चीतवन– त्रिभूवन विश्वविद्यालयअन्तर्गत चितवन इञ्जिनीयरिङ क्याम्पस रामपुरमा पठनपाठन शुरु भएको छ। पहिलो वर्ष स्नातक तहमा आर्किटेक्चर कार्यक्रमको पढाइ शुरु भएको हो। क्याम्पस प्रमुख सुदीप शर्मा पौडेलका अनुसार २४ विद्यार्थीलाई आइतबारबाट पठनपाठन शुरुआत गरिएको हो।

तीमध्ये छ जना नियमित र १८ जना पूर्ण शुल्कीय हुन्। नियमितले पाँच वर्षमा रु ५० हजार र पूर्ण शुल्कीयले रु चार लाख हाराहारी तिर्नुपर्ने हुन्छ। यो त्रिविको इञ्जिनीयरिङ अध्ययन संस्थानको पाँचौँ क्याम्पस हो। यसअघि यस संस्थानअन्तर्गत ललितपुरको पुलचोक, काठमाडौँको थापाथली, पूर्वाञ्चलको धरान र पश्चिमाञ्चलको पोखरामा इञ्जिनीयरिङको पढाइ हुँदै आएको छ।

रामपुरमा सात वटा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ। पौडेलका अनुसार सिभिल, कम्प्युटर, मेकानिकल, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन, एप्लाइड साइन्स र इलेक्ट्रिकल इञ्जिनीयरिङ प्रस्तावित थप कार्यक्रम रहेका छन्। पौडेलले सरकारले बजेट र शिक्षक कर्मचारी दरबन्दी उपलब्ध गराएमा आउँदो शैक्षिक सत्रबाट थप कार्यक्रम सञ्चालन गर्न सकिने बताएका छन्।

भरतपुर महानगरपालिका र निवर्तमान उपकुलपति तीर्थ खनियाँको पहलमा यसै शैक्षिक सत्रबाट पढाइ शुरु गरिएको हो। रामपुरमा त्रिविले खेलकूदका लागि बनाएको पुरानो भवनमा क्याम्पस शुरु गरिएको हो। रामपुरबाट कृषि विषय हटेपछि त्रिविले त्यहाँ इञ्जिनीयरिङ कार्यक्रम सञ्चालन गर्न गृहकार्य गरिरहेको थियो।

खैरहनीमा स्वयंसेवक शिक्षक नियुक्त  

पूर्वी चितवनको खैरहनी नगरपालिकाले स्वयंम सेवक शिक्षक नियुक्त गर्न शुरु गरेको छ। कुनै पनि शिक्षक बिरामी हुँदा, सुत्केरी बिदामा बस्दा विद्यालयको पठनपाठन प्रभावित नहोस् भनेर उनीहरु (बिरामी परेका, सुत्केरी बिदा बसेका शिक्षक) नआउँदासम्म नगरपालिकाले स्वयं सेवक शिक्षक राख्ने व्यवस्था शुरु गरेको खैरहनी नगरपालिकाका स्थानीय शिक्षा अधिकारी महेन्द्र पौड्यालले बताएका छन्।

स्वयम सेवक शिक्षक नियुक्त गर्ने खैरहनी नगरपालिका सम्भवत पहिलो स्थानीय सरकार हो। कुनै पनि विद्यालयमा शिक्षक नभएकै कारण पठनपाठन प्रभावित हुने अवस्था थियो। स्थानीय शिक्षा अधिकारी पौड्यालले भने, ‘स्वयं सेवक शिक्षकले त्यस्तो अभाव पूर्ति गरी नियमित पठपाठन हुनेछ।शिक्षक बिरामी बिदा र सुत्केरी बिदा बस्दा पठनपाठनमा समस्या हुँदै आएको थियो।

स्वयम सेवक शिक्षक नियुक्त गर्न कार्य्विधि बनाएरै यस्तो निर्णय लागू भएको हो। स्वयंसेवक शिक्षकका लागि नगरपालिकाले आधारभूत तह दश हजार र माध्यमिक तह भएमा मासिक रु १५ हजार यातायात खर्चका रूपमा भुक्तानी गर्ने खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले बताएका छन्।

स्वयंसेवक शिक्षकले एकदेखि तीन महिनासम्म पढाउन पाउने भए पनि आवश्यकताअनुसार करार सम्झौताको नवीकरण पनि हुनसक्ने प्रमुख चौधरीको भनाइ छ। नगरपालिकाले चालू आवमा स्वयंसेवक शिक्षक कार्यक्रमका लागि रु पाँच लाख विनियोजन गरेको छ। (रासस)

लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

राैतहटमा इटाभट्टामा बम फेला

राैतहटमा इटाभट्टामा बम फेला

२०७६, २१ मंसिर शनिबार १७:३१

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

२०७६, २० मंसिर शुक्रबार २०:२५

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

२०७६, २० मंसिर शुक्रबार १७:१६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

२०७६, २० मंसिर शुक्रबार ११:२२

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

२०७६, १९ मंसिर बिहीबार ०९:४९