सिन्धुली– यहाँको मौलिक परम्पराअनुसार लगाइने खैजेडी भजन लोप हुन थालेपछि युवालाई तालीम दिएको छ।

संस्कृतिलाई जोगाउन कमलामाई नगरपालिकाले जिल्लामा पहिलोपटक युवालाई छनोट गरेर तालीम दिएको हो। सोमबारबाट शुरु भएको तालीम तीन दिनसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ।

सिन्धुलीमा पहिलोपटक लोपोन्मुख खैजेडी भजनको संरक्षण गर्नका लागि तालीम शुरु गर्ने कमलामाई नगरपालिकालाई धन्यवाद दिँदै प्रदेशसभा सदस्य विनोद खड्काले हराउन लागेका परम्परागत संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिए।

कमलामाई नगरपालिका–४ को आर्थिक सहयोगमा सिन्धुली कलाघरको आयोजनामा खैजेडी भजन तालीम शुरु गरिएको हो। धार्मिक कार्यमा गाइने खैजेडी भजन लोकप्रिय भएको अग्रजहरुले बताउँदै लोप हुन लागेकामा चिन्ता व्यक्त गर्दै आएका थिए।

निकै प्रचलित खैजेडी भजन पछिल्लो समय लोप हुँदै गएको छ। हिन्दू धर्ममा निकै प्रचलित खैजेडीको तालमा रातभरि नाचिने भजन केही समययता गाउँघरमा अपवादको रुपमा देख्न पाइन्छ। युवा पुस्तामा विकसित पश्चिमा संस्कृतिको आर्कषण र प्रविधिले गर्दा लोप हुँदै गएको हो।

सिन्धुली जिल्लामा प्रचलित खैजेडी भजन तत्कालीन नेकपा माओवादीको सशस्त्र युद्धका बेलादेखि विस्तारै लोप हुँदै गएको र पछिल्लो समयमा यसको संरक्षण गर्न समेत नसकिएको कमलामाई नगरपालिका–३ का खैजेडी भजनका प्रशिक्षकसमेत रहनुभएका पोष्टराज गौतमले बताए।

युवाको पुरानो संस्कृतिमा आर्कषण बढ्नुभन्दा पनि पश्चिमा संस्कृतिको मोहले पुराना रीतिरिवाज हराउँदै गएको अवस्थामा यस्तो तालीमले संस्कृतिसँगै नेपाली पहिचानको समेत जगेर्ना हुने उनको भनाइ छ। तालीममा २५ जनाभन्दा बढी युवाको सहभागिता रहेको छ। रासस

लोकप्रिय

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, २९ मंसिर आईतवार १९:०८

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’

२०७६, २८ मंसिर शनिबार १६:४५

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १० लाख सहयोग

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १० लाख सहयोग

२०७६, २८ मंसिर शनिबार १३:४६

मन्त्री अर्यालद्वारा धनोदय बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन

मन्त्री अर्यालद्वारा धनोदय बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन

२०७६, २८ मंसिर शनिबार १७:१६

शिक्षा नीतिः परामर्श व्यवसायी निरास, अभिभावक चिन्तित, विद्यार्थी मर्कामा

शिक्षा नीतिः परामर्श व्यवसायी निरास, अभिभावक चिन्तित, विद्यार्थी मर्कामा

२०७६, २९ मंसिर आईतवार १३:३६

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा

२०७६, २८ मंसिर शनिबार १६:३०

एप्पलकाे आईओएस १३.३ को अपडेट भर्जन सार्वजनिक

एप्पलकाे आईओएस १३.३ को अपडेट भर्जन सार्वजनिक

२०७६, २९ मंसिर आईतवार १७:४७

‘काठमाडौं टु इलाम’ : एक अविस्मरणिय यात्रा

‘काठमाडौं टु इलाम’ : एक अविस्मरणिय यात्रा

२०७६, २९ मंसिर आईतवार १५:१८

आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति

आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति

२०७६, २९ मंसिर आईतवार १७:१२

सडकमाः पैदलयात्री लापरवाह

सडकमाः पैदलयात्री लापरवाह

२०७६, २९ मंसिर आईतवार १५:३०

नेयमारको डिमाण्ड ३.५ मिलियन युरो, फर्किएलान् त बार्सिलोना ?

नेयमारको डिमाण्ड ३.५ मिलियन युरो, फर्किएलान् त बार्सिलोना ?

२०७६, २८ मंसिर शनिबार ०७:५२

धनुषा बम विस्फोट काण्डः विप्लवका तीन नेता पक्राउ

धनुषा बम विस्फोट काण्डः विप्लवका तीन नेता पक्राउ

२०७६, २८ मंसिर शनिबार १४:०३

मानव तस्करीमा परेकाको ‘जिन्दगीको उडान’

मानव तस्करीमा परेकाको ‘जिन्दगीको उडान’

२०७६, २९ मंसिर आईतवार १६:०६

कम्मर र पेटको बोसो घटाउने सजिलाे उपाय

कम्मर र पेटको बोसो घटाउने सजिलाे उपाय

२०७६, २९ मंसिर आईतवार ११:४८

गुणस्तर विकास गर्न विद्युतकाे नयाँ फिडर थपियो

गुणस्तर विकास गर्न विद्युतकाे नयाँ फिडर थपियो

२०७६, २८ मंसिर शनिबार १३:३७