चितवन, १५ माघ –पवित्र तीर्थस्थल देवघाटमा विराट ज्ञानमहायज्ञ हुने भएको छ। महेश सन्न्यास आश्रमको आयोजनामा यही माघ २२ देखि फागुन १ गतेसम्म महायज्ञ गर्न लागिएको हो।

महेश सन्न्यास आश्रम तथा महेश गुरुकुलको रजत वर्ष एवं डा. स्वामी रामानन्द गिरीजी महाराजको पुण्यतिथिको उपलक्ष्यमा महायज्ञ गर्न लागिएको हो। महायज्ञमा १०८ श्रीमदभागवत पाठपारायणका गरिनेछ। चारै वेद, विभिन्न पुराणको पाठपारायण, शक्तिको आराधना र ब्रह्मगायत्रीद्वारा विधिपूर्वक लक्षहवन गरिने सञ्चार समन्वय एवं प्रचारप्रसार समितिका संयोजक टङ्कनाथ पौडेलले जानकारी दिए।

महायज्ञका लागि १००८ स्वामी रमणानन्द गिरीजी महाराजको अध्यक्षतामा १ हजार ८ सदस्यीय आयोजक मूल समारोह समितिसमेत गठन गरिएको छ। यस्तै ६० जिल्लामा उपसमिति गठन गरिएको छ। महायज्ञका लागि १०८ कर्तासमेत तयार भइसकेको छ। वैदिक सनातन धर्म, संस्कृतिको संरक्षण र संस्कृत शिक्षाको प्रचारप्रसार गर्ने उद्देश्यले २०५० सालमा स्थापित सो गुरुकुलमा आयोजना गर्न लागिएको महायज्ञको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ।

करिब २ करोड रुपैयाँमा आयोजना गर्न लागिएको सो महायज्ञबाट १० करोड रुपैयाँ बचत हुने अनुमान गरिएको छ। विराट महायज्ञमा प्रमुख कथावाचकका रूपमा आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द गिरीजी महाराज रहेका छन्। अन्य कथावाचकमा सो आश्रमबाट अध्ययन गरेर गएका र अध्ययन गर्दै गरेका विद्यार्थी रहनेछन्। गुरुकुलले २०६५ सालमा पहिलोपटक विराट ज्ञान महायज्ञ आयोजना गरेको थियो। महायज्ञ सम्पन्न गर्न आयोजकले २ हजार भक्तजनलाई आवासको व्यवस्था गरेको छ।

‘अहिले महायज्ञको दोस्रो संस्करण हो,’ मूल आयोजक समितिका महासचिव डा. गुरुप्रसाद सुवेदीले भने। आश्रम सञ्चालनका लागि अहिले मासिक ६ लाख रुपैयाँ खर्च हुँदै आएको छ। विश्वविद्यालयले पठनपाठनका लागि अनुमति दिएको भए पनि शिक्षक दरबन्दी र भौतिक संरचना सहयोग नगर्दा दानबाट आश्रम सञ्चालन गर्नुपरेको उनले बताए। गुरुकुलमा कक्षा ६ देखि आचार्यसम्म ३ सय विद्यार्थी अध्ययनरत छन्।(रासस)

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४