काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हनुमान ढोका दरबार क्षेत्रमा पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। कात्तिक महिना लागेपछि पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । असोज महिनासम्म दैनिक ६०० मात्र पर्यटक आउने गरेको यस स्थानमा दैनिक अहिले एक हजार १०० सम्म पर्यटक आउने गरेका छन्।

कामपा हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको निमित्त कार्यक्रम प्रमुख चिन बज्रचार्यले पछिल्लो समय यस स्थानमा पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। भ्रमण वर्षको पूर्वसन्ध्यामा यसरी पर्यटक आउनु सुखद् पक्ष रहेको बताएका छन्।

हनुमान ढोका अवलोकन गर्न आउने पर्यटकबाट गत वर्ष रु १९ करोड राजश्व सङ्कलन गरिएकोमा यस वर्ष रु २० करोडभन्दा बढी राजश्व असुल हुने अनुमान गरिएको छ। निमित्त प्रमुख बज्रचार्यले अहिलेजस्तै पर्यटक आउने हो भने सरकारको भ्रमण वर्ष सफल मनाउन पनि निकै सहयोग पुग्ने बताएका छन्।

प्रवेश गर्न सार्क राष्ट्रका पाहुनाको लागि रु १५० र अन्य देशका पाहुना काम लागि रु एक हजार तोकिएको छ। २०७२ सालको भूकम्पका कारण क्षति भएका सम्पदाको पुनःनिर्माण भइरहेको हुनाले अवलोकनकर्तालाई केही असहज भने भएको छ।

यस स्थानको महत्वपूर्ण सम्पदाको रुपमा रहेको काष्ठमाण्डप पुनःनिर्माणको काम धमाधम भइरहेको छ। यसको पुनःनिर्माण अहिलेसम्म ५० प्रतिशत काम भएको छ। त्यसैगरी निर्माणको अवस्थामा रहेको आगम छेँ, जगन्नाथ र गोपीनाथ मन्दिर, दश अवतार मन्दिर, माजु देग, त्रिभुवन स्मृति सङ्ग्रहालय लक्ष्मीनारायण मन्दिर दशवतार मन्दिर नौतले वसन्तपुर दरबारको रहेको छ। (रासस)

लोकप्रिय

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

२०७६, २२ मंसिर आईतवार १८:४७

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

२०७६, २२ मंसिर आईतवार १०:३४

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

२०७६, २३ मंसिर सोमबार १९:१७

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

२०७६, २३ मंसिर सोमबार ११:०२

महिनावारी समयमै गराउने घरेलु उपाय

महिनावारी समयमै गराउने घरेलु उपाय

२०७६, २३ मंसिर सोमबार १४:२९

चाया हटाउने घरेलु उपाय

चाया हटाउने घरेलु उपाय

२०७६, २२ मंसिर आईतवार १४:३९

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

२०७६, २३ मंसिर सोमबार १७:४०

कोदो भित्र्याउन व्यस्त किसान

कोदो भित्र्याउन व्यस्त किसान

२०७६, २२ मंसिर आईतवार १७:३०

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

२०७६, २३ मंसिर सोमबार १७:४१

फुटबलको फाइनलमा भुटानसँग भिड्दै नेपाल, स्वर्ण जित्ने लक्ष्य

फुटबलको फाइनलमा भुटानसँग भिड्दै नेपाल, स्वर्ण जित्ने लक्ष्य

२०७६, २४ मंसिर मंगलवार ०७:१५

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

२०७६, २४ मंसिर मंगलवार १६:५८

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

२०७६, २३ मंसिर सोमबार ०७:१८

रिचार्ज कार्डको पिन नम्बर मेटिएको अवस्थामा पनि रिचार्ज गर्न यसो गर्नुहोस्

रिचार्ज कार्डको पिन नम्बर मेटिएको अवस्थामा पनि रिचार्ज गर्न यसो…

२०७६, २४ मंसिर मंगलवार १३:५२

हल्ट पुरस्कारको लागि टियुबाट एनसीसीको Substyro टिम विजयी

हल्ट पुरस्कारको लागि टियुबाट एनसीसीको Substyro टिम विजयी

२०७६, २२ मंसिर आईतवार १५:५८