काठमाडौं– अरनिको राजमार्ग खण्डमा रहेको छ लेन सडकको जडीबुटी मनोहरा पुलदेखि मध्यपुरथिमिको राधेराधेसम्म सोलार बत्ती राख्ने कामको शुभारम्भ भएको छ।

‘उज्जालो, सफा र हराभरा भक्तपुर’ भन्ने नारालाई सार्थक बनाउने क्रममा पहिलो चरणमा मनोहरा पुलबाट सूर्य्विनायकसम्म हरियाली अभियान सफल भएपछि सडक उज्यालो बनाउने काम शुरु भएको छ। भक्तपुरमा अरनिको राजमार्गलाई सधैँ उज्यालो र हरियाली बनाउन मनोहरादेखि राधेराधेसम्म ४२१ वटा सोलार बत्ती राख्ने कार्यको शुभारम्भ भएको हो।

मध्यपुरथिमि नगरपालिकाको सहयोगमा एएमपिएम कम्पनीले आजबाट यो सडकमा सोलार बत्ती राख्न शुरु गरेको छ। बत्ती जडानको पहिलो चरणमा राधेराधेसम्म र दोस्रो चरणमा सूर्य्विनायक नगरपालिका क्षेत्रमा सोलार बत्ती राखिने भएको छ। यस सडकमा राखेको एक वटा सोलार बत्तीको करिब रु एक लाख पर्ने बताइएको छ।

सडक दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक आइलाइन र डिरेक्सन बोर्डसमेत राखिने भएको छ। सडक बत्ती जडान शुरु भएपछि सांसद महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको टोलीले आज अनुगमन र निरीक्षण गरेको छ। सांसद बस्नेतले काठमाडौँ उज्यालो सहरको रुपमा रहेको तर भक्तपुर सधैँ अध्यारो सडकको रुपमा रहँदा रात्रिमा पनि दुर्घटना बढेको बताउँदै अब भक्तपुरका सडक पनि सधैँ उज्यालो हुने बताएका छन।

सांसद बस्नेतले भने, ‘अरनिको राजमार्गलाई हरियाली र सौन्दर्य बनाउन वातावरण विभागको सहयोगमा बेल्जियमको दुबो लगाई हरियाली बनाउने कार्य भएको छ, अब अरनिको राजमार्गलाई सोलार बत्तीबाट उज्यालो बनाई उज्यालो भक्तपुरको अभियान पनि पूरा गर्दैछाैँ, सफा राजमार्गका लागि हनुमन्ते सफाइ अभियानबाट हरेक साता राजमार्ग सफाइ गर्दै आएका छाैँ।’

कार्यक्रममा मध्यपुरथिमिका नगर प्रमुख श्रेष्ठले सोलार बत्ती र हरियाली बनाउने कार्य राम्रो भएको र यसको संरक्षण गर्नु महत्वपूर्ण कार्य भएको बताएका छन्। (रासस)

लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

राैतहटमा इटाभट्टामा बम फेला

राैतहटमा इटाभट्टामा बम फेला

२०७६, २१ मंसिर शनिबार १७:३१

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

२०७६, २० मंसिर शुक्रबार २०:२५

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

२०७६, २१ मंसिर शनिबार १७:५१

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

२०७६, २० मंसिर शुक्रबार १७:१६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

२०७६, २० मंसिर शुक्रबार ११:२२