काठमाडौं – महिन्द्रा गाडीको धुम्बराहीस्थित सर्भिस सेन्टर गुडलिकं अटोमोबाईल्सको लापरवाहीका कारण एउटा जिप ३ महिनादेखी थन्कीएको छ। महिन्द्रा कम्पनिको बा २० च ६३५० नम्बरको थार जिप २०७६ साउन २२ गते ‘डेकोरेसन’को लागि दिएको भएपनि ३ महिनासम्म फिर्ता नपाएको सवारीधनी सुरज अधिकारीले बताए।

‘३ महिना भयो गाडी लगेर छोडेको,’ अधिकारीले नेपाली पब्लिकसँग भने, ‘अहिलेसम्म गाडीको एउटा काम पनि गरेको छैन्।’ बारम्बार ताकेता गर्दा पनि विभिन्न बहाना बनाएर टार्ने गरेको उनले गुनासो गरे।

सामान्य मर्मत र ‘डेकोरेसन’को लागि दिएको गाडी सर्भिस सेन्टरमा पहिलाभन्दा नाजुक अवस्थामा भेटिएको छ। ‘साईलेन्सर पाईप कुच्चिसकेको रहेछ,’ अधिकारीले भने, ‘पुरै गाडी नै खोलेर बेहाल अवस्थामा राखेको छ।’

यसरी सर्भिस सेन्टरले झुलाउदाँ आफुँलाई निकै समस्या भएको अधिकारीले गुनासो गरेका छन्। ‘कहिले सामान छैन् भन्छ, कहिले २ दिनमा तयार हुन्छ भन्छ, तर अहिलेसम्म काम भने केहि पनि भएको छैन्।’

‘डेकोरेसनसँग सम्बन्धित सामान अर्डर गरीसकेको भएपनि नआएको हुँदा गाडी बन्न समय लागेको गुड अटोमोबाइल्सका सञ्चालक निमा शेर्पाले बताए। ‘सामान नै बाहिरबाट मगाउनुपर्ने भएर समय लागेको हो,’ उनले भने, ‘कम्पनीको सामान हालेर त एक हप्तामै तयार गर्न सकिन्छ।’  यता सवारीधनी अधिकारी भने शेर्पाको कुराको खण्डन गर्दै भन्छन्, ‘यस्तो कुरा त शुरुदेखी नै सुन्दै आएको छु, तर अहिलेसम्म गाडी भने पाएको छैन्।’

लोकप्रिय

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

२०७६, २१ मंसिर शनिबार १७:५१

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

२०७६, २२ मंसिर आईतवार १८:४७

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

२०७६, २२ मंसिर आईतवार १०:३४

राैतहटमा इटाभट्टामा बम फेला

राैतहटमा इटाभट्टामा बम फेला

२०७६, २१ मंसिर शनिबार १७:३१

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

२०७६, २३ मंसिर सोमबार ११:०२

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

२०७६, २३ मंसिर सोमबार १९:१७

चाया हटाउने घरेलु उपाय

चाया हटाउने घरेलु उपाय

२०७६, २२ मंसिर आईतवार १४:३९

महिनावारी समयमै गराउने घरेलु उपाय

महिनावारी समयमै गराउने घरेलु उपाय

२०७६, २३ मंसिर सोमबार १४:२९

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त

२०७६, २१ मंसिर शनिबार १८:४६

कोदो भित्र्याउन व्यस्त किसान

कोदो भित्र्याउन व्यस्त किसान

२०७६, २२ मंसिर आईतवार १७:३०

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

२०७६, २३ मंसिर सोमबार १७:४०

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

२०७६, २३ मंसिर सोमबार १७:४१

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

२०७६, २३ मंसिर सोमबार ०७:१८