धरान – धरानमा चुनावी माहोल तातिएका बेला नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले व्यवसायी र जनप्रतिनिधिसँग जबरजस्ती चन्दा मागेका छन्। विप्लवका कार्यकर्ताले व्यपारी व्यवसायीसँग १५ देखि २० लाख रुपैयाँ तोकर चन्दा माग गरेका पीडित व्यवसायीहरु बताउँछन्।

उनीहरूले लिखित पत्र पठाएर चन्दा मागेका छन्। धरानका एक व्यपारीले विपल्वका कार्यकर्ताले २० लाख रुपैयाँ चन्दा माग गरी पत्र पठाएकाले आफू केहि दिनदेखि तनावमा रहेको बताएका छन्। उनले पटक पटक विप्लवका कार्यकर्ताहरुले फोन गरी तोकिएको रकम चन्दा दिन माग गरेको तर, आफुले ५ हजारभन्दा दिन नसक्ने बताउँदै गुनासो गरे।

उनीहरुले धरानका जनप्रतिनिधिहरुसंग समेत पत्र पठाएर चन्दा मागेका छन्। धरान १३ का वडाअध्यक्ष नेत्र काफ्ले विप्लवका कार्यकर्ताहरुले पत्र पठाएर आफूसंग चन्दा माग गरेको बताए। धरानका कतिपय व्यवसायीहरुलाई विप्लव कार्यकर्ताहरुले भेटेरै चन्दा माग्ने गरेका छन्। ठुलो रकम तोकेर चन्दा माग गरेपछि आफ्नो व्यवसय नै बन्द गर्ने अवस्थामा पुगेको अर्का व्यवसायीले बताए। सुरक्षा कारण भन्दै व्यवसायीहरुले पठाएको पत्र गोप्य राखेका छन्।

सुनसरी उद्योग बाणिज्य संघले व्यवसायीलाई धम्क्याएर मोटो रकम चन्दा माग्नु गलत भएको बताए। उनले चन्दा माग गर्ने र नदिए धम्की दिने कार्य तत्काल बन्द गर्न आग्रह गरेका छन्।

सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले विप्लव कार्यकर्ताहरुका गतिविधि नियन्त्रण गर्दै ५० भन्दा बढि कार्यकर्ता पक्राउ गरी मुद्धा चलाइएको बताए। उनले विप्लवका गतिविधि नियन्त्रणका लागि चौबिसै घण्टा प्रहरी परिचालन गरिएको छ।

लोकप्रिय

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

२०७६, २२ मंसिर आईतवार १८:४७

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

२०७६, २२ मंसिर आईतवार १०:३४

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

२०७६, २३ मंसिर सोमबार ११:०२

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

२०७६, २३ मंसिर सोमबार १९:१७

चाया हटाउने घरेलु उपाय

चाया हटाउने घरेलु उपाय

२०७६, २२ मंसिर आईतवार १४:३९

महिनावारी समयमै गराउने घरेलु उपाय

महिनावारी समयमै गराउने घरेलु उपाय

२०७६, २३ मंसिर सोमबार १४:२९

कोदो भित्र्याउन व्यस्त किसान

कोदो भित्र्याउन व्यस्त किसान

२०७६, २२ मंसिर आईतवार १७:३०

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

२०७६, २३ मंसिर सोमबार १७:४०

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

२०७६, २३ मंसिर सोमबार १७:४१

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

२०७६, २३ मंसिर सोमबार ०७:१८

हल्ट पुरस्कारको लागि टियुबाट एनसीसीको Substyro टिम विजयी

हल्ट पुरस्कारको लागि टियुबाट एनसीसीको Substyro टिम विजयी

२०७६, २२ मंसिर आईतवार १५:५८

बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा

बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा

२०७६, २२ मंसिर आईतवार १९:०९

खाली पेटमा यस्ता खानेकुरा अब देखी नखानुस्

खाली पेटमा यस्ता खानेकुरा अब देखी नखानुस्

२०७६, २२ मंसिर आईतवार १६:०६

बिहेको तस्बिर पोष्ट गर्दै ऋचाले भनिन्ः ‘यहाँहरुको अथाह माया अनि आर्शीवाद यसरी नै मिलोस्’

बिहेको तस्बिर पोष्ट गर्दै ऋचाले भनिन्ः ‘यहाँहरुको अथाह माया अनि…

२०७६, २२ मंसिर आईतवार १७:०७