काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङदेखि घोडाबाँधे क्षेत्रको सडक अलपत्र पार्ने ठेकेदारलाई सरकारले कारवाही गर्ने चेतावनी दिएका छन्।

वाम गठबन्धनले बडिगाड गाउँपालिका– २ दनियामा आज आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै विकास आयोजनामा ढिला हुनुमा सरकार मात्रै दोषी नहुने भन्दै सङ्घीय सांसद तथा नेकपा स्कूल विभागका उपप्रमुखसमेत रहेका पौडेलले ठेकेदारलाई कानूनी कठघरामा उभ्याउन सरकार पछि नहट्ने बताए।

अछेते घोडाबाँधे सडकको ठेक्का पाएको सूर्य कन्ट्रक्सन टाट पल्टिएपछि अहिले लोकमार्गको १२ किलोमिटर सडक अलपत्रजस्तै भएको छ। उनले देशको सार्वभौमिकता र सीमाका सन्दर्भमा विगतका आफ्ना नेताका भूमिकालाई हेर्न काङ्ग्रेस कार्यकर्तालाई आग्रह गर्दै नेकपाप्रति भ्रम नफैलाउन चेतावनी दिए। उनले सरकारले कूटनीतिक माध्यमबाट सबै समस्या समाधान गर्ने बताए।

वर्तमान सरकारले लोडसेडिङ अन्त्य गरेको, झण्डै सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको, सुरुङमार्ग शुरु गरेको भन्दै उनले दर्जन बढी कामको फेहरिस्त सुनाएका थिए। कार्यक्रममा वडाध्यक्षका प्रत्यासी ढालप्रसाद शेरचन (ढालेन्द्र) ले आफू निरन्तर समाज सेवामा लागेको र थप जिम्मेवारीसहित विकासका लागि केन्द्रीय पहुँचसहित काम गर्न आफ्नो उम्मेदवारी भएको भन्दै आफूलाई मत दिन मतदातालाई आह्वान गरेका थिए।

कार्यक्रममा स्थानीय निकायको निर्वाचन विसं २०४९ र २०५४ मा कम्युनिष्टका तर्फबाट वडामा निर्वा्चित वडाध्यक्ष तथा सदस्यलाई सम्मान गरिएको थियो। प्रमुख अतिथि पौडेलले दोसल्ला ओढाएर सबैलाई सम्मान गरेका थिए।

रासस

लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

२०७६, २० मंसिर शुक्रबार २०:२५

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

२०७६, २० मंसिर शुक्रबार १७:१६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

२०७६, २० मंसिर शुक्रबार ११:२२

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

२०७६, १९ मंसिर बिहीबार ०९:४९

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

२०७६, २० मंसिर शुक्रबार १७:०९