्था गरिनेछ।

प्रारम्भमा एक हजार चालक र सहचालकलाई तालीम दिइनेछ। मन्त्रालय, महासङ्घ र ट्रेड युनियन सङ्गठनको साझेदारितामा आगामी मङ्सिर १ गतेदेखि उपत्यकाका विभिन्न स्थान र उपत्यका बाहिरसमेत विभिन्न चरणमा तालीम सञ्चालन गरिनेछ।

मन्त्री भट्टराईले विमानस्थलबाट सञ्चालन हुने सम्पूर्ण यातायातका साधनमा जिपिएस प्रणाली लागू गर्न आवश्यक तयारी भइरहेको जानकारी दिए। पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सार्वजनिक यातायातलाई पर्यटकमैत्री बनाउन सेवा सुधार र व्यवहारमा परिर्वतन ल्याउन जरुरी भएको खाँचो औँल्याए।

उनले पर्यटक विमानस्थलमा ओर्लेदेखि गन्तव्य सकेर फर्कंदासम्म यातायातसँग जोडिएको विषय भएकाले आतिथ्य सत्कार, शरल भाषा र शालिनता अपनाउन चालक तथा सहचालकले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक व्यवस्थापनलाई पर्यटकमैत्री बनाउन सबै पद्धत्ति अवलम्बन गरिने बताए। महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यातायात क्षेत्रको सुधार गरी सेवालाई पर्यटनमैत्री बनाउन लागिपर्ने बताए। बीबीसी

लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

राैतहटमा इटाभट्टामा बम फेला

राैतहटमा इटाभट्टामा बम फेला

२०७६, २१ मंसिर शनिबार १७:३१

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

२०७६, २० मंसिर शुक्रबार २०:२५

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

२०७६, २० मंसिर शुक्रबार १७:१६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

२०७६, २० मंसिर शुक्रबार ११:२२

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

२०७६, १९ मंसिर बिहीबार ०९:४९