एजेन्सी–भारतको सर्वोच्च अदालतले रजस्वलाको उमेर भएका महिलाहरूलाई दक्षिण भारतको एउटा हिन्दू मन्दिरमा प्रवेश दिलाउने आफ्नो फैसलालाई पुनरावलोकन गर्न सहमति जनाएको छ।

पाँचजना न्यायाधीश रहेको एउटा इजलासले गतवर्ष एउटा फैसला सुनाउँदै सबरीमाला मन्दिरमा महिलाहरूलाई प्रवेश नदिने व्यवस्था विभेदकारी भएको बताएको थियो। उक्त मन्दिर रहेको दक्षिण भारतीय राज्य केरलामा त्यसले ठूला प्रदर्शनहरू निम्त्याएको थियो। उक्त मन्दिरमा प्रवेश गर्न खोज्ने महिलाहरूलाई रोक्नुका साथै र अपहेलित गर्ने काम समेत गरिएको थियो।

प्रतिक्रिया

अहिलेको कदमले मन्दिर प्रवेशका निम्ति लडेका महिलाहरूलाई क्रुद्ध पार्ने ठानिएको छ। हिन्दू धर्मले रजस्वला भएको बेला महिलाहरूलाई अशुद्ध मान्दछ र यस्तो समयमा उनीहरूलाई धार्मिक क्रियाकलापमा भाग लिनबाट रोक्दछ। सो मन्दिरमा रजस्वला हुने उमेर भएका १० देखि ५० वर्षका महिलालाई प्रवेश गर्न दिइँदैनथ्यो। मन्दिर सञ्चालन गर्ने एकजना अधिकारीले चाहिँ अदालतको आदेशको स्वागत गर्दै महिलाहरूलाई त्यहाँ नआउन भनेका छन्।

गत वर्ष अदालको फैसला आएपछि पनि आक्रोशित प्रदर्शनकारीहरूको भिडले महिला धर्मावलम्बीहरूमाथि बल प्रयोग गरेका थिए जसका कारण थुप्रै महिलाहरू त्यहाँबाट फर्किए। मन्दिरतर्फ जाने गाडीहरूमा रजत्वला हुने उमेरका महिलाहरू छन् कि छैनन् भनेर ती आक्रोशित मानिसहरूले जाँच गरेका थिए।

अदालतले के भन्यो?

गत वर्षको अदालती निर्णयको प्रतिक्रियास्वरूप दायर भएका दर्जनौँ निवेदनपछि बिहीवार न्यायाधीशहरूले अब अझ ठूलो इजलासमा त्यसको सुनुवाइ हुने बताए। उनीहरूले त्यसो भनिरहँदा यसअघिको फैसला भने रद्द गरेका छैनन्। त्यसको अर्थ महिलाहरू अझै कानुनी रूपमा मन्दिरमा प्रवेश गर्न पाउँछन्। तर त्यो उनीहरूका लागि सहज भने हुने छैन।

गत वर्ष आक्रोशित हिन्दू धर्मावलम्बीहरूले सर्वोच्च अदालतले गरेको ऐतिहासिक निर्णयपछि पनि मन्दिर सबरीमालाभित्र महिलाहरूलाई प्रवेश गर्नबाट रोकेका थिए। बिहीवारको आदेशपछि केरलाको प्रहरीले मानिसहरूलाई शान्त रहन भनेको छ। सामाजिक सञ्जालको निगरानी गरिने र धार्मिक अस्थिरता गराउन खोज्नेलाई पक्राउ गरिने प्रहरीले बताएको छ।

सबरीमालाको विशेषता

–सबरीमाला भगवान् अयप्पाको मन्दिर हो।

–उनी ब्रह्मचारी थिए भन्ने मान्यता छ।

–सो मन्दिरमा प्रत्येक वर्ष दशौँ लाख भक्तहरू जान्छन्।

–मन्दिरभित्र प्रवेश गर्न १८ वटा खुड्किला चढ्नुपर्छ।

एकचालीस दिनसम्म कठोर व्रत नबसी ती खुड्किला चढ्न सकिँदैन भन्ने मान्यता भएको मन्दिरको वेबसाइटमा उल्लेख छ।मन्दिरभित्र प्रवेश गर्न भक्तजनले केही नियम पालना गर्नुपर्छ। सबरीमाला जाने तीर्थयात्रीले कालो वा नीलो वस्त्र लगाउँछन्।तीर्थयात्रा सम्पन्न नभएसम्म दाह्रीजुँगा वा केश काट्न पाइँदैन। बीबीसी

लोकप्रिय

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

२०७६, २१ मंसिर शनिबार १७:५१

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

२०७६, २२ मंसिर आईतवार १८:४७

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

२०७६, २२ मंसिर आईतवार १०:३४

राैतहटमा इटाभट्टामा बम फेला

राैतहटमा इटाभट्टामा बम फेला

२०७६, २१ मंसिर शनिबार १७:३१

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

२०७६, २३ मंसिर सोमबार ११:०२

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

२०७६, २३ मंसिर सोमबार १९:१७

चाया हटाउने घरेलु उपाय

चाया हटाउने घरेलु उपाय

२०७६, २२ मंसिर आईतवार १४:३९

महिनावारी समयमै गराउने घरेलु उपाय

महिनावारी समयमै गराउने घरेलु उपाय

२०७६, २३ मंसिर सोमबार १४:२९

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त

२०७६, २१ मंसिर शनिबार १८:४६

कोदो भित्र्याउन व्यस्त किसान

कोदो भित्र्याउन व्यस्त किसान

२०७६, २२ मंसिर आईतवार १७:३०

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

२०७६, २३ मंसिर सोमबार १७:४०

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

२०७६, २३ मंसिर सोमबार १७:४१

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

२०७६, २३ मंसिर सोमबार ०७:१८